कांग्रेस केन्द्रीय समिति बैठक मंगलबारदेखि

काठमाडौं, १५ जेठ । मुलुकको पछिल्लो परिवर्तित राजनीतिक अवस्थाका बारेमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
पार्टी कार्यालय सानेपामा मंगलबारदेखि शुरु हुने बैठकमा संविधानसभा विघटन र नयाँ संविधानसभा निर्वाचनका बारेमा छलफल हुने कांग्रेसले जनाएको छ । बैठक विहान ८ बजे पछि बस्ने छ ।
बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवाको सहभागिता हुने वा नहुने भन्ने बारेमा केही बताईएको छैन । देउवा समूहले आन्तरिक विवाद मिलाउन दबाव दिदै केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएको छ ।

प्रतिक्रिया