कलेजो प्रत्यारोपण, अब भयो सजिलो

drप्रो.डा. संजय सिंह नेगी
विश्वविख्यात कलेजो प्रत्यारोपण सर्जन, कलेज अफ मेडिकल साइनसेज, भरतपुर । बिएलके सुपर स्पेशियालिटी अस्पताल, नयाँ दिल्ली 

 

डा. सञ्जय सिंह नेगी BLK सुपर स्पेशियलिटी अस्पताल नयाँ दिल्लीमा Hepato Pancreatic Biliary  सर्जरी र कलेजो प्रत्यारोपण विभागका निर्देशक हुन् । पहिला नेगीले अतिरिक्त प्राध्यापकको रुपमा कलेजो र वाइलरी विज्ञान संस्थानमा नयाँ दिल्लीमा काम गरे जहाँ उनले सफल कलेजो प्रत्यारोपण मात्र गरेनन् बरु भारतको चिकित्सा परिषद्द्वारा मान्यता प्राप्त MCH डिग्री पाठ्यक्रम शुरु गरे । उनको सफल र उत्कृष्ट कामको कारणले आमन्त्रित वक्ताको रुपमा विभिन्न सभाहरुमा सहभागी हुनुका साथै सम्पादकीय वोर्डको सदस्यको रुपमा रहेका छन् । उनि कलेजो प्रत्यारोपण सम्बन्धी एक समिक्षक पनि हुन् । उनको योगदानलाई कदर गर्दै युरोपेली संगठनको प्रत्यारोपण सर्जरीमा मानार्थ उपाधीबाट सम्मान गरेको छ । उनलाई युरोपेली सर्जरीको सहयोगमा कामको कदर गर्दै HPB सर्जरीमा अन्तर्राष्ट्रिय Hepato Pancreatic to – Biliary  सर्जरी संगठन र युरोपेली सर्जरी वोर्डबाट पुरस्कृत गरिएको थियो । नेगी यस्तो पुरस्कार पाउने पहिलो भारतीय नागरिक हुन् ।

(प्रो.डा.संजय सिंह नेगी कलेज अफ मेडिकल साइन्सेज भरतपुरको भिजिटिङ्ग प्रोफेसर र बिएलके सुपरस्पेसियाटिली अस्पताल नयाँ दिल्लिमा कलेज प्रत्यारोपण सर्जनका रुपमा कार्यरत छन् । )

हाम्रो देशमा कलेजोको समस्या दिन प्रतिदिन बढीरहेको छ । नेपाल र भारतमा मृत्यु हुने २० प्रमुख कारणहरु मध्ये नवौं स्थानमा रहेको एक कारण लिभर (कलेजो)को समस्या पनि हो । चिकित्सा विज्ञानमा भएको नयाँ श्रोतद्वारा उपचार गर्ने प्रविधिले केही हदसम्म समस्या समाधान गर्न सजिलो भएको छ ।

मोटोपन, मधुमेह रोग, अनुचित आहार र सुस्त जीवनशैलिको कारणले कलेजोमा बोसो जम्मा हुन जान्छ जसको कारणले (जाँड रक्सी) ननअल्कोहलिक कलेजोको विरामी हुन सक्छ र कलेजो विग्रन जान्छ । कलेजोको समस्या कुनै पनि उमेरकोलाई हुन सक्छ ।

नवजात पीडित बच्चाहरुलाई हेपाटाइटिसले गर्ने जाँड रक्सी पिउने ३०/४० वर्षको बीचमा यो रोग लाग्न सक्छ । कलेजो प्रत्यारोपणको औषत आयु ६५ वर्ष हो । तर व्यक्तिको गतिविधिमा पनि निर्भर हुन्छ । कहिलेकाँही कलेजोले काम नै गर्दैन (लिभर फेल) त्यतिबेला कलेजो प्रत्यारोपण गर्नुपर्ने हुनसक्छ ।

