भारतमा मन्दिर विवाद चर्कियो, नेताकै घरमा बम हमला

नयाँदिल्ली । केरलास्थित सबरीमाला मन्दिरमा महिलाहरूको प्रवेश विरुद्ध भड्किएको हिंसात्मक प्रदर्शनले उग्र रूप लिएको छ । यसबीच यहाँका विधायक एएन समसिरको घरमै शुक्रबार राती बम नै आक्रमण भएको छ ।

यसअघि भाजपाका सांसद वी मुरलीधरन, माकपाका कन्नुर जिल्ला सचिव पी शशी तथा पार्टीका कार्यकर्ता विसकको घरमा पनि बम हमला भएको बताइएको छ । हमलामा विसक घाइते भएका छन् ।

सर्वोच्च अदालतले तीन महिनाअघि सबै उमेरका महिलालाई प्रवेशमा अनुमति दिएको थियो । भाजपा र हिन्दू संगठनहरूले अदालतको यस्तो फैसलाको विरोध गरेका हुन् । जहाँ राज्यका माकपा सरकार अदालतको फैसला लागू गराउने पक्ष र विपक्षमा प्रदर्शन गर्दा हिंसा भड्किएको हो ।

माकपाले आफ्ना नेताहरूको घरमा बम हमला भएको घटनामा आरएसएसका स्वयंसेवकको हात रहेको आरोप लगाउँदै आएका छन् । यस क्रममा १७ सय ३८ जना प्रदर्शनकारीहरूलाई प्रहरीले गिरफ्तार गरिसकेको छ ।

मोदीको भ्रमण नै रोकियो

यसैबीच प्रधानमन्त्री नरेन्द्र मोदीको आइतबार हुने भनिएको भ्रमण स्थगित गरिएको छ । भाजपाका नेताहरूको हवाला दिँदै ६ जनवरीमा तय गरिएको पठानथिट्टा यात्रा प्रधानमन्त्रीको व्यस्तताका कारण स्थगित गरिएको भारतीय मिडियाले जनाएका छन् ।

शुक्रबार राती श्रीलंकाकी एक महिला सबरीमाला मन्दिरमा प्रवेश गर्न खोज्दा गेटमै रोकिएकी थिइन् । यस्तै, २ जनबरीमा अन्य दुई महिलाले मन्दिर प्रवेश गरेपछि हिंसाले उग्र रूप लिएको हो । हिंसामा मन्दिर सञ्चालक समितिका एक हिन्दू कार्यकर्ताको मृत्यु भएको थियो ।

आठ सय वर्ष पुरानो प्रथा

५० वर्षका महिलालाई मन्दिरमा प्रवेश रोक लगाउने एक प्रथाकै रूपमा स्थापित थियो । आठ सय वर्षयता चल्दै आएको यो प्रथा गत सेप्टेम्बर २८ मा सर्वोच्च अदालतले मन्दिरमा प्रवेश गर्न पाउने भन्दै फैसला गर्यो ।

यही फैसलाको विरुद्ध केरलाका राजपरिवार तथा मन्दिरका मुख्य पुजारीसहित केही हिन्दू संगठनले यस फैसला विरुद्ध पुनरावेदन गरका थिए । यसअघि यस मन्दिरमा ५० वर्षका महिलालाई रोक लगाइँदै आएको थियो । अदालतको फैसलापछि नै विरोध र हिंसा जारी रहेको हो । यसबारे केरलाको राज्यसभामा समेत चर्काचर्की हुँदै आएको छ ।

प्रतिक्रिया