कोपन हेगेन । बढ्दो गर्मीका कारण अहिले संसारका अधिकांश देशहरू हैरान छन् । अहिले यस्तो देशमा पनि तापक्रम बढिरहेको जहाँ यसअघि मौसम चिसो रहन्थ्यो । यस्तै, एउटा समाचार नर्वेबाट आएको छ । त्यहाँ गर्मी बढेर विगत ७१ वर्षको रेकर्ड तोडेको छ । जबकी अहिले त्यहाँको तापक्रम १४ दशमलव ४ डिग्री सेल्सियस रहेको छ, तर यहाँको हिसाबले यो निकै बढी हो ।
बढ्दो गर्मीको कारण अहिले नै कसैलाई थाहा छैन । नर्वे मौसम विभागले त्यहाँका जनताका लागि सूचना जारी गरेको छ । सूचनामा आगामी दिन यसरी नै तापक्रम बढ्दै ३० डिग्रीसम्म पुग्न सक्ने बताइएको छ । नर्वेको हिसाबले यो कुनै पनि अवस्थामा सामान्य कुरा होइन ।
नर्वेको आगो नियन्त्रण विभागले मानिसलाई खुल्ला ठाउँमा आगो नबाल्न सल्लाह दिएको छ । तर, यसको कारण भने सुकेका जंगल रझाडीका कारण सल्लाह दिएको बताइन्छ । यस्तै, चेतावनी जर्मनीले पनि जारी गरेको छ ।
प्रतिक्रिया