‘ग्याङस्टार ब्लूज’मा रोजिसाको इन्ट्री

rojisha-shahi-copyकाठमाडौं, ८ पुस । छायाँकनको तयारीमा रहेको चलचित्र ‘ग्याङस्टार ब्लूज’मा नयाँ नायिकाको इन्ट्री भएको छ । यो चलचित्रको मुख्य भूमिकामा आशिरमान देसराज, आना शर्मा र गौरव पहारी छन् ।

अब यो चलचित्रमा भीजे रोजिसा शाहीको पनि इन्ट्री भएको छ । निर्माता सरोज न्यौपानेले रोजिसालाई चलचित्रमा अनुबन्धित गरेको पुष्टि गरेका छन् । हेमराज बीसीले निर्देशन गर्ने यो चलचित्रको छायाँकन फागुनमा सुरु हुनेछ । सन् २०१३ को ‘मिस अर्थ, नेपाल’ बनिसकेकी रोजिसाले यस अगाडि ‘आधा लभ’ नामक चलचित्रमा काम गरिसकेकी छिन् । तर, यो चलचित्र रिलिज भने भएको छैन ।

चलचित्रमा आफू दोस्रो हाफमा इन्ट्री हुने शाहीले बताइन् । ‘तारा’ नामकी पात्रको भूमिकामा देखिन लागेकी रोजिसाले भनिन् ‘यो चलचित्रको एक्सन पाटोले मलाई तान्यो । मलाई एकदमै एक्सन भूमिका गर्न मनलाग्छ । कथा फरक र चुनौतीपूर्ण छ ।’

प्रतिक्रिया