एजेन्सी । बेलायती राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलको विवाह समारोह विन्ड्सरस्थित सेन्ट जोर्जेज च्यापलमा शनिबार हुँदै छ ।
राजधानीदेखि झन्डै ३० किलोमिटर पश्चिम विन्ड्सरमा भब्य समारोहका बीच ह्यारी र मेगन विवाह बन्धनमा बाधिन लागेका हुन् । यी जोडीको विवाहमा ५ लाख पाउण्ड खर्च हुने अनुमान गरिएको छ भने विवाह समारोहमा ६ सय पाहुनालाई निम्तो दिईएको छ ।
मेगन मार्कल आफ्नी आमासहित रोल्स रोयल गाडीमा विवाह स्थलमा पुगेकी थिइन् । सेन्ट जोर्जेज च्यापलमा उनलाई हृयारीका पिता युवराज चाल्र्सले हाड डोर्याएर भित्र लगे । हृयारी भने दाइ विजियमसँग पुगेका थिए ।
बेलायतको सेन्ट जर्ज च्यापलमा आयोजना हुने विवाह समारोहको झलकका लागी विन्ड्सर सडकमा सर्वसाधारणको भिड लागेको बीबीसीले जनाएको छ ।
तेत्तीस वर्षीय राजकुमार ह्यारी र ३६ वर्षीया मार्कल सन् २०१६ को जुलाई महिनादेखि प्रेमसम्बन्धमा थिए । विवाह समारोहमा कुनै पनि राजनीतिक ब्यक्तिलाई निम्तो दिईएको छैन । बेलायती शाही नियम विपरितकी मेगन अफ्रिकी अमेरिकी मुलकी महिलाकी छोरी हुन् भने क्याथलिक ईसाई समेत हुन् ।
पहिलो श्रीमानसँग सम्बन्ध विच्छेद गरेकि मेगनलाई बेलायती शाही परिवारको आधुनिक बुहारी भनिएको छ ।
प्रतिक्रिया