लोकप्रिय बन्दै महेशको ‘यो मन नै हो’

mahes-khanalकाठमाडौं, ८ पुस । काठमाडौंको कपनमा स्थायी रुपमा बसोबास गर्दैआएका गायक महेश खनालको स्वरमा रहेको नया गीत ‘यो मन नै हो’ बोलको गीतले विस्तारै लोकप्रियता बटुल्न थालेको छ । लब गोरखालीको शब्द र सन्तोष दुमिको संगीत रहेको यस गीतलाई युट्युवमार्फत सार्वजनिक गरिएको हो ।

‘यो मन नै हो हिउँ झैँ पग्लिजान सक्छ’ बोलको गीतका गायक महेश स्कुले जीवनदेखिनै गाउन थालेका कलाकार हुन् । निरन्तर संगीतमा आपूmलाई अझ खार्दै अघि बढिरहेका उनको यो दोस्रो गीत हो ।

कलेज जीवनको सुरुवातमा बेनी जङ्गमसँग सुरुवाती सांगीतिक ज्ञान हासिल गरेका महेशले साधना कला केन्द्रबाट वरिष्ठ संगीतकार प्रकाश गुरुङसँग १ वर्ष शास्त्रीय संगीत पनि सिकेका छन् । यसअघि सागर श्रेष्ठको शब्द र आफ्नै संगीतमा ‘तिमीलाई मैले नचाहेको होइन’ बोलको गीतमा गाएका उनको त्यस गीतले त्यति चर्चामा पाउन सकेको थिएन ।

रोजगारीका सिलसिलामा देशका विभिन्न जिल्ला पुगिसकेका खनाल स्रोता र दर्शक समेटिने गीत र संगीतमा आगामी दिनहरु खर्चिने विचारमा छन् ।

प्रतिक्रिया