एजेन्सी, लन्डन । ६०-७० को दशकमा रहेका बृद्धबृद्धाहरू यौन जीवनमा सक्रिय रहनु स्वास्थ्यको लागि फाइदाजनक हुने एक अध्ययन प्रतिवेदनले देखाएको छ । एन्ग्लीया रस्किन युनिभर्सिटी र युनिभर्सिटी कलेज लण्डनले हालै गरेको अध्ययनका क्रममा सो तथ्य बाहिर आएको हो ।
प्रतिवेदनका अनुसार उक्त उमेरमा यौन जीवनमा निष्क्रिय हुनेको भन्दा सक्रिय हुनेको जीवन बढी रमाइलो पाइएको छ ।
बृद्धबृद्धालाई यौन जीवनमा सक्रिय हुन उत्प्रेरित गर्दा व्यक्तिगत र स्वास्थ्य सेवाको दीगोपनाका हिसाबले पनि दुवै पक्षलाई फाइदाजनक हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
उक्त प्रतिवेदन बनाउनु अघि बेलायतका ६ हजार ८ सय प्रौढलाई सहभागी गराइएको थियो । उनीहरूको उमेर समूह औसतमा ६५ वर्ष रहेको जनाइएको छ । सो अध्ययन प्रतिवेदनका लेखक डा ली स्मिथ भन्छन् ,‘स्वास्थ्य सम्बन्धी व्यवसायीहरूले बुझनु पर्छ कि प्रौढ मानिसहरू अलैंगिक होइनन् ।’
प्रतिक्रिया