बौद्धिक अपाङता बालबालिकालाइ शैक्षिक सामाग्री वितरण

कृष्ण ओझा

पाँचथर, २० मंसिर । फिदिम नगरपालिका जोरसाल सुखबोध माविमा जनसेवा समाज पाँचथरले माविका नौ जना बौद्धिक बालबालिकाहरुलाई मंगलबार शैक्षिक सामाग्री वितरण गरेको छ ।

गुडबिल फाइनान्स लिमिटेड बैंकको करिब २० हजार सहयोगमा बाल बालिकाहरुलार्इ जाडोमा लगाउने सुइटर, टोपिलगायत शैक्षिकसामाग्री दिइएको हो । प्रजिअ लक्ष्मीदेबि हुमागाँईको प्रमुख आतिथ्यमा वितरण गरिएको हो ।

बालबालिकालार्इ डिएसपी बामदेव गौतम, हिमसिखर गुल्मका डिएसपी लोकेन्द्र भट्ट, महिलाविकास अधिकृत उर्मिला दाहाल, बाणिज्यसंघका गोविन्द ढकाल , बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष टंक श्रेष्ठ लगायतले सामाग्री हस्तान्तरण गरेका थिए ।

दश जना बौद्धिक आपाङता बालबालिकाहरुलार्इ सरकारले छात्रावृत्ति दिएको छ । बिद्यालयमा कम बौद्धिक अपाङता विद्यार्थी भएकाले छात्रावृत्ति रकम फिर्ता गरेका छन् । अभिभावकले बच्चाहरु विद्यालय पठाउन जोड दिनुपर्ने सरोकारवालाले जोड दिएका थिए ।

अपाङ्ग, सुष्तमनस्थितिका बालबालिकाहरुलार्इ परिचय पत्र दिएर उनीहरुको अधिकार र भविष्यलार्इ सबैले चासो दिनुपर्ने प्रजिअ लक्ष्मीदेवि हुमागाँर्इने सुझाइन ।

बिद्यालयलार्इ शैक्षिक क्षेत्रमा सुधार हुँदै गएको प्रअ पुष्प प्रसाद भण्डारीले बताए । २० रोपनि क्षेत्रफल भएको विद्यालयमा अङ्ग्रेजी माध्यमबाट कक्षा सञ्चालन गरेका छन् ।

प्रतिक्रिया