भारतीय राजनेताका निजी जीवन !

जब मा मान्छेका निजी जीवनका बारेमा कुरा उठ्ने गर्छ त्यति वेला भारतीय राजनीतिज्ञहरू दुनियाँका सबैभन्दा ठूला तानाशाहमा बदलिन्छन् । उनीहरूका अघि प्रेम सबै भन्दा ठूलो कुरा बन्छ । प्रेमका अघि अन्य समस्या गौण बन्ने गरेको इतिहास छ ।

यद्यपि, केही नेताहरू राजनीतिक रूपमा बाहिर फरक पार्टीका मान्छेसँग शत्रुता पूर्ण व्यवहार गर्ने गरेता पनि व्यवहारमा भने एक अर्कोप्रति आदारसम्मानपूर्ण व्यवहार गर्ने गरिरहेका हुन्थे । त्यस्ता कयौंको परिवारमा बिहेवारीसमेत हुने गरेको छ भने कतिपय प्रेमसम्बन्धमा पनि रहेने गरेका छन् ।

एक दुईवटा घटनालाई बेवास्ता गर्ने हो भने भारतीय राजनीतिज्ञहरूको निजी जीवन त्यसै गरी चलिआएको छ । यसको कारण के पनि हो भने हरेकजसो मान्छे शिशाको घरमा बसेका छन् । गवर्नेस नामका सम्पादक यसको पछि अर्को कारण पनि भएको ठान्दछन् । उनी भन्छन्, ‘शिशाको घर विदेशमा पनि हुन्छ, तर, त्यहाँ ढुंगा फ्याक्ने गरिन्छ यहाँ सामन्ती सोच छ । राजलाई मन परेको वस्तु अधिकारमा पाइन्छ भन्ने ठानीन्छ ।’

उनी भन्छन्, ‘एक इटालिएन शब्द ‘ओमार्टा’ छ त्यसको अर्थ हुन्छ, ‘अपराधमा भएको एक गुप्त सम्झौता’ । यसको अनुसार म तिम्रो बारेमा केही बताउँदिन तिमी मेरा बारेमा नबताऊ । दुवै गुप चुप । भारतीय राजनीतिमा पनि धेरै जसो ‘ओमार्टा’ जस्तै हुँदै आएको थियो कयौं विषय अहिले पनि जारी छ । केही विषयमा मौनता यति धेरै छ की जहाँ त्यति धेरै मौनता हुन हुँदैन थियो भन्नेहरू पनि छन् तर भइ रहेको छ ।

सञ्चारमाध्यम र राजनीतिज्ञको बीचमा पनि निजी जिन्दगीलाइ लिएर एक प्रकारको सामाजिक सम्झौता भएको देखिन्छ । त्यसको कारण हो नेताका नीजी जिवनका बारेमा हुनु पर्ने जति चर्चा हुने गरेको छैन । भ्रष्टाचार, षड्यन्त्र र भाई–भतिजावादका मुद्दामा आममान्छे र सञ्चार माध्ययम धेरै नै आक्रामक देखिन्छ । उनीहरूका सबै कुरा छताछुल्ल हुन्छ । तर, निजी सम्बन्धका विषयमा भने सबै नजरअन्दाज गर्ने प्रयास गर्छन् ।

टाइम्स अफ इन्डियाका पूर्वसम्पादक इन्दर मल्होत्रा भन्छन्, ‘केही वर्ष अघिसम्म सारा दुनियाँका बारेमा समाचार बन्छ सामाजिक सञ्जालमा पोस्ट हुन्छ, मान्छेका टिक्का टिप्पणी र आलोचना हुन्छ, सबैले थाहा पाउँछन् । तर, नेताका निजी जिवनका बारेमा भने यहाँका सञ्चार माध्ययमामा आउँदैन आइहाले पनि निकै कमै आउँदैन थियो । यहाँका रेडियो र टेलिभिजन पनि सरकारकै नियन्त्रणमा थियो ।

