मौलाकाली एक संक्षिप्त अध्ययन

राजधानी चिसाम्मे थियो, वर्षभरिकै चिसो दिन, पुसको सुरु । थोरै समय तराईतिर पस्ने जमर्काे गरियो । डा. सुरज पोखरेल, भोजराज सापकोटा, शोभा पौडेल, शोभाखर आदि सहयात्रीहरू तयार भए यस पुनित कार्यमा साथ दिन । प्रदूषण बोकेको सहर काठमाडौंलाई छोडी थानकोट काट्यौँ हामीले । बाटामा साहुनीहरूलाई दक्षिणा बुझाउँदै चितवनको भरतपुर पुग्यौँ हामी । जाडै रहेछ त्यहाँ पनि ।

आजैदेखि मौसम बिग्रिएको छ सर, चितवनका साथीहरूले थपे । भोलिपल्ट बिहानै स्थानीय मित्र मेघनाथ तिमल्सिनासँग सम्पर्क गरेँ । विहानै उनी आइपुगे । दुई पाँग्रे खटाराको व्यवस्था गरेको छु । मेघनाथजी देवघाटतिर जाने होइन त ?

शक्तिस्वरूपा मौलाकालिका भगवतीको पूजा अर्चना, उपासना गर्नाले आत्मसन्तुष्टि, आत्म आनन्दको अनुभूति हुनेगर्छ । दुःख, आपत् आइलाग्दैन । संकट नाशिनी देवीको चर्चा कालिका पुराण, दुर्गा सप्तशती, देवी भागवत आदिमा प्रसस्त चर्चा भएको छ । सहन शक्ति बढाउने देवी अष्टभुजा देवीको चर्चा अघि गुरु शंकाराचार्यले पनि गरेका थिए

मेरो आग्रहलाई स्वीकार गरे उनले । झन्डै आधा घन्टापछि हामी भत्कनै लागेको देवघाटको झोलुङे पुल पारी पुगिहाल्यौँ । अघि देवताहरूले तपस्थली बनाएको देवघाट क्षेत्रको चर्चा जति गरे पनि कम हुन्छ । विष्णु प्रिया कालीगण्डकी र शिव प्रिय त्रिशुलीको संगम क्षेत्र देवघाटमा यथा तथा स्नान, तर्पण, पितृ स्मरणको कार्य सम्पन्न भयो । नदी किनारैमा बोटेहरू बसेका थिए । हामीले बोटेहरूलाई सोध्यौँ । पारी पुर्याइदिने हो ? हुन्छ हजुर, आज बोहनी भएकै छैन, कृपया हाम्रो डुंगामा चढिदिनुस्न ।

हामी दुई भाइ डुंगामा चढ्यौँ । डुंगा चढ्नुअघि नै पैसाको मोलमोलाई भइसकेको थियो । जनही तीस रूपैयाँ । डुंगाले नदी पूरा गर्न लाग्दा बोटेलाई सोधँे मैले । गहिराइ कति होला बाबु यहाँ, बोटेको जवाफ थियो, । ‘हिउँद छ हजुर अहिले पनि एक सय २० फिट भन्दा बढी नै होला ।’
बस डुंगा सयर सकियो । बजारमा पुगेर नास्ता पानी खायौँ । केहीवेर हामी हल्लियौँ बजारतिर । मध्याह्न भए पनि घामको तेज थिएन । नारायणी पुल पारी गैंडाकोट पुग्यौँ हामी । उक्लने होइन त मौलाकाली ? मेरो जिज्ञासामा मित्र मेघनाथजीले साथ दिए ।

पूर्वपश्चिम राजमार्ग भुकृटीचोकबाट हामी उत्तर लाग्यौँ । दिव्यधाम सडकको पिछा गर्दै । शिलान्यास चोक पुगेर पश्चिमतिर लाग्यौँ । मिलनचोक पुगियो । अब त सवारी साधन यत्ति नै, हामीले हाम्रो बाइकलाई पार्किङ चौरतिर राख्यौँ । अब सुरु हुन्छ उकाली । पूmलप्रसाद लिएर जानुहोस् भन्दै । बहिनीहरू कराउँदै थिए ।

