काठमाडौं, २५ पुस । नेपाली चलचित्र क्षेत्रमा सधँै चर्चामा रहने भित्र पर्छिन् नायिका जस्मिन श्रेष्ठ । ‘मेरो मनको साथी’बाट नेपाली चलत्रिचबाट डेब्यु गरेकी जस्मिन स्विट एन्ड स्लिम नायिका हुन् ।
प्रायः आकर्षक पहिरनमा देखिने उनी निर्देशक÷निर्माताको रोजाइको नायिकामा पर्छिन् । त्यसो त उनको दोस्रो चलचित्र ‘बीच बाटो’ले पनि उनलाई राम्रै चर्चा दिलाउन सफल भएको थियो । अझ उक्त चलचित्रमा रहेको ‘पप्पी देउन…’बोलको गीतले झन् बढी चर्चा पायो । जुन गीत वर्ष २०७२ को टप टेनमा पर्न पनि सफल भएको थियो ।
‘म अहिले अर्कोे चलचित्रको तयारीमा छु’ उनले भनिन् । यसअघि भेनस फिल्म्सलेको ब्यानरमा निर्माण भएका चलचित्रले मलाई यो क्षेत्रमा स्थापित गराउन सफल भएको उनी बताउँछिन् । उनको नयाँ चलचित्र छिट्टै छायांकनमा जाँदै छ । जसको अहिले वर्कसप भइरहेको छ । यसको स्क्रिप्ट प्रदीप भारद्वाजले लेखेका छन् भने राजेश शाहीले निर्माण गर्न लागेका हुन् । यसै क्षेत्रको समृद्धिमा आफूलाई तल्लिन राख्न चाहने बताउने जस्मिना नेपाली कलाक्षेत्रको श्रीवृद्धि नै आफ्नो लक्ष्य रहेको बताउँछिन् ।
प्रतिक्रिया