उनी भन्छन्, ‘अब पण्डित नेहरूकै बारेमा भनौँ । सारा देशमा मान्छेको आवाज निस्कन्थे, सबैतिर चर्चा हुन्थ्यो उनका माउन्टबेटन नाम गरेकी महिलासँग निकै उठबस थियो, त्यो सम्बन्ध प्रेमको थियो । त्यमा धेरैले शंका पनि गर्थे । अर्की शारदा माता भन्ने महिला पनि थिइन, जसको बारेमा धेरैले भन्थे उनको पनि धेरै नेतासँग सम्बन्ध थियो । उनका मृत्युपछि प्रकाशित भएको पुस्तकमा लेखिएको थियो की गान्धी ब्रह्मचार्य भनिए पनि उनी दायाँ बायाँ युवा महिला राखेर सुत्ने गर्थे ।’ यस्ता निजी कुरा धेरै बाहिर आएका थिएनन् ।

इन्द्र मल्होत्रा भन्छन्, साठीको दशकमा गान्धीलाई यौन र ब्रह्माचार्यको बारेमा गरिएको प्रयोगको बारेमा निर्मल कुमार बोसले लेखेका किताब प्रकाशित हुन पहिला त्यसको बारेमा आम मान्छेलाई त्यसबारेमा जानकारी नै थिएन । त्यसभन्दा पहिला सो विषयमा केही लेखिएला भन्ने कल्पना पनि कसैले गरेका थिएनन । तर, धेरै समयपछि त्यस बारेमा बाहिर आयो ।
नेहरू–एडविनाको प्रेम सम्बन्ध

जवाहरलाल नेहरूको एडविना माउन्टबेटनसँगको सम्बन्धका बारेमा देशभित्र कुरा न भए पनि विदेशमा भने निकै चर्चा हुने गथ्र्यो । त्यस विषयमा बेलायतमा एउटा किताब नै छापिएको थियो । माउन्टबेटन ट्रस्टले उक्त किताब छाप्ने अनुमति दिएको थियो । नेहरूले जति पनि पत्र एडविनालाई लेखेका थिए ती सबै पत्र किताबमा छापिएका थिए ।

माउन्टबेटनको जीवनीमा नेहरू एडविना प्रेम सम्बन्धमा रहेको पनि मल्होत्राले बताएको उल्लेख छ । तर, जब जेनेट मारगनले एडविनाका विषयमा किताब लेखिन त्यति वेला उनले निकै प्रयास गर्नुपरेको थियो एडविनालाई नेहरूले लेखेको पत्र छाप्ने अनुमति लिनका लागि ।

इन्दिरा–फिरोजको वैवाहिक जीवन

इन्दिरा गान्धीको वैवाहिक जीवनका बारेमा पनि सार्वजनिक रूपमा निकै थोरै कुरा मात्र बाहिर आएका थिए । उनीहरूका बीचमा सम्बन्ध त्यति राम्रो थिएन भन्ने बारेमा मात्रै बाहिर आएको थियो । अन्य कयौं कुरा भित्रै थिए ।

त्यस बारेमा मल्होत्राले भनेका थिए, ‘फिरोज गान्धी मेरो अति अनौठा मित्र थिए । उनी कहिलेकाहिँ दाबीका साथ भन्थे, आफूकोमा महिला आउँछन् । उनीकोमा आउने महिलालाई मेरो बारेमा पनि थाहा थियो । उनको सम्बन्ध हम्मी नामकी सुन्दर एक महिलासँग थियो । उनको पिता उत्तर प्रदेश सरकारमा मन्त्री थिए । इन्दिरा नेहरूको हेरचाहका गर्न र बच्चका लागि दिल्लीान प्रधानमन्त्री विनासमा आएकी थिइन् उनी हम्मी । त्यहीँबाट फिरोजको प्रेमसम्बन्ध सुरु भएको थियो । हम्मीको कारण इन्दिरा गान्धीलाई जीवनभर तनाव रहयो ।