मिलनचोकबाट हामी बाघखोर पुग्यौँ । यो मुख्य प्रवेशद्वार हो मौलाकालिका मन्दिर जाने । यहाँ गणेश र कृष्ण मन्दिरहरू छन् । दुवैलाई प्रणाम गर्दै हामी उकाली चढ्न तम्तयार भयौँ । झन्डै तीन किमी उकाली चढ्नुपर्छ यहाँबाट । न्वारनदेखिको बल लगाउनुपर्ने देखियो । केहीबेरमै हामी फेदी खोला पुग्यौँ । फेदिखोलाबाट मोहन चौतारी पुग्दा शरीर पूरै गलिसकेको थियो । बाहिर मौसम चिसो भए पनि मुटु ढ्वाक ढ्वाक गर्दै थियो । शरीर पसिना पसिना भइसकेको थियो । भित्री कपडा लगभग भिजिसकेका थिए पसिनाले हामी राकियौँ केहीबेर थकाइ मार्न ।

सुस्केरा हाल्दै उकाली लाग्यौँ । सिँढीहरू कति छन्, कति पूरा भए सोधेका थिएनौँ, १८८४ वटा रहेछन् । केही बस्दै केही हिँड्दै यात्रा तय हुँदै थियो । एक बोतल पानी लिएको त्यो पनि भारी भइहाल्यो । मेरो अवस्था देखेर मित्र मेघनाथजीले त्यो बोतल बोक्ने इच्छा व्यक्त गरे । मैले बोतल हस्तान्तरण गरेँ भारी भएर ।

केही वेरपछि हामी रिजाल चौतारी, खगेश्वर चौतारी पुग्यौँ । सुन्दर र हरियाली वन पाखाहरूमा शीतल छहारी पाउँदा मन प्रफुल्लित थियो तर ढक्क मुटु फुलेका जस्तोे, लामो लामो श्वासप्रश्वास बढ्न थाल्यो । सिँढीमै थचक्क बसें म । अझै माथि जानु छ, महत विसौनी आइपुग्यो । फलामको डन्डी समात्दै म सिँढी उक्लन लागेँ । घुम्ती सिँढीहरू र दायाँबाँया बस्ने चौताराहरू छन् त्यहाँ । पानीका धाराहरू छन् । यात्रुलाई असजिलो नहोस् भन्ने त्यहाँ सुरम्य संसार छ ।

ऊ हेलिप्याड, देख्नुभयो सर, गएको दसैँमा यसै हेलिप्याडमा हेलिकप्टर राखी मन्त्रिपरिषद्का अध्यक्षले मौलाकाली दर्शन गरेका थिए । देवीसँग उनले वरदान मागेका थिए, संविधानसभा निर्वाचन सम्पन्न गर्न सकौं भनेर , मैले थपें, हो त्यो कुरा तर संविधानसभाले संविधान पो दिने हो कि होइन । होइन राष्ट्रपतिले पनि यहाँ आएर यसो उद्घाटन गरेर गएका छन् क्या । ठूला आएपछि गाउँ ठूलो हुन्छ क्या, उकालीको हल्का गफमा मैले थपेँ देवी अभैm ठूली छन् क्या देवीको उपासना गर्नाले जे माग्यो त्यो पूरा हुन्छ क्या ।

सुस्केरा लामो लामो थियो हामी दुवैको । देउराली देवीस्थान पुगियो त्यहाँबाट अलिमाथि दूरसञ्चारको टेलिफोन टावर छ । सँगै ढोकामा प्रवेश गर्दा मन हर्षले विभोर भए । दायाँ बायाँको दृश्य पुष्प वाटिकाहरू हेरुँ हेरुँ लागिरह्यो । फेरि सिँढी उकाली लाग्दै हामी दुई घण्टामा मन्दिर प्रांगणमा प्रवेश ग¥यो । तलतिरको सुन्दर हराभर संसारले हामीलाई मन प्रफुल्लित बनाइहाल्यो ।

