युनिलिभरमा श्रीकान्त

काठमाडौं : युनिलिभर नेपाल लिमिटेडको प्रबन्ध निर्देशकमा श्रीकान्त श्रीनिवास माधवन नियुक्त भएका छन् । यसअघिका प्रबन्ध निर्देशक कामरान बक्रलाई युनिलिभर बंगलादेशको अध्यक्ष एवं प्रबन्ध निर्देशकमा नियुक्त गरिएको युनिलिभरले जनाएको छ ।
युनिलिभर नेपाल नेपालमा दैनिक उपभोग्य सामग्री (एफएमसिजी) उत्पादन गर्ने ठूलो कम्पनी हो । युनिलिभर नेपाल युनिलिभर गु्रप अफ कम्पनीजको सदस्य हो ।
नवनियुक्त प्रबन्ध निर्देशक श्रीनिवास मावधनले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी, चेन्नईबाट केमिकल इन्जिनियरिङ गरेका छन् भने अहमदावादको इन्डियन इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट पिजिडिएम गरेका छन् । उनले बु्रक बन्ड लिप्टन, ड्रागोको (सिमराइज)मा बिक्री, बजार र व्यवसाय विकास विभागमा रहेरसमेत आफ्नो करिअरको प्रारम्भिक दिनमा काम गरेका थिए ।
माधवनसँग हिन्दुरस्तान युनिलिभरमा १५ वर्ष काम गरेको अनुभव छ । उनले सो अवधिमा युनिलिभर दक्षिण एसियाको मिडिया प्रबन्धक, स्किन क्लिसिङको प्रमुख, दक्षिण एसिया/दक्षिण पूर्वएसियाको इन्साइट प्रबन्धक, बिक्री एवं बजार प्रबन्धकको प्रमुखलगायतका भूमिका निर्वाह गरेका थिए । युनिलिभरमा आउनु अघि उनले एचएसबिसी बैंकको भारतीय बजार प्रमुख भएरसमेत काम गरेका छन् । (सौस)

प्रतिक्रिया