काठमाडौं, ७ पुस । सुतिरहेकै अवस्थामा दिवगंत भएका कलाकार आरपी(रुद्रप्रसाद) भट्टराई उर्फ ‘लाजालाम’को १२औँ दिनको पुण्यतिथिमा एक कार्यक्रमका बीच नेपाली कलाकारहरूले श्रद्धासुमन दिएका छन् । मंगलबार नेपाल प्रज्ञाप्रतिष्ठानमा उनको तस्बिरमा पुष्पगुच्छा एवं माला पहिराउँदै कलाकारहरूले श्रद्धाञ्जली अर्पण गरे । उनीहरूले यसका साथै उनका बारेमा मन्तव्य राख्दै शोक व्यक्त गरे ।
कांग्रेसका नेता तथा सभासद् रामहरी खतिवडाले आरपीको तस्बिरमा श्रद्दाञ्जली दिँदै केही समय अगाडि आफ्नो गृह जिल्ला ओखलढुंगा पुग्दा भेट भएको सम्झना गर्दै अचानक उनको निधनको खबर सुन्दा आफू मर्माहत भएको बताए । यसैगरी आरपीले निकट भएर काम गरेका कलाकार दीपकराज गिरी, दिपाश्री निरौला तथा निर्मल शर्माले आरपीले संसार छाडेको भन्ने कुरामा अझै विश्वास लिन नसकेको बताएका थिए । शोक कार्यक्रममा लादालामको सम्झना व्यक्त गर्दैगर्दा निर्देशक तथा कलाकार दीपाश्री भक्कानिएकी थिइन् ।
दीपाश्रीको निर्देशकिय डेब्यू फिल्म ‘छक्का पञ्जा’मा भट्टराईले प्रहरीको भूमिकामा अभिनय गरेका छन् । स्व. भट्टराईलाई श्रद्धाञ्जली दिन निर्देशक उज्ज्वल घिमिरे तथा कलाकारहरू हरिवंश आचार्य, वर्षा राउत, सरिता लामिछाने, वसुन्धरा भुसाल, जितु नेपाल, मनोज गजुरेल, नारद खतिवडा आदि उपस्थिति थिए ।
प्रतिक्रिया