आगामी मंसिरमा मोरङ खुुला दिसामुुक्त हुुने

विराटनगर । आगामी २० मंसिरमा मोरङ जिल्लालाई खुला दिसामुुक्त जिल्ला घोषणा गरिने भएको छ ।

खुुला दिसामुुक्त क्षेत्र घोषणा हुुन बाँकी नगरपालिका तथा गाउँपालिकाले १५ मंसिरभित्र खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने र त्यसपछि मंसीर २० गते मोरङ जिल्लालाई नै खुला दिसामुक्त जिल्ला घोषणा गरिन लागेको हो । विराटनगरमा शनिबार आयोजित जिल्लालाई खुला दिसामुक्त घोषणाका लागि सूक्ष्म कार्ययोजना गोष्ठीमा यस्तो जानकारी दिइएको हो ।

जिल्लाका १७ वटा स्थानीय तहमध्ये ११ वटा स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन् । त्यसमध्ये सुुनवर्सी नगरपालिका र धनपाल गाउँपालिका खुुला दिसामुुुक्त गाउँपालिका घोषणाको तयारीमा छ । दुुवै पालिकाका सबै वडा खुुला दिसामुुक्त वडा घोषणा भइसकेका छन् । ती नगरपालिका र गाउँपालिकाले दसैँलगत्तै घोषणा गर्ने तयारीमा जुुटेका छन् ।

विराटनगर महनगरपालिकाका केही वर्डा, रंगेली नगरपालिका कटहरी, बुढीगंगा तथा जहदा गाउँपालिका खुुला दिसामुुक्त घोषणा हुुन बाँकी छ । सो स्थानीय निकायका केही वडा मात्र खुुला दिसामुुक्त क्षेत्र घोषणा हुुन बाँकी छ ।

नेपाललाई खुुला दिसामुुक्त घोषणा गर्ने उद्देश्यले सन् २०११ देखि मोरङ जिल्लामा पनि यो अभियान सुुरु भएको हो । सन् २०१८ को अन्तसम्म नेपाललाई खुुला दिसामुुक्त घोषणागर्ने सरकारको योजना छ । एक नम्बर प्रदेशअन्तर्गत मोरङ र झापा जिल्ला खुुला दिसामुुक्त जिल्ला घोषणा हुुन बाँकी छन् ।

सन् २०१८ भित्र नेपाललाई नै खुला दिसामुक्त देश घोषणा गर्ने तयारीअनुरूप मोरङ जिल्लालाई मंसिर २० गतेभित्र खुला दिसामुक्त जिल्ला घोषणा गर्न लागिएको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले बताए ।

विराटनगर महानगरपालिका, रंगेली, सुनबर्सी नगरपालिका, कटहरी गाउँपालिका र जहदा गाउँपालिकालाई खुला दिसामुक्त क्षेत्र घोषणा गर्न बाँकी छ । मोरङ जिल्लामा २ हजार ५ सय २५ घरधुरीमा चर्पी निर्माण भएको छैन । जस मध्ये कटहरी गाउँपालिकामा मात्र १६ सय घरमा चर्पी निर्माण भएको छैन ।

गोष्ठीमा सहभागि भएका जनप्रतिनिधिले १५ मंसिरभित्र नै आ–आफ्नो स्थानीय तहलाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामत, जहदा गाउँपालिका उपाध्यक्ष सालोदेवी साह, सुनबर्सी नगरपालिकाका मेयर कालिप्रसाद दास, रंगेली नगरपालिकाका कार्यकारी अधिकृत सुरेन्द्र थापा मगर र बुढिगंगा गाउँपालिका अध्यक्ष बालचन्द माझीले २० मंसिरमा जिल्लालाई खुुलादिसा मुुक्त क्षेत्र घोषणा गर्न सामुहिक प्रतिबद्धता व्यक्त गरेका थिए । वुुढिगंगा गाउँपालिकामा १ सय २५ घरमा मात्र चर्पि बनाउन बाँकी रहेकाले आगामी एक महिनामा सबैको घरमा चर्पी हुुने माझीले बताए ।

सन् २०१८ को डिसेम्बर महिनाभित्र नेपाललाई नै खुला दिसामुक्त घोषणाका लागि तयारी तिब्र पारिएको खानेपानी तथा ढल निकास विभागका उपमहानिर्देशक मनोज घिमिरेले जानकारी दिए । त्यसका लागि काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको कार्यक्रमको आयोजना गर्न लागेको उनले वताए ।

६० वटा जिल्लालाई खुला दिसामुक्त घोषणा गरिएको बताउँदै उनले बाकी जिल्लाहरू पनि अन्तिम चरणमा पुगेको जानकारी दिए । सातवटा प्रदेशमध्ये ४, ६ र ७ नम्वर प्रदेश खुुला दिसामुुक्त प्रदेश घोषणा भइसकेका छन । यसैगरी, २ सय ९३ नगरपालिका र ४ सय ६० गाउँपालिकासमेत खुुला दिसामुुक्त क्षेत्र घोषणा भइसकेको सो अवसरमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया