काभ्रे एक, चिनारी अनेक

आफ्नो मातृभूमिबारे जो कोहीले पनि जति नै लेखे, बोले पनि त्यो कमी नै हुन्छ । किनकि, मातृभूमिको बारेमा व्याख्या गर्दै जाँदा अन्त्यमा पूर्णविराम दिँदा पनि अझै केही कमी भयो कि, भन्ने महसुस हुन्छ । विशेषताको दृष्टिले काभ्रे जिल्ला अाफैँ मा धनी छ । धार्मिक, सांस्कृतिक तथा कृषि उपजले यो जिल्ला नेपालभर नै प्रख्यात छ ।

यस जिल्लामा त्यस्ता ठाउँ छन् जसले नेपाललगायत विदेशमा समेत चिनारी गराएको छ । काभ्रेको तेमाल यतिवेला विश्वमाझ परिचित छ । यहाँ उत्पादन हुने बुद्धचित्तको खेतीले यो सम्भव भएको हो ।

त्यस्तै पर्यटकीय हिसाबले धुलिखेल, पलाञ्चोक भगवती, नमोबुद्धलगायतले पनि विश्वसामु चिनाउने काम गर्दै आएको छ । यहाँका तामाङ, मगर अनि नेवारी संस्कृतिहरूले आफ्नै सांस्कृतिक महत्व बोकेको छ । सामुदायिक सद्भाव मेलमिलाप र सहिष्णुताको सवालमा पनि उत्तिकै अब्बल मानिन्छ, काभ्रे जिल्ला ।

समग्र जिल्लाको भौगोलिक आर्थिक, सांस्कृतिक, राजनीतिक, साहित्यक, धार्मिक अवस्थाबारे जानकारीबाट यस जिल्लाको परिचय सुरु हुन्छ। यस जिल्लामा सात गाउँपालिका र ६ वटा नगरपालिका छन् । निर्वाचन क्षेत्रअनुसार प्रतिनिधिसभा दुई र प्रदेशसभामा चार क्षेत्र छन् ।

जिल्लाको कुल क्षेत्रफल १ हजार ३ सय ९६ वर्ग किलोमिटर र जिल्लाको कुल जनसंख्या ३ लाख ८१ हजार ९ सय ३७ भौगोलिक उचाइ २ सय मिटरदेखि ३ हजार १८ मिटरसम्म फैलिएको छ । हावापानीको हिसाबले ठण्डा समशीतोष्ण, न्यानो समशीतोष्ण र उष्ण गरी तीन किसिमको हावापानी यस जिल्लामा पाइन्छ ।

पर्यटकीय महत्वका क्षेत्रहरूमा यस जिल्लामा पर्यावरणीय पर्यटन, कृषि पर्यटन, धार्मिक पर्यटन, शैक्षिक पर्यटन, साहसिक पर्यटन तथा होमस्टेका प्रशस्त स्थानहरू रहेका छन् । जसमध्ये केही उल्लिखित गर्न सकिन्छ । भूकम्पमा केही सम्पदामा क्षति पुगे पनि पुनर्निर्माणको गति तीव्र छ । यहाँका सम्पदाहरूमा धुलिखेल, पनौती क्षेत्र, नमोबुद्ध, काशीभन्ज्याङ, नगरकोट, दोलालघाट, पलाञ्चोक भगवती, नारायणस्थान तेमाल, चौवास, बेथानचोक नारायणस्थान, सुनकोसी–इन्द्रावती रोसी नदीलगायत छन् ।

पर्यटकीय पदमार्गहरूमा धुलिखेल–गोसाईंस्थान, धुलिखेल–देवीस्थान, साँगा–वासुकी वन, चिसापानी–नगरकोट, धुलिखेल–नमोबुद्ध–पनौती, धुलिखेल–पाँचखाल–पलाञ्चोक, पनौती–कुशादेवी–फूलचोकी, दुम्जा–मच्छेनारायणस्थान, धुलिखेल–गोसाइँस्थान–रविओपी–नाला–नगरकोट पर्दछन् ।

पर्यटकीय पूर्वाधारहरूमा स्टार, डिलक्स, स्टान्डर्ड तथा इकोनोमिकस्तरका लगभग सयको हाराहारीमा होटल, लज तथा रिसोर्ट छन् । धार्मिक पर्यटन स्थलहरूमा पलाञ्चोक भगवती, चण्डेश्वरी, नमोबुद्ध, इन्द्रेश्वर महादेव, धनेश्वर महादेव, नारायणस्थान मन्दिर, लड्केश्वर महादेव, ब्रह्मायणी, रंगनाथ मन्दिर, गोरखनाथ, शैलेश्वर गोसाईंस्थान, आशापुरी महादेव, घ्याङ्थली गुम्बा र गौखुरेश्वर पर्दछन् ।

सांस्कृतिक महत्वका पूजा, जात्रा तथा मेलाहरू सनातन कन्या पूजा (बनेपामा १ सय १३ वर्षदेखि मनाउँदै आएइको छ), १२ वर्षमा लाग्ने मकर मेला (पनौती), पनौती जात्रा, (ज्याः पुन्हि) नवदुर्गा जात्रा (पनौती÷धुलिखेल), १२ वर्षे हरिसिद्धि मेला, (धुलिखेल÷पनौती) जनै पूर्णिमामा लाग्ने शैलेश्वर गोसाईंस्थान मेला,

(बनेपा) वैशाख पूर्णिमामा लाग्ने चण्डेश्वरी जात्रा, (बनेपा) विस्केट जात्रा, (श्रीखण्डपुर र साँगा) पलाञ्चोक भगवती जात्रा, (साठीघर) दुग्धेश्वर महादेवस्थानमा लाग्ने राँँके जात्रा, (पाँचखाल) हरिबोधनी एकादशीमा लाग्ने लड्केश्वर महादेव जात्रा (बल्थली) लगायतका छन् ।

जिल्लाको विकासको गतिविधिहरूमा व्यावसायिक तरकारी, दूध तथा दुग्धजन्य पदार्थहरू, पोल्ट्री व्यवसायमा आत्मनिर्भर, जिल्लामा वनले ढाकेको क्षेत्र बढी भएकाले गैरकाष्ठजन्य उत्पादनहरू, पर्यटन विकासको प्रशस्त सम्भावना, शैक्षिक क्षेत्रमा देशकै अग्रणी विश्वविद्यालय रहेकाले शैक्षिक क्षेत्रको रूपमा विकास गर्न सकिनेछ ।

जलविद्युत् सौर्य तथा तापीय ऊर्जाको विकास, शिक्षा क्षेत्रहरूमा काठमाडौं विश्वविद्यालय नै धुलिखेलमा रहँदै आएको छ ।भने, जिल्लामा २१ वटा क्याम्पस सामुदायिक तथा निजी विद्यालय ८ प्रतिशत (पुरुष ७९ दशमलव ५९ प्रतिशत र महिला ६० दशमलव ९२ प्रतिशत) छन् ।

यस्तै, स्वास्थ्य क्षेत्रहरूमा सरकारीस्तरका अस्पताल (१५ शय्याको) एक प्राथमिक स्वास्थ्य केन्द्र चार स्वास्थ्यचौकी २५ उपस्वास्थ्यचौकी ६४ प्रसूति केन्द्र, ४१ निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरूमा धुलिखेल अस्पताल, शिर मेमोरियल अस्पताल, बनेपा कृष्णप्रसाद अस्पताल, बनेपा एचआरडिसी त्यस्तै, उग्रतारा जनागाल, स्पाइनल इन्ज्युरी पुनःस्थापना केन्द्र, जनागाल बनेपा अस्पताल, सत्यसाई अस्पताल, बनेपा भैरव अस्पताल र पनौती छन् ।

कृषि क्षेत्रमा कृषि उपजको क्षेत्रफल ३९ हजार ७ सय ७ दशमलव तीन हेक्टर कृषि बजार केन्द्रहरू ४८ वटा दूध उत्पादन (दैनिक) २ लाख ३४ हजार ३२ सय लिटर दूध उत्पादन (वार्षिक) ८७ हजार ९ सय ८४ दशमलव ७८ मेट्रिक टन, दूध उत्पादक सहकारी संस्था २ सय ७० वटा मासु उत्पादक संस्था त्यस्तै, ६ हजार ६ सय ९१ दशमलव ३१ मेट्रिक टन उत्पादन हुने पोल्ट्री फर्म ४० वटा (दर्ता भएका) नभएका सयभन्दा धेरै छन् ।

प्रमुख कृषिबालीहरूमा खाद्यान्न तथा अन्यबाली धान, मकै, गहुँ, कोदो, जौ, फापर, आलु, उखु, भटमास, दलहनबाली, तेलहनबाली लगायतका छन् । तरकारी तथा बागवानीतर्फ फलफूल तथा मसला सुन्तला, आँप, केरा, अन्य फलफूल, मसला, चिया र कफी लगायतका छन् । पूर्वाधार विकासको सन्दर्भमा काभ्रेको डाँडापारिको दुई गाउँपालिका महाभारत र खानीखोलामा साधाराण मोटर बाटो, बिजुली र सञ्चारसमेत पुग्न सकेको छैन ।

