पशुपति आर्यघाटमा छोराको पार्थिव शरीर खरानी बन्दै गर्दा गणेशबहादुरले मन थाम्न सकेनन् । दुनियाँमा यस्ता कुनै बाबु हुँदैन, जसले छोराको लास आफ्नैअघि खरानी भएको हेर्न सकोस् । आमा चमेलीको अवस्था झन् बेहाल थियो ।
शिवराज भण्डारी अभागी बाबु जो मलेसियाबाट काठमाडाैँ आई सिधै छोराको चितामा आगो लगाउन आर्यघाटमा पुगे । यो स्तम्भकार सोही बाटो हुँदै हिँड्दै थियो । यसको कानले निशान खड्काको शव ल्याएको खबर थाहा पायो पटक्कै मन मानेन अनि पशुपतिभित्र छिरे । पशुपति आर्यघाटमा भित्र (गत बिहीबार) कारुणिक दृश्य थियो ।
भर्खरै फक्रदै गरेको कलिलो नमुना बालकलाई आर्यघाटको चितामाथि राखिँदै थियो । भए जति सबै आफन्तको आँखाबाट आँँसुका धारा बगिरहेका थिए । मानाैँ आर्यघाट नै अँध्यारोजस्तो धपक्क निभेको आभास हुन्थ्यो । जुन दृश्यले देख्नेको समेत आङ सिरिङ्ग हुन्थ्यो । सिन्धुपाल्चोक ज्यामिरेका गणेशबहादुर खड्का आफ्नो ११ वर्षे छोरा निशान खड्काको मृत्यु भएको चार दिनपछि परदेशबाट काठमाडौं आए ।
उनी बिहीबार अपरान्ह मलेसियाबाट काठमाडौं ओर्लिएका थिए। छोरा निशानको भविष्यका लागि मलेसियामा रोजगारका लागि गएका गणेशले घटनाको जानकारी पाए पनि तत्काल आउन पाएनन् । त्यहाँसमेत उनी मन बाँधेर बसे । खड्काको सपना थियो, छोरा निशानलाई ‘ठूलो मान्छे’ बनाउने ।
एउटा मात्रै छोरा निशानको उज्यालो भविष्यका लागि उनी विगत तीन वर्षदेखि मलेसियामा रगत र पसिना बगाइरहेका थिए । विडम्बना ! उनको सपनाको जहाज सुरक्षित अवतरण हुन पाएन । तर, आफ्नै नियतिजस्तो गह्रुँगो मन बोकेर उनी चढेको जहाज भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित आइपुग्यो । र, गणेश एअरपोर्टबाट सिधै आर्यघाट पुग्नुपर्ने नियतिको भागिदार बने ।
अपहरणकारीले विभत्स हत्या गरेका निशानको शव सोमबारदेखि शिक्षण अस्पतालमा थियो । उनका मावलीहरूले बिहीबार शव बुझे । अस्पतालबाट शव पशुपति आर्यघाट लगियो । पशुपति आर्यघाटमा छोराको पार्थिव शरीर खरानी बन्दै गर्दा गणेशबहादुरले मन थाम्न सकेनन् । दुनियाँमा यस्ता, कुनै बाबु हुँदैन, जसले छोराको लास आफ्नै अघि खरानी भएको हेर्न सकोस् । आमा चमेलीको अवस्था झन् बेहाल थियो ।
आर्यघाटमा गणेश मात्र होइनन्, उपस्थित सबैका आँखा ओभाना रहेनन् । हजुरबुबा दुर्गाबहादुर खड्काले निशानको शवमा दागवत्ती दिए । आमा चमेलीलाई सम्हालिन पनि गाह्रो परेको थियो । उनलाई केही आफन्तहरूले सम्हालिराखेका थिए । आर्यघाट पुग्दा निशानका बाबुले यसरी पीडा पोखे कि, त्यो सुन्दैमा सकसपूर्ण थियो ।
गत फागुनमा ४० दिनको बिदामा नेपाल आएर १३ चैतमा मलेसिया फर्किंदा छोरालाई खेलौना, कपडादेखि धेरै सामान ल्याइदिउँला भनेर बिदा भएका बाबु त्यही छोराको शव हेर्नुपर्दाको पीडा देख्नेलाई पनि निकै कठिन भएको थियो ।
रित्तो हातमा परिवार भेट्ने उत्साहलाई मार्दै एउटै मात्र छोराको सतगद्का लागि आर्यघाट पुगेका गणेशले छोराको अनुहार एक झलक हेरेपछि दोहो¥याएर फेरि हेर्न सकेनन् । उनी भक्कानिएर आमा चमेली, हजुरबुबा जयबहादुर, मामा, आफन्त, छिमेकी, स्कुलका शिक्षक, शिक्षिकाको शोक र रुवावासीको दृश्यले आर्यघाट शोकमग्न बन्यो ।
आमा चमेली वेलावेलामा बेहोस भएकी थिइन् भने आफन्तले व्यक्त गरेका रोदन र वेदनालाई हेर्न निकै कठिन देखिन्थ्यो ।नातिको हत्याको खबर पाएर भोलिपल्ट मेलम्चीबाट काठमाडौं आएका ५२ वर्षीय हजुरबुबा जयबहादुर खड्काले नातिलाई दागबत्ती दिँदा उनलाई मन थाम्न निकै गाह्रो भयो । बालक निशानको शव जलिरहँदा आर्यघाटको दृश्य निकै कारुणिक बन्यो ।
