काबुल, १७ पुस । पूर्वी अफगान प्रान्त नान्नर्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट्स आइएस आतङ्ककारी समूहका पाँच लडाकू मारिएका विशेष सुरक्षा बलले सोमबार जानकारी दिएको छ ।
नान्गाहार प्रान्तको दिह बाला जिल्लामा अफगान विशेषबलले गरेको कारबाहीमा आइएसका पाँच आतङ्ककारी मारिएका र अन्य दुइजना घाइते भएका छन् ।
सोमबार अपरेसन कोडिसन ग्रुप अफगानिस्तान एओडिओसिनिएद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । अफगान सुरक्षा बल र नेटोआवद्ध सैनिकले आतङ्ककारी विरुद्ध हवाई कारबाही जारी राखेका छन् ।
यस द्वन्द्वग्रस्त देश अफगानिस्तानमा तालिवान र आइएस लडाकू समूहले आक्रमण गर्दै आएको पाइन्छ । अफगानिस्तानको नान्गाहार प्रान्तमा सन् २०१५ बाट आइएस आतङ्ककारी समूहको बलियो प्रभाव रहँदै आएको भन्ने गरिएको छ ।
प्रतिक्रिया