हङकङमा पाथीभरा नाइट–२

hongkongकाठमाडौं, ६ पुस । यो २४ डिसेम्बर अर्थात आउँदो शनिबार नेपाली कलाकारले हङकङस्थित यउ मा तेई हल तताउँदै छन् । त्यसका लागि २३ डिसेम्बरमा काठमाडौंबाट नेपाली कलाकारको एक टोली हङकङ प्रस्थान गर्दैछन् । ती कलाकारले ‘पाथीभरा नाइट–२’ नामक सांगीतिक कार्यक्रममा सहभागी भई त्यहाँ रहेका नेपालीलाई भरपूर्ण मनोरञ्जन प्रदान गर्दैछन् ।

पाथीभरा नाइटमा सहभागी तथा प्रस्तुति दिन प्रथम नेपाल तारा दीपक लिम्बू, पछिल्लो समयकी चर्चित गायिका मिलन अमात्य, गायिका सिला राई, अर्को चर्चित गायक रुकमान लिम्बू, हास्य कलाकार गणेश इशारा, मोडल तथा नृत्यांगना आयुशा राईका साथ कार्यक्रम सञ्चालिका याङ्जोम शेर्पा हङकङ जाँदै छन् । उनीहरू पाथिभरा क्लब हङकङको सांगीतिक निम्तोमा त्यहाँ जान लागेका हुन् । ‘पाथिभरा नाइट–२’ कार्यक्रम यसै क्लबले गर्न लागेको हो । कार्यक्रमका संयोजक हेमराज अङ्छङ्बोका अनुसार कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको छ ।

यता कलाकारले पनि हङकङका लागि सबै तयारी गरिसकेको बताएका छन् । हङकङ जाने तयारीमा रहेका गायक रुकमानले भने, ‘सबै तयारी गरिसकेका छौँ । हामी यहाँबाट २३ तारिखमा उड्नेछौँ ।’ रुकमान आफ्नो पछिल्लो गीत ‘हाक्पारे पालम ख्याली’ बाट चर्चामा छन् । टोलीमा रहेका सबै कलाकार आआफ्नो स्थानमा अब्बल छन् । त्यसैले पनि यसपटक ‘पाथिभरा नाइट–२’ तातिने भएको छ ।

प्रतिक्रिया