बालकको मुखमा रुमाल र प्लास्टिक कोचिएको, हात र खुट्टा बाँधिएको, घाँटीमा रुमालले कसेको, करिब तीन फिटको खाडलमा टाउको तल बनाएर हातखुट्टा र जिउलाई एउटै डल्लो बनाएर विभित्स तरिकाले पुरिएको अवस्थामा प्रहरीले शव झिकेको प्रहरी र स्थानीय प्रत्यक्षदर्शीले बताए ।
हाइल्यान्ड इंग्लिस स्कुलमा कक्षा ६ मा अध्ययनरत निशानका मामा मीनप्रसाद सापकोटा दाहसंस्कार गरेर फर्किए पनि बालकका आमा चमेली, बाबु गणेश, दुई दिदीलगायत आफन्तलाई सम्हाल्न र सम्झाउन निकै गाह्रो भएको छ । त्रिवि शिक्षण अस्पतालबाट निशानको शव अन्त्येष्टिका लागि पशुपति आर्घाटमा पुर्याइँदा ठूलो संख्यामा सर्वसाधारण र आफन्तको भिड लागेको थियो । अपहरणकारीले आइतबार राती निशानलाई भक्तपुरको ठिमीमा हत्या गरेका थिए।
उनको हत्यामा संलग्न दुई अपहरणकारी प्रहरी इन्काउन्टरमा मारिएका थिए। राजधानीमा ११ वर्षीय बालक निशान खड्कालाई अपहरण र हत्या गर्ने दुई युवक प्रहरीसँगको मुठभेडमै मारिएका हुन् या होइनन् भन्नेमा शंका उव्जिएको छ। पेप्सीकोला टाउनबाट आइतबार अपहरणमा परेका निशानको हत्या भएको पुष्टि सोमबार भएको थियो । त्यो एसएमएस !
अपहरणकारीबाट बालकलाई बचाउन भन्दै प्रहरी परिसर काठमाडौंले चालेको एउटा कदम पनि शंकाको घेरामा परेको छ । फिरौती माग्न अपहरणकारीले प्रयोग गरेको मोबाइल नम्बर पाउनेबित्तिकै प्रहरी परिसर काठमाडौंको आधिकारिक नम्बरबाट अपहरणकारीको मोबाइलमा एउटा सन्देश पठाइएको थियो ।त्यसलगत्तै अपहरण र हत्यामा संलग्न भनिएका गोपाल तामाङ र अजय तामाङ प्रहरीसँगको मुठभेडमा मारिएको दाबी गर्दै महानगरीय प्रहरी अपराध महाशाखाले विज्ञप्ति जारी गरेको थियो ।
सूर्यविनायक नगरपालिका–८ पाइलट बाबा आश्रम जाने जंगलमा अपहरणकारीले प्रहरी टोलीमाथि गोली प्रहार गर्न लाग्दा आत्मरक्षाका लागि चलाएको गोली लागि उनीहरूको मृत्यु भएको महाशाखाको दाबी छ । अपहरणकारीलाई नियन्त्रणमा लिन नसकी गोली नै चलाउनुपर्ने अवस्था कसरी आयो भन्ने प्रश्न अनुत्तरित छ । नगदेशस्थित डेराबाट उनीहरू कसरी त्यहाँसम्म पुगे भन्ने प्रश्नको पनि प्रहरीले उत्तर दिएको छैन ।
१. अपहरणकारीलाई नियन्त्रणमा लिन नसकी गोली नै हान्नुपर्ने अवस्था कसरी आयो ?
२. नगदेशस्थित डेराबाट अपहरणकारी कसरी पाइलट बाबा आश्रम जाने जंगलसम्म पुगे ?
३. प्रहरीले १९ राउन्ड फायर गर्दा अपहरणकारीका तर्फबाट एक गोली पनि फायर भएन?
४. अपहरणकारीलाई पक्राउ र कुटपिट गरेपछि प्रहरीले कहाँ लिएर गयो ?
५. कति दूरीबाट गोली हानियो र शरीरको कुन–कुन भागमा लाग्यो ?
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार मारिएका अपहरणकारीलाई प्रहरीको ७ गोली लागेको छ । प्रहरीले १९ राउन्ड फायर गरेको थियो भने अपहरणकारीका तर्फबाट कुनै फायर भएको छैन । प्रहरीले त्यसपछि ती दुई जनालाई कहाँ लिएर गयो भन्नेबारे केही बताएको छैन । प्रहरीले अपहरणकारी बस्ने घरधनीसँग पनि कुराकानी गरेको देखिन्छ ।
नगदेशकै एक स्थानीयले प्रहरीले अपहरणकारीबाटै सूचना लिएर बालकको शव फेला पारेको दाबी गरे । अपहरणका क्रममा गोपाल तामाङले बोक्ने फोन प्रयोग भएको थियो । गोपालको पुरानो सिमको सिडिआर हेर्दा उनले पछिल्लो एक महिनामा सबभन्दा धेरै ३३ पटक एउटै नम्बरमा फोन गरेको देखिन्छ ।
अर्को एउटा नम्बरमा भने उनले यही अवधिमा १६ पटक फोन गरेका थिए । अपहरणकारी बारम्बार सम्पर्कमा रहेका विभिन्न नम्बरबाटै महाशाखाले उनीहरू बस्ने डेरा पत्ता लगाएको थियो । बिहान आठ नबज्दै सिडिआर पाएको महाशाखालाई अपहरणकारीको डेरा पहिल्याउन एक घण्टा जति लागेको थियो ।
प्रतिक्रिया