काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले म्याग्दीको सदरमुकाम बेनीबजार स्थित प्राकृतिक उपचार केन्द्र तातोपानी कुण्ड व्यवस्थापन समितिलाई भौतिक पूर्वाधारहरूको विकासको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।
प्राकृतिक उपचार केन्द्र तातोपानीमा आउने विरामी , स्थानिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई लक्षित गरी भौतिक पूर्वाधारको निर्माणार्थ उक्त रकमको प्रयोग गरिएको जानकारी गराईएको छ ।
सो किसिमको सहयोगबाट देश तथा विदेशबाट उक्त कुण्डमा आउने पर्यटकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ । निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने जानकारी गराएको छ ।
प्रतिक्रिया