तीक्ष्ण नीरज

एलकेजीमा पढ्ने निरज ढुंगाना साना छन् तर तीक्ष्ण छन् । भर्खरै पाँच वर्ष लागेका उनी काठमाडौंको कपनस्थित सिल्भर स्राइन विद्यालयमा पढ्छन् । उनको खास घरचाहिँ सिन्धुपाल्चोक जिल्लामा पर्छ । उनी कपनमा बाबा र ममीसँगै बस्छन् । उनको बाबाको नाम नवराज हो, अनि ममीको चैँ रञ्जना । उनको एउटा भाइ पनि छ । भाइको नाम निकुञ्ज हो । भाइलाई औधी माया गर्छन् नीरज । भाइलाई बाई नगरी स्कुल जानै मान्दैनन् उनी ।
घरनजिकै स्कुल भएकाले छिट्टै घर फर्किहाल्छन्  । स्कुलबाट फर्कनेबित्तिकै होमवर्क गरिहाल्नुपर्छ उनलाई । नआएको होमवर्क ममीसँग सिक्छन् । उनलाई ड्रोइङ गर्न खुब मन पर्छ । आºनो ड्रोइङ बुकमा चिटिक्क पारेर रङ लगाउँछन् । त्यसबाहेक उनी घरमा पनि स्कुलमा पढाएका कुरा खुरुखुरु भनिरहेका हुन्छन् । स्कुलमा गएपछि ज्ञानी भएर बस्छन् उनी । उनको एउटा स्वभाव अचम्मको छ, टिभीमा आउने विज्ञापन सबै हेर्नैपर्ने । प्राय: विज्ञापन पनि कन्ठै छ नीरजलाई । त्यसबाहेक तितो सत्य, जिरे खुसार्नी र मेरी बास्सैजस्ता हँसाउने कार्यक्रम उनलाई मनपर्छ । नीरजलाई धुर्मुस खुब मन पर्छ ।
फुर्सदको समयमा टोलका साथीसँग खेल्न चौरमा निस्कन्छन् । अरूलाई हिलोमा खेल्न हुँदैन भनेर सिकाउँछन् पनि । आºनो बाबासँग बेलाबेलामा घुम्न पनि निस्कन्छन् । उनलाई बाबाको खुब माया लाग्छ । साना भाइबहिनीलाई माया गर्ने अनि ठूलालाई आदर गर्ने स्वभाव छ उनको ।

प्रतिक्रिया