यसबारेमा मल्होत्राले बताएका छन्, ‘इन्दिरा गान्धी प्रधानमन्त्री बनेको समयमा एकपटक फिरोज देखिएनन, त्यही वेला संकटकाल लगाउने अघिको कुरा हो । हम्मी प्रधानमन्त्री कार्यालयमा केही कामले आएकी थिइन् । जब उनी प्रधानमन्त्री कार्यालयबाट बाहिरदै थिइन, त्यही समयमा कांग्रेस अध्यक्ष देवकान्त बरुआ भित्र प्रवेश गर्दै थिए । इन्दिराले बरुआलाई भनिन् बाहिर हेर्नुस् । तपार्इंले देखिरहनु भएको महिलाका लागि फिरोजले मेरो सारा जीवन बर्बाद गरिदिएका छन् ।’ फिरोजको धेरै महिलासँग सम्बन्ध भएको वेला वेला चर्चा हुन्थ्यो । त्यही विषयले उनीहरूको बिचमा सम्बन्ध सुमधुर थिएन ।

राजीव–सोनियाको प्रेम कहानी

राजीव र सोनिया गान्धीको प्रेम प्रसंगमा पनि राष्ट्रिय सञ्चार माध्यममा निकै कम चर्चा भएको छ । राशिद किदवईले सोनिया गान्धीको जीवनीमा आधारित भएर लेखेको किताबमा त्यस विषयमा अलिकति आफ्नो ध्यान दिएका छन् । कदिवईले बिबिसीलाई बताएका थिए, ‘सुरुमा सोनिया गान्धीलाई यो पनि थाहा थिएन कि राजीव जवाहरलाल नेहरूका नाती हुन भन्ने । उनीहरू पहिलोपटक केम्ब्रिजको एक ग्रिक रेस्टुरेन्ट ‘वरसिटीमा’ भेट भएको थियो । उनी एक साथीका साथ उक्त रेस्टुरेन्टमा बसिरहेकी थिएन । राजीव पनि आफ्नो साथीसँग थिए ।

किदवईले भनेका छन्, ‘सोनियाले आफैँ बताएअनुसार उनलाई राजीवले जुन हेराइले हेरिरहेका थिए, पहिलो हेराइमा नै उनीहरूका बीचमा प्रेम बसेका थियो । त्यसपछि राजीवले सोनियालाई एउटा कविता लेखेर पठाए । सोनियालाई उक्त कविता निकै मन प¥यो । त्यसपछि उनीहरूबीच भेटघाट सुरु भयो । तर, जब इन्दिरा एकपटक वेलायत गइन र उनको फोटो त्यहाँको पत्रिकामा छापियो त्यो देखेर सोनिया डराएकी थिइन् ।’

किदवईले भनेका छन्, ‘एकपटक उनी आधा बाटोसम्म आएर पनि इन्दिरासँग भेट्ने आँट गर्न सकिनन् । उनले पहिलोपटक इन्दिरालाई भेट्दा फ्रेन्स भाषामा कुरा गरेको थिइन्, किनकि इन्दिरालाई फ्रेन्च भाषा आउँथ्यो तर सोनियालाई भने अंग्रेजी बोल्न समस्या थियो । पछि जब सोनियाका बुवा आमालाई थाहा भयो की छोरीले राजीवसँग बिहे गर्न लागेकी छन् भन्ने उनीहरूले त्यसको विरोध गरे ।

राजीव सोनियाको हात माग्न उनको घरमा गएका वेला उनलाई सोनियाका आमाबुवाले भने । हामीहरू हेर्न चाहान्छौँ तिमिहरूको बीचमा कत्तिको माया प्रेम छ । त्यस कारण तिमिहरू एक वर्षसम्म एक अर्कालाई नभेटी बस । उनीहरूले त्यसलाई स्वीकार गरे र एक वर्षपछि सोनियाले नै बिहेको पहल गरिन् तर, पनि उनका बुवाआमा बिहेका तयार भएनन् र बिहेमा पनि साथ दिएनन् ।

राजीवको भाई सञ्जय गान्धी पनि महिलासँग नाम जोडिरहेने मध्येका हुन् । उनको नाम धेरै महिलासँग जोडिन्थे । तीमध्ये रुक्साना सुल्ताना नामको महिला एक हुन् ।

