शान्तिकामी महामानव गौतम बुद्ध
‘अशिक्षा, गरिबी, हिंसा, विभाजनबाट प्रताडित विश्वसामु २५ शताब्दीअगाडि सिद्धार्थ गौतमले प्रस्तुत गरेका विचारहरू वर्तमान समस्या समाधानका निम्ति अचुक मन्त्र बन्न सक्छन्, तर तिनको पालनामा भन्दा पाठ गर्नमा गौतम बुद्धको योगदानलाई सीमित गरिएको प्रतिक हुन्छ ‘
विश्वनाथ खरेल जुन भूमिबाट गौतम बुद्धले विश्व–शान्तिको लागि आफ्नो अभियान प्रारम्भ गरेका थिए, त्यहि भूमिमा आज शान्तिको कुनै आभाष छैन जुन सवै नेपालीहरूको लागि दुःख र आत्मा ग्लानीको कुरा हो । शान्तिका अग्रदूत भगवान् गौतम बुद्ध भन्नुहुन्छ –सज्जनको संसर्गबाट नै ज्ञान प्राप्त हुन्छ ।
यसै अनुरूप बुद्व भन्ने गर्नुहुन्थ्यो – राम्रो काम गर्नका लागि नै मानिसको जन्म भएको हो । अन्यथा पशुपंक्षीको जीवन र मानिसको जीवनमा के नै फरक भयो र ? मानिसलाई ईश्वरले राम्रो कामको लागि नै यस धर्तिमा पठाएका हुन् ।
राम्रो काम गर्नु र लोकको सेवा गर्नु प्रत्येक मानवको नैसर्गिक अधिकार र कर्तव्य हो । जगतको कल्याण एवं सुख प्राप्ति केवल अंहिसाबाट मात्र सम्भव छ । समयको मार्ग अपनाउने व्यक्ति नै महान हुन्छ ।
हिंसाको बाटो अपनाउने व्यक्तिले एकछिन चिन्ताको अनुभव गरे तापनि अन्ततः नासको फल कष्टप्रद नै हुन्छ । वैशाख पूर्णिमा वास्तवमै पावन दिन हो , जुन दिन महामानव गौतम बुद्धको जन्म बोधिज्ञान प्राप्त र महापरिनिर्वाण भएको थियो । यसरी तिनै योग एकै दिनमा परेका संसारमा विरलै पाइन्छन् ।
यस्तो अलौकिक शक्ति पाएका महामानव गौतम बुद्धको सम्झनामा विश्वले वैशाख पूर्णिमाको अवसरलाई बुद्वजयन्तीको रूपमा मनाउने गर्दै अएको छ । बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध राजा शुद्धोधनको एकमात्र छोरा थिए । यिनी कपिलवस्तु राज्यमा ईसापूर्व ५६३ वर्ष पहिले मायादेवीको कोखबाट जन्मेका थिए । यिनको नाम सिद्धार्थ थियो । यिनी शाक्य वंशका राजकुमार थिए । यिनी गरिब गुरुवा व्यक्तिहरूलाई कसरी उद्धार गर्न सकिन्छ भन्ने चिन्तन मनन अहोरात्र गरिरहन्थे ।
उनका पिताले आफ्नो छोराको संन्यासी रूप धारणा गर्ने सम्भावना देखेर २१ वर्षको उमेरमा यशोधरा नामकी एक राजकुमारीसँग विवाह गरिदिए । दश वर्षसम्म घर व्यवहारमा गृहस्थीको रूपमा जीवन बिताए । तीस वर्षको उमेरमा एउटा छोराको जन्म भयो । यसर्थ छोराप्रति माया र मोहको जालोले फसिएला भनेर मध्यरातमा आफ्नो घर छोडेर ज्ञानको खोजिमा हिँडे । संसारप्रति भोग विलासलाई परित्याग गरी एउटा ब्राह्मणको चेलो बने । उनी घुम्दैं फिर्दै बोधगया भन्ने ठाउँमा पुगे ।
