काठमाडौं, २२ पुस । ‘लुट २’ को ट्रेलर कुरेर बसिरहेकाहरूलाई प्रतीक्षाको घडी शून्यविन्दुमा आइपुगेको निर्माण पक्षले जनाएको छ । बिहीबार दिउँसो राजधानीमा एक कार्यक्रम गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरेपछि निर्माण पक्षले जनाएको छ ।
फिल्म बन्न सुरु हुनुअगावै टिजर सार्वजनिक गरेको ‘लुट २’ को ट्रेलर निकै प्रतिक्षित बनेको थियो । झन् ‘ठमेल बजार’ गीतको चर्चाले फिल्मलाई झनै कुर्नलायक बनायो । केही फिल्म यति धेरै प्रतीक्षामा पर्छन् कि, त्यस फिल्मसँग सम्बन्धित पोस्टर, टिजर, ट्रेलर, गीतको भिडियो सार्वजनिक हुँदा दर्शकलाई झन् छटपटी बढाउन सक्छ ।
फिल्ममा लुटका सबैजसो कलाकार दोहोरिएका छन् । सौगात मल्ल, दयाहाङ राई, प्रवीण खतिवडा, सुशीलराज पाण्डे, प्रतीकराज न्यौपाने, सिर्जना सुब्बा, ऋचा शर्माका अलावा छड्के, पशुपतिप्रसाद, जात्राजस्ता फिल्मबाट अभिनयको कमाल देखाइसकेका विपिन कार्की लुट २ का नयाँ पात्र हुन् । ठमेल बजारमा नाचेकी एलिसा राईले अभिनय पनि गरेकी छन् । लुटका निर्माता माधव वाग्ले नै सिक्वेलका निर्माता हुन् भने निश्चल बस्नेत निर्देशक हुन् । फिल्म फागुन १३ गते रिलिज हुनेछ ।
प्रतिक्रिया