रौतहट । विदेश जादैमा धन कमाइन्छ भन्ने भनाई लाई रौतहट गौरको टिकुलियाबासीले गलत सावित गरेका छन् । लाल बकैया नदीको बगरमा रहेको बलौटे जमिनमा केरा खेती गरेर आत्मनिर्भर र जिवकोपार्जन गर्दै सबैलाई चकित पारेका हुन् ।
बाक्लो वस्तिको छेउबाट भएर बग्ने बकैया नदीको किनारमा सयकडौं बिघामा केरा खेती गरेर मनग्य आम्दानी गर्दै सबैको लागि प्रेरणाको स्रोत बनेका छन् । निरन्तर रूपमा मेहनत र परिश्रम आफ्नै गाउँ घरमा लगाउने हो भन्ने स्वदेश मै सुन फलाउन सकिन्छ भन्ने एउटा गतिलो उदाहरण टिकुलियाबासीले प्रस्तुत गरेका छन् ।
सदरमुकाम गौर देखि ५ मिटर पश्चिममा रहेको लाल बकैया नदीको बगरमा रहेको बलौटे जमिनमा धान, गहु, दलहन लगायत अन्य खेतीहरू गर्न गाह्रो भएको अवस्थामा वडा नम्वर ४ टिकुलियाका स्थानीयले थोरै मेहनेतमा केरा खेतीबाट आम्दानी गरेर जिवकोपार्जन गर्दै आएका हुन् ।
२०५० सालमा आएको विनासकारी बाढीको समयमा खेती योग्य जग्गालाई कटान गरेपछि टिकुलियाबासीको निकै विजोग भएका थियो । २-३ बर्ष पछि कटान भएको जमिन उकास भएपनि बालुवा नै बालुवा हुँदा कुनैपनि खेती नहुने भएको थियो । एक जना कृषिका जानकारसंग कुरा गर्दा केरा र परवलको खेती गर्न सुझाव दिएको स्थानीय मनोज सहनीले बताए ।
केराको बोट बाहिरबाट ल्याएर करिव २ विगहा बलौटे जग्गामा केरा खेती सुरु गरेको बताउदै कृषक सहनीले पहिलो बर्षमा मेहनत अनुसारको प्रतिफल पाउदा सोही स्थानमा रहेका थप २ विगहा गरेर कुल ४ विगहा जग्गामा केरा खेती २०५५ साल देखि गर्दै आएको बताए । कम मेहनतमा बढी आम्दान हुने यस खेतीको मुख्य सिजन फागुनदेखि लिएर कात्तिक महिनासम्म रहेको बताउदै सहनीले बर्षमा सबै खर्च कटाएर १५ लाखको आम्दानी गरेको जानकारी दिए ।
‘केरा खेतीको आम्दानीबाट चार जना छोरालाई राम्रो शिक्षादिक्षा दिइरहेको बताउदै किसान सहनीले ‘श्रीमती विन्दु देवी सहनी सहित ७ जनाको परिवारको भरणपोषण राम्ररी गर्दै आएको छु, । जेठा छोरा जुद्ध माध्यमिक विद्यालयमा ११ कक्षामा अध्ययन गरिरहेको छ भने ६, ४ र ३ वर्षीय छोरालाई इंगलिश बोडिंग स्कूलमा मज्जाले पढाइरहेको छु । केरा खेती हाम्रो परिवारको लागि वरदान सावित भयो ।’ व्यवसायबाट आफू सन्तुष्ट भएको सहनीले बताए । आफूले गरेको केरा खेतीले जिवन धान्न ठूलो बल मिलेको उनको भनाई छ ।
रौतहटको केरा सिमावर्ती भारतीय बजारमा जाने गरेको छ । त्यती मात्रै नभई रात्री बसको छतमा राखेर व्यापारीहरूले काठमाडौंसहित मुलुकको विभिन्न भागमा लैजाने गरेका छन् । अहिले माग अनुसारको केरा उत्पादन नहुँदा महिनामा २ पटक मात्रै व्यापारीहरू आउने गरेको आउने बताए । आउदो फागुन महिनादेखि प्रशस्त केराको उत्पादन हुँदा व्यापारीको चाप लाग्ने गरेको किसान सहनीले बताए ।
मनोज सहनीले केरा खेतीबाट मगन्य आम्दानी गरेर मज्जाले परिवार चलाउदै आएको देखेर छिमेकी चनरदेव सहनी र अनथ सहनीजस्ता ५० जना किसानहरू बकैयाको बगरमा रहेको बलौटे जग्गा तथा भाडामा लिएर केरा खेती गर्दै आएका छन् । यहाँ उत्पादन भएको केरा लिन विरगंज, चन्द्रपुर तथा विभिन्न स्थानमा लैजना खेतमै व्यापारीहरू आएर नगद कारोवार गरेर लैजाने गरेको किसानहरू बताउँछन् ।
प्रतिक्रिया