कास्की, २० पुस । हेवन म्याट्रेस मिस गण्डकी सिजन–३ को ताज पोखरा रानीपौवाकी १८ वर्षीया ज्योती राईले जितेकी छन् । १८ जना प्रतिस्पर्धीलाई उछिन्दै चाँदीको ताजसँगै उनले १ लाख ८० हजार रुपैयाँ बराबरको स्कुटर पुरस्कार हात पारिन् ।
उपाधिसँगै ज्योतीले ‘बेस्ट स्माइल’ टाइटल अवार्ड पनि जितिन् । ज्योतिले हाल प्लस टुमा अध्ययनरत छन् । त्यस्तै प्रतियोगितामा सैलताज कुँवर फस्ट रनरअप भइन् । उनले ‘मोस्ट इन्टेलिजेन्ट’ र ‘मोस्ट पपुलर’ समेत आफ्नो पोल्टामा पारिन् । फस्ट रनरअपको उपाधिसँगै सैलताजले ५० हजार रुपैयाँ बराबरको पुरस्कार स्वरुप प्राप्त गरिन् ।
प्रतियोगितामा श्रृष्टी आर्चायले सेकेन्ड रनरअप हुँदै ‘बेस्ट कम्प्लेक्सन’ टाईल जितिन् भने सपना अधिकारी थर्ड रनरअपको टाइटलसँगै भ्युअर च्वाइस र मोस्ट पंचुअल घोषित भइन । सेकेन्ड रनरअप श्रृष्टीले उपाधिसँगै २५ हजार रुपैयाँ पाइन् । त्यस्तै थर्ड रनरअप सपना अधिकारीले हेवन म्याट्रेसको तर्फबाट ‘स्पेसल गिफ्ट ह्याम्पर’ प्राप्त गरिन् । रियल इभेन्ट म्यानेजमेन्ट र एसटी क्रियसनको संयुक्त आयोजनामा भएको मिस गण्डकी सिजन–३ अन्य विभिन्न २१ वटा शीर्षकमा सब टाइटल उपाधि दिइयो ।
प्रतिक्रिया