काठमाडौं, २४ माघ । संयुक्त विद्यार्थी संगठन (नेविसंंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारी) ले शिक्षण संस्थाहरुमा भएको अनियमितताको खवरदारी गर्ने भएका छन् ।
नेविसंंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त बैठकले अनुगमन गर्न २१ सदस्यीय समिति गठन गरेको छ । राजधानीमा बुधबार बसेको विद्यार्थी संगठनको बैठकले मापदण्ड र निर्देशन विपरित मेडिकल शिक्षामा भएको मनपरीतन्त्रलाई बैठकले निर्णय गरेका छन् ।
चर्को शुःल्क असुली रोकी अविलम्ब कारबाही प्रक्रिया अघि बढाउन भन्दै २१ सदस्यीय अनुगमन समिति गठन गरेको अनेरास्ववियुका प्रवक्ता सुदिप शर्माले जानकारी दिए ।
उक्त टोलीले युनिभर्सल मेडिकल (भैरहवा), चितवन मेडिकल कलेज, किष्ट मेडिकल कलेज (ललितपुर), गण्डकी मेडिकल कलेज (पोखरा), नेशनल मेडिकल कलेज (वीरगञ्जमा) अनुगमन गर्ने प्रवक्ता शर्माले जानकारी दिए ।
अहिलेसम्म कर नतिर्ने काठमाडौंका लिटिल एन्जल्स, डिएभी, जेम्स, रातो बंगला, आदर्श विद्या मन्दिर, ब्रिटिस स्कूल, युनाइटेड एकेडेमीलगायतका शिक्षण संस्थाबाट ६ दिनभित्र कर असुली गर्न सम्बन्धित निकायलाई आग्रह गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया