नैरोबी, ३२ साउन । संयुक्त राष्ट्रसंघले केन्यालाई शान्त र संयमित रहन आग्रह गरेको छ । निर्वाचनपछिको हिंसा जारी रहेको केन्यामा शान्ति आवश्यक रहेको राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघीय मानवअधिकार निकायका प्रमुखले सो आग्रह गरेका हुन् । उक्त कार्यक्रमका प्रमुख जियद रद अल हुसेनले यहाँको प्रहरीलाई पनि संयमित रहन आग्रह गरेका थिए ।
उनले निर्वाचनपछिको आन्दोलनमा हिंसा भड्किएको, त्यसमा विपक्षीहरुले बढी हिंसात्मक क्रियाकलाप गरेका र प्रहरीले पनि यस हिंसा नियन्त्रणका लागि अत्यधिक बल प्रयोग गर्दा यसबाट महिला र बालबालिका हिंसाको चपेटमा परेका बताएका छन् ।
उनले निर्वाचन सकिइसकेको अवस्थामा त्यसबाटै निकास खोज्न र यस्तो हिंसात्मक प्रदर्शनजस्तो क्रियाकलापलाई निरन्तरता नदिन आग्रह गरेको समाचारमा जनाइएको छ ।
केन्यामा हालै भएको निर्वाचन धाँधलीपूर्ण भएको भन्दै यहाँका विपक्षीहरुले अस्वीकार गरेका छन् । जसका कारण यहाँका विपक्षीहरुले निर्वाचनको परिणाम अस्वीकार गर्ने जनाए पछि निर्वाचनपछिको अवस्था झनै अन्योलग्रस्त बन्न पुगेको छ ।
प्रतिक्रिया