कलेजो प्रत्यारोपण

स्वस्थ लिभर, जीवित डोनर, उसको हालमा मृत्यु (व्रेन डेड) भएको तर कलेजोको समस्या नभएकोबाट कलेजो प्रत्यारोपण डोनर प्राप्त गर्न सकिन्छ ।

आमाशयको माथिल्लो भागमा चिरेर विग्रेको कलेजो हटाउन सकिन्छ र त्यही ठाउँमा त्यसपछि नयाँ कलेजो प्रत्यारोपण गर्न सकिन्छ र रक्तनली र वाइल डक्ससँग जोड्न सकिन्छ । प्रत्यारोपणको उपचार गर्न झण्डै १२ घण्टाको समय लाग्न सक्छ ।

कलेजो प्रत्योरोपण कसलाई जरुरी

जाँड रक्सीको कारणले विग्रेको कलेजो (अल्कोलिक सिरोसिस)
लामो समयसम्म सक्रिय संक्रमण (हेपाटाइटिस बी र सी)
जन्मजात कलेजो र वाइल डक्ट विकृति (विलरी अर्टिसीया)
एक्युट लिभर (कलेजो) फेलियर

कलेजो क्यान्सरको रुप

प्रत्यारोपणमा विग्रेको कलेजोलाई हटाउनको लागि अथवा सामान्य डोनर कलेजोसँग बदल्नको लागि ठूलो अप्रेशन हुन्छ । जसमा आमशयको माथिल्लो भागमा सामन्य स्थितिमा राखिन्छ ।

अप्रेशन पूरा हुन झण्डै ६ देखि १२ घण्टाको समय लाग्न सक्छ । अप्रेशन गर्दा कम्तिमा ३ जना सर्जन, २ जना एनेश्थेटिक्स र आधा दर्जन नर्सको आवश्यकता पर्छ ।

विग्रेको कलेजोको चार प्रमुख रक्तनलीहरुलाई बिच्छेदित गरिन्छ । र कलेजोबाट अन्त शरीरमा वाइल लैजाने ट्युवलाई बिच्छेदित गरिन्छ ।

जसलाई वाइल डक्ट भनिन्छ । त्यसपछि नयाँ कलेजोलाई त्यसको स्थानमा राखिन्छ र अप्रेशन पूरा गर्न प्रमुख रक्तनलिहरुलाई र वाइल डक्टलाई पुनः जोडिन्छ ।

कस्तो व्यक्ति हुनसक्छ डोनर

जीवनसाथी/नातागोता,
स्वास्थ्य पूर्ण स्वस्थ भएको,
१८ वर्षभन्दा माथि र ५५ वर्षभन्दा कम उमेरको हुनुपर्छ ।
शरीरको BMI (बडी मास इन्डेक्स) सामान्य हुनु आवश्यक छ ।
कलेजोको डोनर मोटो हुनु हुँदैन ।

कस्तो व्यक्ति डोनर हुँदैनन्

हेपाटाइटिस बि/सी भएको,
एचआईभी संक्रमित,
धेरैजसो जाँडरक्सी अत्याधिक सेवन गर्ने,
लागुपदार्थ सेवन गर्ने,
मानसिक विरामी भएको,
परिवारको कुनै पनि सदस्य वा पुर्खौलीमा क्यान्सर भएको छ भने हुँदैन ।

सफलता प्रतिशत

आजभोली जिवीत व्यक्तिको शरीरबाट कलेजोको एक टुक्रा काटेर पीडित व्यक्तिको शरीरमा पत्यारोपण गर्न सम्भव छ ।

डोनर प्रत्यारोपण कलेजोको आकारको आधारमा दायाँ भाग-लगभग ३५-४० प्रतिशत र दयाँ भाग ६०-६५ प्रतिशत निकालिन्छ ।

डोनरको शरीरमा रहेको कलेजोको भाग ६-८ हप्तामा आफै मौलिक अकारमा आउँछ । परीक्षण र सर्जिकल प्रकृयाबाट सम्बन्धित हुन र डोनरको मृत्यु आशंका ०.२-०.५ प्रतिशत सम्म हुन्छ ।

प्रतिक्रिया