वृक्षको बोटमुनि बसेर ६ वर्षसम्म कठोर तपस्या गरे । ज्ञान प्राप्त भयो । आफूले प्राप्त गरेको ज्ञानलाई सबैलाई सुनाउन हिँडे । यसै वेलादेखि गौतम बुद्धको नामले प्रख्यात भए । त्यसबेला उनको उमेर ३७ वर्षको थियो । शान्तिनायक गौतम बुद्धको आज विश्वमा जुन प्रतिष्ठा आर्जित भएको छ । त्यसबाट बौद्ध संस्कृति नेपालको गरिमा पनि उतिकै महान रहेको छ । भगवान् गौतम बुद्धले यस तपोभूमिको कुशिनगरलाई ८० वर्षको उमेरमा छोडेर गए ।
बुद्धका जीवनसित सम्बन्धित चार घाम – बद्रिनाथ, रामेश्वर, द्धारका र जगन्नाथ बौद्ध पावनस्थलहरू लुम्बिनी, बोधगया, ऋषिपटन, कुशिनगर छन् । उपर्युक्त चार स्थलहरूको पवित्रतामाथि जोड दिइनुमा पनि त्यहि नै आशय रहेको बुझिन्छ । यदि हामीले आफ्नो राष्ट्रलाई अक्षुण बनाइराख्नु छ भने पावनस्थलहरूको मनसा , कर्मणा आदर गरिनु नितान्त जरुरी छ ।बुद्धको ज्ञानबाट प्राप्त पाठहरू यस प्रकार छ – ‘संसारमा दुःखले भरिएको छ, दुःखनै कारण भएको छ, दुःखलाई निर्वहन गर्नुपर्छ, दुःखलाई निर्वहन गर्ने उपाय के हुन् ? आदि रहेका छन् ।
जगतको कल्याण एवं सुख प्राप्ति केवल अहिंसाबाट मात्र सम्भव छ । समयको मार्ग अपनाउने व्यक्ति नै महान हुन्छ । हिंसाको बाटो अपनाउने व्यक्तिले एकछिन आनन्दको अनुभव गरे तापनि अन्ततः त्यसको फल कष्टपद नै हुन्छ । सत्य भगवान् हो यो नै कीर्तिको मूलद्वार र स्वर्गद्वार प्राप्तिको बाटो हो । ज्ञान, दर्शन, राम्रो चरित्र र आत्मा नै शास्वत छ । अतः अहिंसा र संयमको अर्थ नै धर्म हो ज्ञान र कृपाको समन्वयबाट मोक्ष प्राप्त हुन्छ । कसैको निन्दा चर्चा वा अवहेलना कहिल्यै नगर्नु । ’ प्रत्येक साल वैशाख पूर्णिमा दिनलाई बुद्ध जयन्तीको रूपमा मनाइँदै आएको कुरा सर्वविदित्तै छ ।
यसवर्ष २५६२ औँ बुद्ध जयन्ती वैशाख १७ गते भव्यताका साथ मनाइएको छ । यस दिनलाई बुद्ध जयन्ती वा चण्डीपूर्णिमाको नामबाट चिनिन्छ । धर्तिमा महापुरुषको जन्म विरलै हुन्छ । यिनले विश्वमा सत्यको प्रतिष्ठापन हिसापूर्ण वातावरणको अन्त्य तथा शान्ति र समृद्धिपूर्ण विश्व समाजको स्थापनाका लागि जुन त्याग र बलिदानपूर्ण ओजस्वी भावना मुखरित गराउनुभएको थियो । त्यसकारण विश्वलाई पथ प्रदर्शनको बाटो देखाउने एक महामानवको सधैँ सम्झना गर्ने प्रण गरौँ ।
