अबको मस्ती रणवीरसँग


मुम्बई : बलिउड नायिका सोनाक्षी सिन्हाले नायक रणवीर कपुरसँग मस्ती गर्ने भएकी छन् । निर्देशक अभिनव कश्यपको दोस्रो चलचित्र कारनामामार्फत यी नायकनायिकाले काँचको पर्दामा मस्ती मार्ने भएका हुन् । प्रेमकथामा निर्माण हुन लागेको चलचित्रमा रणवीरको जोडीका रूपमा कश्यपले सोनाक्षीलाई छानेका छन् । उनले भने, ‘स्क्रिप्टअनुसार यी दुईको जोडी फिट हुने किसिमको छ, सोनाक्षीले यो स्क्रिप्टमा सन्तुलन बनाउन सक्छिन् ।’ चलचित्रको अधिकांश सुटिङ दिल्लीमा हुने भएको छ । नायक रणवीर अहिलेसम्मको फिल्मी करियरमा सुटिङकै लागि भनेर लामो समय दिल्ली बस्न लागेको यो पहिलो भएको एजेन्सीले उल्लेख गरेको छ । (एजेन्सी)

प्रतिक्रिया