तस्करीमा संलग्न चिनियाँ नागरिक पक्राउ

भक्तपुर, १४ असार । यार्सागुम्बा सहित प्रहरीले भक्तपुराबाट एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
आज विहान अवैध रुपमा चीन तर्फ लैजाँदै गरेको अवस्थामा ५ किलो यार्सागुम्बासहित चिनियाँ नागरिक ५३ बर्षीय सादोङलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
जगाती चोकमा काठमाडौंबाट खासातर्फ जाँदै गरेको बा.७ च ८९३१ नम्वरको पर्यटक गाडीमा चेकजाँच गर्दा उक्त यार्सागुम्बा फेला परेको प्रहरी भनाई छ ।
प्रहरीले चिनियाँ नागरिक र यार्सागुम्बा सहित जिल्ला वन कार्यालय भक्तपुरमा बुझाएको छ ।
उता, बर्दियामा लागूऔषध चरेश सहित दाङका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
घोराही–६ बस्ने २५ बर्षीया बिमला बुढा र २६ बर्षीया मीना थापालाई प्रहरीले अवैध लागूऔषध चरेश सहित पक्राउ गरेको जनाएको छ । उनीहरुलाई प्रहरीले बुधबार बेलुका कालिका–६ बाट भारततर्फ चरेश लैजान क्रममा पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट ३ किलो चरेश बरामद गरेको छ ।

प्रतिक्रिया