गौतम बुद्धको सन्देशहरूले फेरि पनि मानव जातिलाई अहिंसा, मित्रता र शान्तितर्फ लाग्ने प्रेरणा त दिए तर मानव समुदाय भने बुद्धबाट झन्झन् टाढिँदै गइरहेको झैँ लाग्छ । अशिक्षा, गरिबी, हिंसा, विभाजनबाट प्रताडित विश्वसामु २५ शताब्दीअगाडि सिद्धार्थ गौतमले प्रस्तुत गरेका विचारहरू वर्तमान समस्या समाधानका निम्ति अचुक मन्त्र बन्न सक्छन्, तर तिनको पालनामा भन्दा पाठ गर्नमा गौतम बुद्धको योगदानलाई सीमित गरिएको प्रतिक हुन्छ ।
अन्त्यमा भन्नुपर्दा शान्तिकामी महामानव गौतम बुद्ध भगवान् नै हुन । उहाँले सम्पूर्ण चराचरलाई नै यो कीर्तिको मूलद्वार र स्वर्गद्वार प्राप्तिको बाटो देखाउनुभएको हो । यसरी ज्ञान, दर्शन, राम्रो चरित्र र आत्मा नै शास्वत छ । अतः अहिंसा र सत्यको अर्थ नै धर्म हो, ज्ञान र कृपाको समन्वयबाट मोक्ष प्राप्त हुन्छ । यदि हामीले सबै रिस राग, हिंसालाई त्यागेर मनमा शान्ति लिने हो भने हामीलाई अवश्य पनि सुख प्राप्ति हुनेछ । बुद्वका यस्ता गहकिला उपदेशहरू शताब्दीयौँ शताब्दीसम्म पनि ताजा नै रहनेछन् ।
उनले दिएका त्यस्ता उपदेशहरू मानवकल्याणका लागि सधैँ नै उपयोगि सावित हुनेछन् । संसारमा दुःख हुन स्वाभाविकै भएजस्तै दुःखको कारण हुनु पनि स्वाभाविक हो । दुःख निरोधको उपाए खोज्न शान्तिप्रेमी गौतम बुद्ध सधैँ लागि नै रहे । उनका विचारहरू समयकालको सीमामा सीमित हुँदैनन् । उनका विचारहरू सर्वव्यापी छन् । अन्तमा गौतम बुद्धका सन्देशहरूले सदैव मानव जातिलाई अहिंसा, मित्रता र शान्तितर्फ लाग्ने प्रेरणा दिए तापनि मानव समुदाय भने बुद्धको सन्देशबाट झन्झन् टाढिँदै गइरहेको भान भैरहेको छ ।
आजको विश्व कहालीलाग्दो चपेटामा भासिन पुगेको छ, शान्तिको अग्रदूत गौतम बुद्धले दिएको ज्ञानलाई शिरोधार्य गर्ने हो भने पूरा विश्वनै सुन्दर नगरी शान्तिक्षेत्र बन्ने कुरामा कसैको पनि दुईमत नहोला । शीतयुद्धको समाप्तिपश्चात् विश्वमा शान्ति र मैतीपूर्ण सम्बन्ध विकसित हुने आशा गरिएको थियो । युद्ध र शस्त्रास्त्र होडबाजीको रोष, अशिक्षा, बेरोजगारी, खाद्यान्न अभाव जस्ता मानव चुनौतीको प्रतिकारको निम्ति अनुवाद हुनेछ भन्ने अपेक्षा गर्नु अस्वाभाविक पनि होइन । तर विश्वले अकै मोड लियो ।
समस्या समाधान हुनुको साटो झन् जटिल भएर देखिन थालेका छन् । सोभियत संघलगायत विश्वका कैयौँ देश विभाजित भए । तर , त्यसै सँगसँगै परिवारसमेत विभाजन भएका छन् । विभाजनको पीडा मात्र होइन, जातीय विखण्डन, सह–अस्तित्वमाथीको अविश्वासले हिंसाको रूप लिइसकेको छ । समस्या समाधानको निम्ति समयमै कदम चाल्न अन्तर्राष्ट्रिय संस्थासमेत प्रभावकारी हुन नसक्नाले टुटफुट र विभाजनले भित्री घाउको रूप लिन सम्भव भएको हो ।
प्रतिक्रिया