नयाँबानेश्वरमा गरिमा बैंकको शाखा

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले काठमाडौंको नयाँबानेश्वरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । नयाँबानेश्वर स्थित इन्द्रेणी कम्प्लेक्समा रहेको उक्त शाखाकार्यालयको नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले उद्घाटन गरे ।

काठमाडौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकका हाल काठमाडौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ६६ शाखा र १५ वटा एटीएम सञ्चालनमा छन् । विकास बैंकले छिट्टै नै पर्साको वीरगञ्ज, चितवनको टाँडी र मिलनचोक, दाङको तुल्सीपुर, बांकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर,कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङको बेसीसहरमा समेत शाखाकार्यालय खोल्ने तयारी गरेको छ ।

बैंकले आर्थिक वर्ष ०७५/७६ को दोश्रो त्रैमासको अन्त्यसम्ममा २६ अर्ब ९८ करोड निक्षेप संकलन गरी २३ अर्ब ५२ करोड कर्जा लगानी गरेको छ । साथै विकास बैंकले गतबर्षको तुलनामा ५४.८१ प्रतिशतले वृद्धि गरी ४३ करोड ९३ लाख सञ्चालन मुनाफामा आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया