२५ सय ५६ औं बुद्ध जयन्ती

बुटवल, २४ वैशाख । आज २५ सय ५६ औं बुद्धजयन्ती बिभिन्न कार्यक्रम गरेर भगवान गौतम बुद्धको सम्झना गरिदैछ ।
बुद्ध जयन्तीका अवसरमा आज बिहान लुम्बिनीमा रहेको मायादेवी मन्दिरमा पूजाआजा गर्नुका साथै बुद्ध ¥याली लगायतका कार्यक्रम गरिएका छन् । राजधानीमा पनि बिभिन्न कार्यक्रम गरेर बुद्धको स्मरण गरिएको छ ।
भगवान गौतम बुद्धको आजकै दिन जन्म हुनुका साथै ज्ञान प्राप्त र देहवासानपनि भएको थियो ।
यसैवीच, बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, कांग्रेस सभापति सुशील कोइला लगायतले शुभकाना दिएका छन् । उनीहरुले भगवान गौतम बुद्धको मार्गको अनुसरण गर्न सबैलाई आह्वान समेत गरेका छन् ।

प्रतिक्रिया