एजेन्सी, जाग्रेब । स्पेनले नेसन्स लिगमा बिहीबार अपराजित रहने अवसर गुमाउँदा क्रोएसियासँग ३–२ गोल अन्तरको हार बेहोर्यो । ९३औँ मिनेटमा क्रोएसियाका टिन जेडभाजले गरेको गोल नै स्पेनको हारको कारण बन्यो ।
टिनले इन्जुरी समयमा गोल गरेपछि समूह ‘डी’ को प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाएको छ । क्रोएसियाले इंग्ल्यान्डविरुद्धको समूहको अन्तिम खेलपछि फाइनलमा जाने टोलीको टुंगो लाग्नेछ ।
त्यसका लागि इंग्ल्यान्डले अन्तिम खेलमा क्रोएसियामाथि पाँच गोलभन्दामाथिको फराकिलो अन्तरले हराउनुपर्नेछ । बराबरीमा भएमा स्पेनले फाइनलमा स्थान बनाउनेछ । बराबरीको नतिजाले क्रोएसिया लिग ‘बी’ मा रेलिगेसनमा पर्नेछ । यता, घरेलु मैदानमा क्रोएसियाले स्पेनमाथि दबाब बनाउँदै समूहलाई थप रोमाञ्चक मोडमा पु¥याएको थियो । क्रोएसियाको जितमा टिनले दुई गोल गर्दा एन्ड्रेज क्रामारिचले एक गोल गरेका थिए । क्रामारिचकै गोलबाट क्रोएसियाले ५४औँ मिनेटमा अग्रता लिएको थियो ।
तर, दुई मिनेटपछि डेनी काबालोसले गोल फर्काउँदै स्पेनलाई बराबरीमा पु¥याए । ६९औँ मिनेटमा टिनले गोल गरेपछि क्रोएसियाले पुनः अग्रता लिएको थियो । यद्यपि ७८औँ मिनेटमा कप्तान सर्जियो रामोसले पेनाल्टीमार्पmत गोल गर्दै पुनः स्पेनलाई खेलमा फर्काए । खेलको इन्जुरी समयमा टिनले गोल गरेपछि क्रोएसियाले रोमाञ्चक जित निकाल्यो । यता, स्पेनले नयाँ प्रशिक्षक लुइस इनरिकेको प्रशिक्षणमा लगातार दोस्रो हार बेहोरेको छ । गत महिना स्पेनलाई घरेलु मैदानमा इंग्ल्यान्डसँग २–१ को हार बेहोरेको थियो । क्रोएसियाले भने गत सेप्टेम्बरमा स्पेनको घरेलु मैदानमा बेहोरेको ६–० को हारको बदला लियो ।
‘पछिल्ला समयको प्रदर्शनले निकै दुखित बनाएको छ । तर, अब खेलमा सुधार गर्नु पर्नेछ । आजको खेल पनि हाम्रो लागि राम्रो भएन,’लुइसले भने । क्रोएसियाका प्रशिक्षक जलात्को डालिचले भने ‘हामी उत्कृष्ट प्रदर्शनका कारण पुरस्कृत भएका हौँ ।’ यता, हार निकाले पनि स्पेन रेलिगेसन हुनबाट बचेको छ ।
आइतबार हुने खेलबाट इंग्ल्यान्ड र क्रोएसियामध्ये एकलाई समूहको शीर्षमा रहने या रेलिगेसनमा पुग्ने खतरा हुनेछ । ‘यो नतिजाले थाहा हुन्छ, यो निकै कठिन समूह हो । हामीसँग अझै अवसर छ । हामी सफल पनि हुनेछौँ,’ स्पेनका प्रशिक्षक लुइसले भने । खेलको पहिलो हाफमा गोलरहीत बराबरीमै सकियो । स्पेनले खेलको पहिलो हाफमा एक मात्र गोलको अवसर सिर्जना गरेको थियो । इस्कोले लामो दुरीबाट गरेको प्रहार नै स्पेनको लोभलाग्दो आक्रमण थियो । क्रोएसियाले पनि खासै राम्रो अवसर बनाउन सकेको थिएन । दोस्रो हाफमा भने कुल पाँच गोल भएको थियो ।
स्पेनले पहिलो गोल डिफेन्डर रामोस र दोस्रो गोल सर्जियो रोबर्टोको गल्तिका कारण बेहोरेको थियो । स्पेनले भने केही अवसरमा गोल गर्न नसक्दा हार बेहो¥यो । बिहीबार नै भएको लिग ‘ए’ को खेलमा बेल्जियमले ब्रसेल्समा आइसल्यान्डमाथि २–० को जित निकाल्यो । बेल्जियमको जितमा मिची बात्सुयीले दुई गोल गरे । बेल्जियम फाइनलमा पुग्न आइतबार स्विट्जरल्यान्डको खेलमा बराबरीको नतिजा भए पुग्नेछ । बोस्निया एन्ड हर्जगोभिनाले अस्ट्रियासँग गोलरहित बराबरी खेल्दै लिग ‘ए’ मा पुगेको छ ।
प्रतिक्रिया