राशिद कदिवर्इ भन्छन्,  ‘रूखसाना सुल्तानाको ठूलो सामाजिक स्थान थिएन । तर, उनलाई उनको हैसियतभन्दा निकै अघि बढाए सञ्जयले । उनको जीवनशैली पनि फरक थियो । त्यस जमानामा पनि उनी निकै सिंगारियर अग्लो हिल जुत्ता लगाएर हिड्ने गर्थिन् । उनको पहिरन कांग्रेसमा समेत चर्चा हुने गथ्र्याे । उनी सञ्जयलाई खटनमा राख्थिन् । सञ्जयको उनीजस्तै धेरै महिलासँग सम्बन्ध थियो । तर, जब सञ्जयको मेनका नामकी महिलासँग बिहे पक्का गरे, उनीसहित कयौँ महिला दुखी भए ।

वाजपेई–राजकुमारी कौल प्रकरण

भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेईको परिवारका बारेमा हल्ला रूपमा केही चर्चा हुने गर्थे । तर, यसले उनको लोकप्रियतामा कुनै असर भनेर परेन । वाजपेईले कलेज पढ्दा आफ्नो साथी राजकुमारी कौलसँग विवाह नगरेर पनि प्रेम भने थियो । राजकुमारीले अर्कै युवासँग बिहे गरे पनि उनीहरू दुवै वाजपेइको घरमा नै बस्थें ।

सैवी पत्रिकासँग कुरा गर्दै श्रीमती कौलले भनेकी छन्, ‘म र अटल बिहारीले कहिल्यै हाम्रो सम्बन्धको बारेमा सफाइ दिनुपर्ने जरुरी ठानेनौं ।’ श्रीमती कौलको केही वर्ष पहिला मृत्यु भइसकेको छ । तर, उनको बारेमा कुनै सञ्चार माध्ययममा चार्चा भएन कारण उनको बारेमा निकै थोरै मान्छेलाई मात्रै थाहा थियो । उनको साथी तलत जमीरसँग बिबिसीले भने त्यस बारेमा कुरा गरेको थियो ।

तलत भन्छन्, ‘उनी एकदम सुन्दर कश्मीर महिला थिइन् । उनको आवाज पनि मिठो थियो, उनको उर्दू बोल्ने क्षमता राम्रो थियो । म जब उनलाई भेट्न प्रधानमन्त्री निवास जान्थें, त्यहाँ उनलाई सबै जना माता जी भन्थें । अटलजीको खानाको सबै जिम्मेवारी उनैको थियो ।

भान्सेहरू उनलाई सोध्थे, आज खानामा के पकाउने ? उनलाई टेलिभिजÞन हेर्ने शोख थियो । उनी सबै सिरियल हेरेर कुरा गर्थिन् । उनी भन्थिन, ‘ठूला गायक जावेद अखूतर जति वेला जन्मिएका थिए त्यति वेला उनलाई हेर्न अस्पताल गएकी थिइन्, किनकि उनको बुवा जानिसार ग्वालियरको विक्टोरिया क्याम्पसमा उनलाई पढाउथे उनी जावेदसँग नियमित सम्र्पकमा रहन्थिन् ।

मुलायम सिंहका दोस्रो विवाह

मुलायम सिंह यादवको दोस्रो विवाहका बारेमा त्यति वेला मात्रै मान्छेले थाहा पाए जब उनको उनको सम्पत्तिका बारेमा कर विभागले सर्वोच्च अदालतमा मुद्दा चलायो ।

यसबारेमा अजय सिंहले भनेका छन्, ‘हामी जब लखनउमा काम गथ्र्यो हामीलाई थाहा थियो की उनको पत्नी होइनन, तर, पत्नीजस्तै हुन जसकहाँ उनी जाने गर्थे । तर, यसबारेमा कुनै प्रमाण भने थिएन । एकै पटक सर्वोच्च अदालतमा उनले जानकारी दिन प¥यो की उनको पहिलो श्रीमती छैनन् । त्यति वेला थाहा भयो ती महिला उनको दोस्रो पत्नी हुन र उनीसँग एक छोरा पनि छन् ।

प्रेम र यौनको विषयलाई छोडेर राजनीतिज्ञका नीजी जिवनमा जाडिएका विषयमा चर्चा गर्नेबाट बचेका थिए । नेहरूका सचिव रहेका एमओ मथाइ आफ्नो किताब ‘रेमिनिसेंसेज अफ नेहरू एज’मा लखेका छन् । पुजारीका लागि स्वतन्त्रताको जीवन धेरै आनन्दको हुन्छ ।