भगवतीको दर्शन गर्नासाथ त्यहाँको अध्ययन सुरु भयो । हिमवत् खण्डका रूपमा परिचित नेपाल राष्ट्रको मध्य भूभाग, ऋषिमुनिहरूको तपोभूमि देवघाटक्षेत्र परिसर नवलपरासी जिल्ला, गैंडाकोट गाविसअन्तर्गत पूर्वपश्चिम राजमार्ग नारायणी पुलबाट उत्तरतिर करीब चार किमि टाढा समुद्र सतहदेखि ५ सय ६१ मि पहाडी बनेको धुरीमा रहेको सुप्रसिद्ध तीर्थस्थल, शक्ति प्रवल मौलाकालिका देवीको मन्दिर चित्ताकर्षकको छ ।

करिब ५०० वर्ष पहिला वि.सं. पन्ध्रौँ शताब्दीतिर पाल्पाका राजा मणिमुकुन्दसेनको राज्यकालमा तत्कालीन सैनिक टुकडीले आप्mनो ब्यारेकमा काठको मौलो गाडी शिला स्थापना गरी पूजा अर्चना गर्दै आएको र ती राजाको अन्त्यपछि स्थानीय पिनाली र सुनारी मगरले पूजा चलाएको किंवदन्तीहरू भेटिए ।

पछि स्थानीय गाउँलेहरूले आलोपालो पूजा चलाउँदै आए । पहिला त्यहाँ ठूला सालको रूख थियो रे । अहिले पनि घनाजंगल सालकै छ । सालको रुखसँगै जोडिएको मन्दिरमा ऐतिहासिक संरचनाहरू छरपष्ट भएका छन् । कालान्तरमा गाउँका आदिवासीहरू बसाइँ सरे । मन्दिरको पूजा पाठ रोकियो । वि.सं. २०३२ मा गैंडाकोट निवासी काशीनाथ पौडेलले सपनामा मौलाकालिको दर्शन पाएछन् । यसपछि स्थानीय व्यक्ति कुमान सिंह गुरुङले सो स्थलमा खनेर हेर्दा धमिराले खाएको काठको मौलो देखेछन् ।

गोलाकार शिलाहरू पनि भेटिएछन् । घण्टी पनि भेटिएछ । अब यस्तो दृश्य देखेपछि स्थानीय वासिन्दाहरूले त्यहाँको सानो मन्दिर निर्माण गरेछन् । र वडादशैं, चैत्रदशैं आदि पर्वमा पूजाआजा सुरु भएछ । वि.सं. ०३७ श्री कृष्णजन्माष्टमीको समय पारी अखण्ड भजन किर्तन सम्पन्न गरेर धार्मिक सेवासमितिको तय पनि भएछ ।

वि.सं. ०३२ पछि निरन्तर ब्राह्मण पुजारीको व्यवस्था भएको जानकारी पायौँ । वि.सं. ०४३ देखि हप्ताको दुई दिन शनिबार र मंगलबार पूजा गर्ने व्यवस्था सुरु भएको रहेछ । वि.सं. ०४४ देखि आवासीय पुजारीले दैनिक पूजा सञ्चालन गरेका रहेछन् । वि.सं. ०६४ देखि आवासीय दुई पुजारीले नित्य पूजा सञ्चालन गर्न थालेका रहेछन् छन् । सात्विक पूजा सञ्चालन हुने सो स्थानमा देवी मन्दिर भए पनि काटमार वली पूजा हुँदोरहेनछ ।

