काठमाडौं, २२ पुस । रंगमंचका एक प्रतिभा सन्दीप श्रेष्टले इक्युइलिब्रियम (निमेष) नामको छोटो चलचित्र बनाएर युट्युबमार्फत सार्वजनिक गरेका छन् । युवा पुस्ताहरू कला क्षेत्रमा भविष्य खोज्ने क्रममा उनीलगायत रंगकर्मीहरूले यस चलचित्रमा अभिनय गरेका छन् ।
यसैबीच पछिल्लो समय रंगकर्ममा अझै बढी युवाहरू लागिपरेको पनि देख्न सकिन्छ्र सामाजिक संजालसँगै विभिन्न सञ्चारमध्यमहरूको विकास क्रम बढ्दै जाँदा युवापुस्ता आपूmले मनपरेको काम गर्न र पर्दामा देखाउन खप्पिस देखिएका छन् ।
स्ट्रिट नेपालको निर्माणमा बनेको उक्त छोटो चलचित्रलाई नबिन बाबु गुरुङले छायांकन गरेका छन् भने विकाश जोशी, रञ्जना ओली, पिटर प्रिन्स, विनिता गुरुङ र पूजा लामाको अभिनय रहेको छ । पछिल्लो समय रंगमञ्चमा काम गरेका कलाकारहरू छोटा चलचित्र निर्माणमा सक्रिय छन् ।
प्रतिक्रिया