काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कमिटीका सदस्य तथा वैकल्पिक सदस्यमा मनोनयन भएकालाई शपथ ग्रहण गराएका छन् ।
गत २० फागुनमा गरेको स्थायी कमिटीको निर्णयअनुसार मनोनयन भएका सदस्यलाई आइतबार अध्यक्ष ओलीले पार्टी कार्यालय धूमबाराहीमा शपथग्रहण गराएका हुन् ।
शपथग्रहण गर्ने केन्द्रीय कमिटी सदस्यमा धर्मनाथ साह (सिराहा), रामचन्द्र यादव (सिराहा), गंगा यादव (सिराहा), धर्मनाथ यादव (सिराहा), रामचन्द्र साह तेली (पर्सा), रामदयाल मण्डल (महोत्तरी), रत्नेश्वर गोइत (धनुषा), रविन्द्र बैठा (सर्लाही), यदुवंश झा (धनुषा) र हरिनारायण महतो (धनुषा) छन् ।
त्यसैगरी, केन्द्रीय कमिटीका वैकल्पिक सदस्यमा नारदमुनि राना (कैलाली), जुली महतो (धनुषा), मञ्जु चौधरी (उदयपुर), शान्ता चौधरी (दाङ), हरि राजवंशी (झापा), सरला यादव (रौतहट), सुधीर साह (धनुषा), सरोज यादव (महोत्तरी) र मोहम्मद हारुन (बाँके) छन् ।
केन्द्रीय कमिटी सदस्यद्वय रघुवीर महासेठ (धनुषा) र लालबाबु यादव (रौतहट) ले यसअघि नै शपथग्रहण गरिसकेका छन् । शपथपछि पार्टी अध्यक्ष ओलीले पार्टी र राष्ट्रको शिरमाथि उठाउन आआफ्नो क्षेत्रमा सक्रियतापूर्वक लाग्न निर्देशन दिए ।
प्रतिक्रिया