वि.सं. ०३२ मा बनेको सानो कच्ची मन्दिर वर्षाको कारण भत्किएछ । वि.सं. ०४२ मा एक टिनको छानो भएको सानो मन्दिर बनाइएको रहेछ । भक्तजनहरूको भीडभाडदेखि ०५१ सालमा प्रहरी तालिम केन्द्र भरतपुर चितवनको समेत अग्रसरता, श्रद्धालु जनता, संघसंस्था, उद्योगी व्यवसायीहरूको सक्रियतामा तीन ढोका भएको तीन तले पक्की मण्डप शैलीको मन्दिर निर्माण भएछ । ०५३ को चैत्रमा समुद्घाटन समेत सम्पन्न भएछ ।

देउराली भन्ज्याङ सिंढीमार्गमा देउरालीदेवीको खुला मन्दिर रहेको छ । मौलाकालीका मन्दिर परिसरमा हवन कुण्ड, भैरवको मन्दिर, शिवमठ, तुलसीमठ, मूल प्रवेश ढोकामा गणेश र सरस्वतीका मूर्तिहरू राखिएका रहेछन् ।

बाह्य पर्यटकहरूको सुविधाका लागि अलि तल हेलिप्याडको व्यवस्था गरिएको छ देउराली डाँडामा । वि.सं. ०४२ अघि यहाँ भौतिक संरचना भएको पाइँंदैन । मन्दिर परिसरमा छाताजस्तै पैmलिएको डमराहीका बुटाहरू थिए रे । भक्तजनहरू यही डुमरीका बुटामुनि बसी रात बिताउँथे रे । पानीको सुविधा थिएन । वर्तमान अवस्थाका पानी सुविधा, सिंढी मार्गमा ठाउँ ठाउँमा धाराहरूको व्यवस्था छ । चौतारी, विश्रामस्थल, विजुली, पानी टंकी सार्वजनिक शौचालय, एटेच बाथरुमासहित बस्ने कोठाहरूको राम्रो प्रबन्ध छ । एकै पटक १५० जना जति बस्न सक्ने कोठाहरूको व्यवस्था छ ।

सामान ढुवानी कार्यमा नेपाल प्रहरीले ठूलो सहयोग गरेको रहेछ । देवघाट क्षेत्र विकास समिति, नेपाल प्रहरी, सैनिक र सर्वसाधारणको सहकार्यमा धेरै विकास निर्माण भएको देखियो । दैनिक आम्दानीको लगबुक राखेको पाइयो । अहिले अफसिजनमा पनि मासिक तीन चार लाख आम्दानी हुने गरेको लगबुक देखाउँदै थिए पंक्तिकारलाई समितिकै साथीले ।

शक्तिस्वरूपा मौलाकालिका भगवतीको पूजा अर्चना, उपासना गर्नाले आत्मसन्तुष्टि, आत्म आनन्दको अनुभूति हुनेगर्छ । दुःख, आपत् आइलाग्दैन । संकट नाशिनी देवीको चर्चा कालिका पुराण, दुर्गा सप्तशती, देवी भागवत आदिमा प्रसस्त चर्चा भएको छ । सहन शक्ति बढाउने देवी अष्टभुजा देवीको चर्चा अघि गुरु शंकाराचार्यले पनि गरेका थिए । नेपला लगायत छिमेकी राष्ट्र भारतबाट यहाँ आउनेहरूका भीड देखिन्छ ।

भाकल पूरा गरिदिने देवी भनेर देवी पीठहरूको दर्शन गर्ने चलन यत्रतत्र रहेको छ । शक्ति भक्तिले सम्पन्न देवीको दर्शन गर्न सेना, प्रहरी, सर्वसाधारण, राष्ट्रसेवक युवायुवती, बाल वृद्धजन सबै किसिमका व्यक्तिहरू पुग्ने गर्छन् । हराएका मानिस भेटिने, परीक्षा उत्तीर्ण हुने व्यापार व्यवसाय फस्टाउने उद्देश्यले पनि त्यहाँ जानेहरूको भीड देखिने गर्छ । सन्तान प्राप्तिको इच्छा गर्नेहरू, रूप, लावण्य प्राप्तिका लागि मनरोग निवृत्तिका लागि पनि देवी उपासना गर्नेहरूको घुइँचो लाग्ने गरेको छ ।