एकपटक उनी वेलायतको यात्रामा गएका थिए । त्यहाँ भारतका उच्चयुक्त विजयलक्ष्मी पण्डितले उनको सम्मानमा एक भोजको आयोजना गरेका थिए । त्यसमा एन्थेनी ईडन र लार्ड माउन्टबेटन जस्ता व्यक्तिलाई पनि बोलाइएको थियो । जब खाना सकियो पुजारी कोठाबाट बाहिर आए ।

ईडनले सोधे, पुजारी कहाँ गए । विजयलक्ष्मी पण्डितले कूटनीतिक झूठ बोल्दै बहाना बनाइन् । तर, उनी भने उनकै कोठामा बसेर मनोरञ्जन गरिरहेका थिए ।

इन्द्र मल्होत्राले भनेका छन्, ‘उनी हरेक दिन साँझ ७ बजेदेखि रक्सी पिउन सुरु गर्थे । उनी आफ्नो पिउन बारे भने लुकाउँदैन थिए । आफ्नो किताब ‘गुबारे खातिर’मा उल्लेख भए अनुसार उनी जति वेला पनि चिया पिउँदै छन् जस्तो लाग्थ्यो । तर, उनले पिएको चियाको चुस्की नभएर ह्विस्की हन्थ्यो ।’

जिन्ना का ह्याम स्यान्डविच प्रेम

यसैगरी, निकै कम मान्छेलाई थाहा थियो की पाकिस्तानका संस्थापक मोहम्मद अली जिन्नालाई

ह्याम सेन्डविच खाने शोख थियो ।

उनको सहयोगी भएर काम गरी पछि भारतको शिक्षा तथा विदेश मन्त्री भएका मोहम्मद करिम चागलाले आफ्नो आत्मकथा ‘रोजेज इन डिसेम्बर’ मा लेखेका छन्, ‘जिना बम्बै म्युनिसिसपल कर्पोरेसनमा चुनाव लड्दै थिए । म र जिन्ना टाउन हलमा थियौं । जहाँ एउटा मतदान केन्द्र पनि थियो । लन्चको समयमा जिन्नाकी श्रीमती रुटी एउटा गाडीमा एक टिफिन बास्केट लिएर ओर्लिइन टाउन हलको भ¥याङ चडदै उनले भनिन्, जे अनुमान लगाउन त मैले तिम्रो लागि लन्च के ल्याएको छु ।’

त्यस किताबको अनुसार उनी जिन्नालाई जे भन्थिन् । जिन्नाले भने, मलाई के थाहा, उनले भनिन् मैले तिम्रो लागि मिठो स्यान्डविच ल्याएको छु । श्रीमतीको कुरा सुन्ने बित्तिकै जिन्नाले आत्तिँदै भने तिमी चाहन्छौ की म चुनाव हारुँ तिमिले के गर्यौ ? म सामान्य ठाउँबाट होइन मुस्लिम क्षेत्रबाट निर्वाचन लड्दै छु ।

यदि उनीहरूलाई मैले लन्चमा ह्याम सेन्डबिज खाएको थाहा भयो भने उनीहरूले मलाई भोट दिँर्दैन । यति सुन्नेवित्तिकै जिन्नाको अनुहार कालोनिलो भयो । उनले टिफिन बक्स उठाइन् र रिसाउँदै भ¥याङबाट ओर्लिइन् र आफ्नो गाडीमा बसेर फर्किइन् ।’ पछि उक्त किताब पाकिस्तानमा बन्देज गराइयो ।

रशीद कदिवई भन्छन्, ‘त्यस समयमा करिब एक दर्जन व्यक्तिको नाम उल्लेख गर्न सकिन्छ जस्को जिन्दगी रंगिन थियो । तर, धेरैलाई थाहा थिएन । विद्याचरण शुक्ला, चन्द्रशेखरको बारेमा यस्ता धेरै कुरा थिए । यस्तै, नारायणदत्त तिवारी पनि जब राजभवनमा नै समातिए र उनलाई एक मुद्दा दायर समेत भयो । (एजेन्सीको सहयोगमा)

प्रतिक्रिया