बेलायतमा स्रष्टाहरुको जन्म दिवस

belayat-copyबेलायत, ८ पुस । बेलायतस्थित प्लमस्टिडमा नेपालका साहित्यका शिखरहरु लैनसिंह वाङ्ग्देल, भूपि शेरचन, मास्टर मित्रशेन थापा र स्वर्गीय स्वरसम्राट नारायण गोपालको जन्मदिवस कार्यक्रम भब्यताको साथमा सम्पन्न भएको छ ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेलायत र विश्व नेपाली साहित्य महासंघ साउथ युकेको सयुंक्त आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमलाई दुई चरणमा विभाजन गरिएको थियो । कार्यक्रमको प्रथम चरणमा कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत महामहिम डा.दुर्गाबहादुर सुवेदी, (दुबसु क्षेत्री)को हातबाट पानसमा बत्ती बालेर औपचारिक कार्यक्रमको शुभारम्भ गरिएको थियो ।

राजदुत डा.सुवेदी, अनेसास बेलायतका पूर्वअध्यक्ष सल्लाहकार डा.रुपक श्रेष्ट, वर्तमान अध्यक्ष सुमल गुरुङ, बिनेसा केन्द्रका अध्यक्ष विश्वासदीप तिगेला, सोही संस्था साउथ युकेका अध्यक्ष विजय हितान मगरलगायत उपस्थित सबै सदस्यहरुले चारवटै स्रष्टाहरुको तस्बिरमा श्रद्धासुमन फूलको गुच्छा र खादाले माल्यार्पण गर्दै सम्मान गरेका थिए । संस्थाका सल्लाहकार डा.रुपक श्रेष्ठ र अध्यक्ष गुरुङले खादा र फूलको माला लगाएर राजदूत डा.सुवेदीलाई सम्मान गर्दै सफल कार्यकालका लागि शुभकामना दिएका थिए । बिनेसा केन्द्र र साउथका अध्यक्षद्वय तिगेला र हितानको हातबाट राजदूत डा.सुबेदीलाई सफल कार्यकालको कामनाको साथमा प्रमाणपत्र र खादा प्रदान गर्दै सम्मान गरेका थिए । सोही कार्यक्रमको अवसर पारेर समाजसेवी तथा साहित्यकार अनेसासको अध्यक्ष सुमलकुमार गुरुङका भरखर प्रकाशित दुई वटा कृतिहरु ‘फेरि हङकङको सेरोफेरो’ (यात्रा संस्मरण) र ‘खोज्दै छु नेपाल’ (कविता सङ्ग्रह) राजदूत डा.सुवेदीको हातबाट लोकार्पण भएको छ ।

अनेसासका उपाध्यक्ष लक्ष्मी लारा राई र सोही संस्थाका महासचिव संतोष कार्कीले संचालन गरेको कार्यक्रममा बिनेसा साउथ युकेका महासचिव जानुका राईले स्वागत मन्तब्य दिएका थिए । कार्यक्रममा मास्टर मित्रसेन थापाको बारेमा बिजय हितान, भूपि शेरचनको बारेमा डा।रुपक श्रेष्ट, लैनसिंह बाग्देलको बारेमा बिश्वाशदीप तिगेला र स्व।नारायण गोपालको बारेमा शिवजी श्रेष्टले प्रकाश पारेका थिए ।

कार्यक्रमको दोस्रो चरणमा भने संगीतिक र सहित्यिक मनोरञ्जनात्मक प्रस्तुतिहरुको बेजोड धमाका भएको थियो । साहित्यिक सृजनाहरु पस्कने क्रममा गोकुल भण्डारी, बीरु मुकारुङ, नरेशमणी काङ्माङ राई, नारायण कँटेल, शुशिला प्रजापती, रेखा खरेल, खगेन्द्र नेपाली, फरिन्द्र भट्राई, बलबहादुर बुढा मगर, डा।बच्चु कैलाश, करिश्मा घम, ईश्वर चाम्लिङ्ग, सुमाया राई, घन थापा मगर, हिक्मतसिंह रोक्का लगायत तीन दर्जनभन्दा बढी सर्जकहरुले साहित्यिक सृजनाहरु वाचन गरेका थिए

बेलायतका नेपाली युथ ब्याण्डबाट गायकहरु डा. शुदर्शन गुरुङ, लोचन गुरुङ र दिपेन्द्र गुरुङले आधा दर्जन जति लोकप्रिय नेपाली गीतहरुलाई रिमिक्श बनाई गाएर दर्शकहरुलाई छमछमी नचाउन सफल भएका थिए । हाल बेलायतमा गायनमा चर्चित थिर थापा मगरले, मास्टर मित्रशेन थापाका गीत ‘मलाई खुत्रुक्कै पार्यो जेठान तिम्रै बहिनीले’ बोलको कालजयी गीत गाएर स्रोताहरुलाई भरपूर मनोरञ्नज दिलाएका थिए । त्यस्तै कलाकार जीवनपकाश राईले पनि भूपि शेरचनको ‘यो नेपाली शीर उचाली।।ुगीतको धुनलाई सारंगीमा बजाएर सबैलाई मनोरञ्जन दिलाएका थिए ।

सांगीतिक कार्यक्रमपछि प्रमुख अतिथि डा।सुबेदीले संस्थाले आफूलाई कर्यक्रममा निम्ताएर सम्मान गरेकोमा कृतज्ञ ब्यक्त गरे । मन्तब्य राख्ने क्रममा डा. सुबेदीले बेलायतबासी सबै नेपालीहरुका जातीय संस्कार संस्कृति, साहित्य, संगीत लगायत सम्पूर्ण क्षेत्रको बिकाश र बिस्तारको लागि सबै समूदायहरुसंग सहकार्य गर्दै अगाडि बढ्न सक्दो सहयोग गर्ने बचन दिएका थिए । बिभिन्न क्षेत्र लगायत साहित्यमा पनि विज्ञ राजदुत पाएकोमा सबै सहित्यकारहरु हर्षित भएका थिए भने राजदुत डा।सुबेदीले पनि तन मन र बचनले हृदयबाट नै सहित्यिक सर्जकहरुसंग सदभाव बढाउने प्रतिबद्धता जाहेर गरेका थिए ।

अन्तमा अध्यक्ष गुरुङकी जीवनसाथी सारादेवी गुरुङले उपस्थित सबैलाई धन्यबात दिएकी थिइन् भने अध्यक्ष गुरुङले पनि भावी दिनहरुमा बेलायतबासी सबै साहित्य र संगीतप्रेमीहरुसँग सहकार्य गर्दै अगाडि बढ्ने बिचर व्यक्त गर्दै सबैलाई धन्यवाद दिएर कार्यक्रमको बीट मारेका थिए ।

प्रतिक्रिया