चुनावअघि बजेट हुन्न ः एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले दुई चरणको चुनावप्रति सकारात्मक देखिएको छ । तर, उसले बजेट ल्याएर दोस्रो चरणको चुनाव स्वीकार्य नहुने बताएको छ । एमाले संसदीय दलको बैठकले बजेट अघि र पछि चुनाव गर्न नमिल्ने निर्णय गरेको छ । सरकारले भने दोस्रो चरणको निर्वाचन ३१ जेठमा गर्ने निर्णय गरिसकेको छ भने १५ जेठमा बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।
एमालेले भने दुई चरणमै चुनाव गर्नुपर्ने भए १५ जेठअघि नै गर्न सरकारलाई सुझाएको छ । संसदीय दलको बैठकमा दलका नेता केपी शर्मा ओलीले भने, यदि भ्याइँदैन् भने बजेटसम्बन्धी प्रावधानलाई संशोधन गर्नेबारे छलफल गर्न सकिन्छ तर बजेट अघि र पछि चुनाव हुन सक्दैन ।’
आफूले प्रधानमन्त्री दाहाललाई पनि त्यही भनेर पठाएको ओलीले बैठकमा सुनाए । चुनाव सार्नेबारे निर्णय गर्नुअघि प्रधानमन्त्री दाहालले बालकोट पुगेर ओलीसँग परामर्श गरेका थिए ।

प्रतिक्रिया