‘लालटिन’को फस्टलुक सार्वजनिक

lal-tinकाठमाडौं, २३ पुस । चलचित्र ‘लालटिन’को फस्टलुक रिलिज गरिएको छ । यो चलचित्रको फस्टलुकमा नायक दयाहाङ राईलाई मात्र राखिएको छ । भानु प्रतापको प्रस्तुतिमा तयार भएको यो चलचित्र १८ चैतबाट रिलिज हुँदै छ ।

एमसन पिक्चर्स प्रालिको ब्यानरमा तयार भएको यो चलचित्रमा अनिम श्रेष्ठ र राज केसीको निर्माण, मनोज राजभण्डारी र दीपक श्रेष्ठको सह–निर्माण छ । देवकुमार श्रेष्ठको निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, प्रियंका कार्की, केकी अधिकारी, अर्जुन गुरुङ, रिया श्रेष्ठलगायत कलाकारको अभिनय छ ।

अर्जुन जिसी र वनिश शाहको सम्पादन, भानुप्रताप र किरण माइकलको लेखन रहेको यो चलचित्रमा रोशन श्रेष्ठको एक्सन, कविराज गहतराज, डिकेश र भानुप्रतापको नृत्य छ । एक्सन, कमेडी, रोमान्स, सोसल, क्राइमलगायत विषयमा चलचित्र बनेको प्रस्तुतकर्ता भानु प्रतापले बताए । अभिनेत्री सारिका भन्छिन्, ‘अहिलेसम्म प्रेम गर्ने आँट कसैले देखाएका छैनन् ।

प्रतिक्रिया