काठमाडौं, २४ पुस । चर्चित गायक त्रिलोक रानाले ७ वर्षपछि नयाँ एल्बम ‘वरदान’ लिएर आएका छन् । गायक रानाले आफ्नो एल्बममा समावेश गीत ‘काँडा छोए फुल बन्छ’को म्युजिक भिडियोसमेत सार्वजनिक गरेका हुन्् ।
विभिन्न ८ वटा गीत समावेश गरिएको उक्त एल्बमको पहिलो गीत ‘काँडा छोए पूmल बन्छ’को म्युजिक भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका छन् ।
सुनिल मास्केको संगीत तथा किशोर थापाको शब्द रहेको गीतको भिडियोलाई विशाल भण्डारीले निर्देशन गरेका हुन् । जसमा सुन्दरी नायिका बेनिशा हमालको प्रेमको चर्चा गरिएको छ । भिडियोमा बेनिशाका प्रेमीका रूपमा अनिल थापा देखिएका छन् ।
दर्जनौँ चर्चित गीतमा स्वर भरिसकेका गायक रानाका उक्त एल्बममा ‘तिमीलाई छुने हावा घाम भाग्यमानी, पहिलो भेटमा तिमीसँग माया गाँसु लाग्यो, जलाउँ झैँ लाग्छ संसार सारा, कोही छ की यहाँ दौँतरी मिल्ने, तिमीले सियोमा धागो हालेको, मुटुको धुप जलिरहन्छ र भुली दिनु भन्थ्यौ तिमीले’ गरी जम्मा ८ वटा गीत समावेश गरिएको छ ।
प्रतिक्रिया