लन्डन, ६ पुस । बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनले आफ्नो पदबाट राजिनामा दिएका छन् ।
उनले एकजना सरकारी अधिकारीले गर्न नहुने गरी आचारसंहिताको उल्लङ्घन भएको भनी गरिएको छानबीनमा दोषी पाइएपछि राजिनामा दिएका हुन् ।
ब्रिटेनका प्रधानमन्त्री टरिजा मेका निकटस्थ मानिने उपप्रधानमन्त्री डेमियनले दिएको राजिनामापछि यहाँको राजिनामा फेरि अर्को एउटा दुर्घटना निम्तिएको विश्लेषण पनि गर्न थालिएको छ ।
उनलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै केही वर्षयतादेखि अनुसन्धान गरिएको थियो । उनलाई सो अनुसन्धानले दोषी ठहरगर्दै बर्खास्त गर्नुपर्ने सुझाव दिएको थियो ।
सोही कारणले उनले राजिनामा दिएको समाचारमा उल्लेख गरिएको छ । उनको राजिनामा प्रधानमन्त्री मेले बिहीबार स्वीकृत गरेको बताइएको छ ।
उनले आफ्नो राजनीतिक दलका एकजना सहकर्मी महिलालाई दुव्र्यवहार गरेको र अश्लिल दृश्यहरु कम्प्युटरमा पठाएको आरोप लागेको थियो ।
सन् २००८ मा भएको भनिएको यस घटनामा उनीमाथि अनुसन्धकान भएको थियो ।
उनको कार्यालयको कम्प्युटरमा पाइएका यस्ता अश्लिल सामग्रीबाट नै यो प्रमाणित भएको बताइएको छ ।
तर उनले भने ती सामाग्रीबारेमा झुट्टो जानकारी दिएको एक अनुसन्धानको निष्कर्षमा देखिएको छ ।
ती सामाग्रहरुका अतिरिक्त उनले आफ्नै कन्जरभेटिभ दलकी एक जना महिलालाई पनि दुव्र्यवहार गरेको दाबी गरिएको थियो ।
त्यसबारेमा पनि उनीमाथि अनुसन्धान भइरहेको थियो । उपप्रधानमन्त्री डेमियन प्रधानमन्त्री टरिजा मेका एक निकटस्थ राजनीतिज्ञ हुन् ।
उनीहरुको मित्रता अक्सफोर्ड विश्वाविद्यालयमा सँगै अध्ययन गर्दादखि नै रहेको बताइन्छ ।
यतिखेर प्रधानमन्त्री मेले ब्रिटेन युरोपेली संघबाट बाहिरिने सहमति जुटाउनेलगायतका कैयौं चुनौतीका बारेमा विभिन्न कठिन वार्ताहरु गरिरहेका छन् ।
यसैबीचमा उनको राजिनामाले प्रधानमन्त्री मेलाई पनि समस्या पर्नसक्ने अनुमान गरिएको छ ।
तर यस विषयमा उनको भनाई भने केही आएको छैन । उता उपप्रधानमन्त्री डेमियनले पनि आफूले त्यस्तो कुनै गल्ती नगरेको बताएका छन् ।
त्यस विषयमा आफू दोषी नरहेको उनको दाबी छ । तर उनको यो राजिनामाले बेलायतको सरकारको वर्तमान स्थिरतामा भने कुनै चुनौती नदेखिएको अधिकारीहरुको भनाई छ ।
यसैबीच प्राप्त अर्को एक समाचारअनुसार बृटिश प्रधानमन्त्री टिरिजा मे बिहीबार पोल्याण्डको भ्रमणमा जान लाग्नुभएको छ ।
उहाँ बिहीबार युरोपेली युनियनसँग सम्बन्धित विषयमा वार्ताका लागि त्यसतर्फ जान लाग्नुभएको समाचारमा जनाइएको छ ।
प्रधानमन्त्री मे पछिल्लो समयमा युरोपेली युनियनबाट बेलायत बाहिरिने विषयमा युरोपका विभिन्न देशसँग वार्ता गर्दै छन् ।
प्रतिक्रिया