विमान खसाल्न विषाक्त ग्यासको तयारी थियो ः मिडिया

सिड्नी १७ साउन । अस्ट्रेलियाको एक विमानलाई उडिसकेपछि खसाल्ने गरी बनाइएको भनिएको आतंकवादी योजनाका दोषीले उक्त विमानलाई विषाक्त ग्यास वा बम पड्काएर खसाल्ने योजना बनाएको बताएका छन् । उक्त बम अपहरण गरी खसाल्ने योजना बनाएका उनीहरूसँगको बयानमा प्रहरीले उक्त तथ्य पत्ता लागेको जनाएको छ । त्यसमा संलग्न भएको आशंकामा सिड्नी क्षेत्रबाट कैयौंलाई पक्राउ गरेको छ । आइतबार बिहान प्रहरीले ४ जनालाई गिरफ्तार गरेको जनाएको थियो । उनीहरूले यसरी विमान खसाल्ने योजना बनाएको तथ्य खुलेको प्रहरीलाई उद्धृत गर्दै अस्ट्रेलियाली पत्रिकाले सोमबार जनाएका छन् । यस विषयमा अनुुसन्धान सुरु गरिएको र अनुसन्धानकर्ताले उक्त हमलाको तयारीमा विस्फोटक सामग्रीको प्रयोग गर्ने योजना बनाइएको थाहा भएको बताएका थिए ।पक्राउ परेकामध्येका २ जना लेबनानी मूलका अस्ट्रेलियन नागरिक हुन् ।

उनीहरूका बुबा अस्ट्रेलियाली र आमा लेबनानी रहेका छन् । पक्राउ परेका मध्येका २ जनाले सो खुलासा गरेका छन् । उक्त आतंकवादी हमलाको योजना प्रहरीले आइतबार बिहानै असफल बनाएको जनाएपछि अस्ट्रेलियाका सबै विमानस्थलमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । अस्ट्रेलियाको प्रहरीले विस्फोटक सामग्रीको प्रयोग गरी विमानलाई खसाल्न लागिएको सूचनाका आधारमा गरिएको खोजीमा उक्त खतरनाक योजनाको पर्दाफास भएको जनाएको थियो । सोमबार पनि यहाँको सुरक्षा व्यवस्था निकै नै कडा पारिएको जनाएको छ ।अस्ट्रेलियाली सरकारले आतंकवादविरोधी कारबाहीअन्तर्गत सो योजना विफल बनाउन प्रहरी सफल भएको भन्दै अब विमानस्थलमा सुरक्षा व्यवस्था निकै कडा बनाइने आइतबारै बताएको थियो ।

भारी हातहतियारले सुसज्जित प्रहरी र अस्ट्रेलियाको घरेलु गुप्तचर निकायका सदस्यले सिड्नीका विभिन्न ठाउँमा छापा मारेर कैयौं व्यक्ति पक्राउ गरेका छन् । पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन । अस्ट्रेलियाको राजधानी सिड्नीबाट प्राप्त समाचारमा सिड्नी सहर र यहाँका विमानस्थलमा थप सुरक्षाकर्मी बढाइएको छ । सरकारले यात्रुलाई धैर्य धारण गर्न र हतास नभई यात्रा गर्न आग्रह गरेका छन् ।

प्रतिक्रिया