काठमाडौं, २१ पुस । चलचित्र ‘मेरो मनको साथी’बाट नेपाली चलचित्रमा हाम फालेकी नायिका हुन् जस्मिन श्रेष्ठ । ३ दर्जनभन्दा बढी म्युजिक भिडियोमा अभियन गरेर धेरैको मन मस्तिकमा राज गर्न सफल जस्मिन अहिले नेपाली चलचित्रमा स्थापित हुने
प्रयासमा छिन् । उनको दोस्रो चलचित्र ‘बीच बाटो’ले उनलाई राम्रै चर्चा दिलाउन सफल भयो । उत्त चलचित्रमा रहेको ‘पप्पी देउन…’ बोलको गीतले अझ बढी चर्चा पायो । जुन गीत वर्ष ०७२ को टप टेनमा पर्न पनि सफल भएको थियो । उनी डेढ दर्जनभन्दा बढी विज्ञापनहरूमा पनि देखिने गर्छिन ।
‘भेनस फिल्मस्को ब्यानरमा निर्माण भएका दुवै चलचित्रले मलाई यो क्षेत्रमा स्थापित गराउन सफल भए । दुबै बिग बजेटका चलचित्र हुन्’ उनले भनिन् । अहिले जस्मिना तेस्रो चलचित्रको तयारीमा रहेकी छन् । उनका अनुसार अब छिट्टै यो चलचित्र छायांकनमा जाँदै छ । जुन भेनस फिल्मले नै निर्माण गर्न लागेको हो । जसमा प्रदीप भारद्वाजको स्क्रिप्ट रहेको छ जसलाई राजेश शाहीले निर्माण गर्न लागेका हुन् ।
यसै क्षेत्रको श्रीविद्धमा आफूलाई तल्लिन राख्न चाहने बताउने जस्मिना नेपाली कलाक्षेत्रमा कतिको इँटा थप्ने हुन त्यो त उनका आउँदा दिनहरूले नै प्रष्ट पार्नेछ ।
प्रतिक्रिया