यता प्रमुख दुई राजमार्ग अरनिको र बिपीले मित्रराष्ट्र चीन र भारतसँग प्रत्यक्ष जोडिने राजमार्ग सडक लम्बाइ १ हजार ६ सय ९२ दशमलव तीन किमी कालोपत्रे रहँदै आएको र जसमा ३ सय ३ दशमलव ९ किमी रहेको छ । भने ग्राबेल १ सय ८८ दशमलव पाँच किमी र धुले १ हजार १ सय ७२ दशमलव ९ किमी छ ।

विद्युत् तथा ऊर्जा २ दशमलव ४ मेगावाटको पनौती, जलविद्युत् केन्द्र, लघु जलविद्युत्बाटमा ८ सय ९ दशमलव १२ किलोवाट र तारसहितको टेलिफोन सेवा कुल क्षमता ८ हजार ८ सय ७६ टेलिफोन सेवाको कभरेज १ दशमलव ४८ प्रतिशत, हुलाक सेवामा जिल्ला हुलाक एउटा इलाका हुलाक १२ सहित अतिरिक्त हुलाक ६० छन् ।

जिल्लामा सञ्चारतर्फ स्थानीय एफएम रेडियो सेवा ६, टेलिभिजन एक अनलाइन ६ वटा, स्थानीय पत्रपत्रिका ५९ (नियमित सञ्चालनमा २० वटा) छन् ।  वित्तीय सेवा प्रदायक निकायहरूमा वाणिज्य बैंक १४ वटा केन्द्रीय कार्यालय भएका विकास तथा लघुवित्त बैंकहरू आठ वटा शाखाको रूपमा क्रियाशील विकास बैंक तथा लघुवित्त बैंकहरू १३ वटा, फाइनान्स कम्पनी सात वटा इन्स्योरेन्स कम्पनी १४ वटा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त सहकारी तीन र सहकारी संस्था १ हजार १ सय ८० रहेका छन् ।

भने, विदेश निर्यात हुने उत्पादन तथा उत्पादक वस्तुहरूमा मायोज चाउचाउ, हिमालयन स्न्याक्स एन्ड नुडल्स प्रालि (हाल बन्द) जडीबुटी बिरुवा डावर नेपाल, पाउँ÷अचारमा बुद्ध पाउँ उद्योग, र कफी तथा चिया रेशमखेती तथा कागज कारखानाहरू रहँदै आएका छन् ।

साहित्य, कला र संगीतको क्षेत्रमा पनि काभ्रेले आफ्नो पहिचान बनाएको छ । बोधिचित्त माला चीन र भारतलगायतका देशहरूमा निर्यात हुँदै आएको छ । पछिल्लोसमय देशैभरि जटिल सवाल बनेर आएको प्रदेशको राजधानीको विषयमा काभ्रेमा विभिन्न संघ÷संस्था र पार्टीहरूले संयुक्त र विभिन्न मागहरू केन्द्रसमक्ष बुझाउँदै आएका छन् ।

काभ्रे पछिल्लो समय प्रदेश नं–३ को राजधानी हुने विषयमा मौनजस्तो देखिए पनि राष्ट्रियस्तरका नेताहरूकै मुखबाट काभ्रे नै राजधानी बन्न उपयुक्त भएको भन्दै पहल गर्ने बताउँदै आएका छन् ।

काभ्रे जिल्लाको पूर्वमा रहेका सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, जोडिएको छ भने मकवानपुर, उपत्यकाका तीन जिल्ला र ती जिल्लासँग जोडिएका नुवाकोट, धादिङ, रसुवा, चितवनलाई समेत पायकपर्ने र सुविधाका हिसाबले समेत काभ्रे जिल्ला केन्द्रमा पर्ने देखिन्छ ।

अझ राजधानीको वैकल्पिक राजधानीका रूपमा पनि काभ्रेलाई लिन सकिन्छ । राजधानीको बढ्दो जनघनत्व, खानेपानी तथा फोहोरमैला व्यवस्थापनमा असहजता, बस्ती विस्तारजस्ता राजधानीका असुविधालाई काभ्रे जिल्लाले पूरा गर्न सक्छ । त्यसकारण पनि राजधानीमा अर्काे राजधानी थपिनु हुँदैन भन्ने तर्कअगाडि सारिँदै आएको छ ।

यता देशले साँच्चै दुई छिमेकी मुलकसँग आफ्नो सम्बन्ध सन्तुलन गर्न कूटनीतिक हिसाबले पनि काभ्रे प्रदेशको राजधानी हुँदा चीनसँगको सहयोगले यस वरपर रहेका छिमेकी जिल्ला र केन्द्रीय राजधानी काठमाडौंलाई धेरै टेवा पुग्ने देखिन्छ । (लेखक काभ्रे जिल्ला संवाददाता हुन्)

प्रतिक्रिया