लिंग परिवर्तन गराउने अनौठो रोग !

दिल्ली । एक अनौठो गाउँ जहाँ किशोरावस्था हुनासाथ महिला बनिन्छन् पुरुष । डोमेनिकन रिपब्लिकमा एउटा यस्तो गाउँ छ जहाँ कयौं वच्चा अनौठो रोग लिएरै जन्मिन्छन् र १२ वर्ष नकाट्दै लिंग परिवर्तन हुन्छ ।

डोमिनिकन रिपब्लिकमा एउटा सानो गाउँ छ सेलिनास यहाँ जन्मने अधिकांश बच्चामा एक रहस्यमय रोग लाग्ने गरेको छ । यो अनौठो रोगका कारण महिलारूपमा जन्मेकाहरू १२ वर्ष लाग्दा नलाग्दै पुरुष हुन्छन् भने कोही पुरुष जन्मेका महिला हुन्छन् ।

यो रोगले यहाँका वासिन्दा हैरान छन् । यस्तो रोग लागेका वच्चालाई यहाँका वासिन्दाले घृणा गर्ने गरेका छन् । यस्ता वच्चालाई यहाँ ‘ग्वेदोचे’ नामले बोलाइन्छ, जसको अर्थ तेस्रो लिंगीलाई बोलाउँदा प्रयोग गरिने शब्दजस्तै हो ।

चिकित्सकहरूका अनुसार यस्तो रोग वंशानुगत खरावी हो र यसलाई स्थानीय भाषामा ‘सूडोहर्माफ्रडाइट’ भनिन्छ । यो रोगले महिलाका रूपमा जन्मिएका वच्चामा विस्तारै पुरुषको अंग बन्न थाल्छ र सँगै आवाजमा परिवर्तन हुन्छ । विस्तारै ती बच्चाको पूर्णरूपमै लिंग परिवर्तन हुन्छ ।

प्रतिक्रिया