न्यु डायमन्ड र एपिएफको फाइनल यात्रा तय

main news...काठमाडौं । आरबिबी–एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगिताको महिलातर्फ पुरानो नैकापको न्यु डायमन्ड एकेडेमी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले अपराजित रहँदै फाइनल यात्रा तय गरेका छन् । दुवै टोलीले लिगको एक खेल अगावै उपाधि भिडन्त पक्का गरेका हुन् । लिग चरणको अन्तिम खेल यी दुई टोलीबीच आइतबार हुँदैछ । तर यो नतिजाले फाइनल भिडन्तमा कुनै असर गर्ने छैन । शनिबार भएको महिलातर्फको खेलमा न्यु डायमन्डले जाउलाखेल भलिबल क्लबलाई २५–५, २५–८ र २५–२ ले सहजै पराजित ग¥यो ।
महिलामै नेपाल पुलिस क्लबले पश्चिमाञ्चल क्षेत्रीय भलिबललाई १७–२५, २५–१८, २५–२१ र २५–२० ले हराएपनि दुबै उपाधि दौडबाट बाहिरिएका छन् । आर्मी र जाउलाखेल क्लबको पनि उपाधि यात्रा समाप्त भएको छ । नेपाल पुलिस क्लब पुरुषतर्फ फाइनलमा प्रवेश गरेको छ । शनिबार हेल्प स्पोट्र्स क्लबविरुद्धको महत्वपूर्ण खेल ३–१ को सेटमा आफ्नो पक्षमा पारेपछि अपराजित रहँदै पुलिस फाइनलमा प्रवेश गरेको हो । पुलिसले हेल्प नेपालमाथि २५–२३, १९–२५, २५–१६ र ३०–२८ को रोमाञ्चक जित निकाल्यो । अब फाइनलमा पुग्ने दोस्रो टिमको छिनोफानो भने आइतबार हुने आर्मी र हेल्प नेपालबीचको विजेताबाट तय हुनेछ । अन्य खेलमा पश्चिमाञ्चल र मणिमुकुन्दले सान्त्वना जित निकालेका छन् । पश्चिमाञ्चलले जाउलाखेललाई २५–१३, २५–१५ र २५–१६ को सोझो सेटमा हरायो । मणिमुकुन्दले ढोरपाटनलाई २५–१७, २८–२६ र २५–१२को सोझो सेटमा पराजित ग¥यो ।

प्रेक्षाको डेब्यू

v6न्यु डायमन्ड एकेडेमीमा हालै कक्षा ७ मा प्रवेश गरेकी ११ वर्षीया प्रेक्षा राईले आरबिबी–एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल प्रतियोगितामा डेब्यू गरेकी छन् । शनिबार महिलातर्फ भएको लिग खेलमा न्यु डायमन्ड स्पोर्टस् क्लबबाट ओपन स्पाइकर पनमिका राईको स्थानमा टिमकी सदस्य भएकी थिइन् ।

उनले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रविरुद्धको खेलमा दोस्रो सेटमा कोर्टमा प्रवेश गरेकी थिइन् । उनले दोस्रो सेटमा स्पाइकमार्फत टिमका लागि महत्वपूर्ण २ अंक दिलाएकी थिइन् ।

प्रतिक्रिया