साधु सन्तहरूको पनि उपस्थिति रहेको त्यस क्षेत्रमा भारतीय योग गुरु रामदेव महाराज पनि पुगेका थिए । उनैले ०६४ साल असोज १० गते वृहस्पतिबार उनै देवीको पूजा अर्चना गरेर शक्ति स्वरूपा मौलाकालिका देवी रहेको सार्वजनिक घोषणा गरेका थिए । वि.सं. ०६७ मा कात्तिक २७ गते ताइवानबाट आएका पाचौँ अवतारी लामा गुरु रानग टुल्कु रिन्चेन रिम्पोचेबाट पूजा अर्चना गरेका थिए ।

ध्यानमा बस्दा देवीको प्रत्यक्ष दर्शन पाएको उनले बताएका थिए । ०६७ मार्ग १४ मा हाम्रा राष्ट्रपतिले देवीको दर्शन र नव निर्मित हवन कुण्डको प्रतिष्ठा, अनावरण, उद्घाटन गरेकी थिइन् । चितवनको राष्ट्रिय निकुन्ज सौराहा, टाइगरटप आदिको अवलोकन, वनजंगलको हराभर क्षेत्रको अवलोकन, तराईका समथर फाँटहरूको दृश्यावलोकन मन्दिर, शिखरको थप विशेषता रहेको छ । लेखक, स्रष्टा, पत्रकारहरूको ओइरो लाग्ने सो क्षेत्र निकै हराभरा देखिन्छ ।

मन्दिरका भावी योजनाहरू पनि अगवत गर्यौँ हामीले । मन्दिरभित्र भुइँ र बाहिर बरण्डा एवं पेटीमा मार्बल राख्नेदेखि केही तल सार्वजनिक शौचालय, वीच बाटोमा पुष्पवाटिकाहरूको निर्माण, सिंढी मार्गको दुईतिर पक्की नाली निर्माण, धार्मिक वन सिमाना परिक्रमा निर्माण, वन विहार मार्गको निर्माण, हावापानी सुहाउँदो आयमूलक जडिबुटी खेतीको व्यवस्था, फूल बगैंचाको निर्माण, विवाह आदि कार्यका लागि यज्ञमण्डपको निर्माण भजन किर्तन हल, भवन निर्माण, प्रतीक्षालय निर्माण यस्ता धेरै र ठूला गुरुयोजना पनि तय भएको स्थानीय समितिका साथीले बताए ।

उही सिँढीहरू छिचोल्दै गर्दा प्राकृतिक छटाहरूमा रम्दा पनि एकातिर हर्षित थियो भने शरीर भने पूरै थाकेकाले खल्याङखुट्टी गर्दै विस्तारै विस्तारै ओराली लाग्यौँ हामी । दक्षिणतिरको समथर छटा, पूर्वतिर बग्दै गरेकी नारायणी ,उत्तरतिरको सुरम्य क्षेत्र देवघाटको अवलोकन गर्दै, फोटो खिच्दै हामी दुई तल झ¥यौँ । झन्डै डेढघण्टाको समयपछि हामीले पैदल यात्रालाई पूरा ग¥यौँ ।

देवीको दर्शन संस्मरमणलाई लिपिबद्ध गर्ने मेरो योजनाअनुसार लेखन कार्य केहीपछि मात्र भयो । देवीको प्रसाद र शुभेच्छा आम श्रोता, पाठक दर्शकहरूलाई पनि । मित्र मेघनाथजीलाई भरतपुरमा बिदाइ सकेर म भने राजधानी फिर्ताको तानाबाना बुन्न थालेँ, पहिलोगएका साथीहरू लिई उही मुग्लिन नारायणघाटको खण्डहर, बिग्रेको बाटो पार गर्दै काठमाडौं पुग्यौँ, घन्टौँ जाममा रोकिँदै ।

प्रतिक्रिया