काठमाडौं, ४ पुस । गायक जोसेफ ठकुरीको पहिलो गीति एल्बम ‘नेती’ सार्वजनिक गरिएको छ । नेपाल पर्यटन बोर्डको हलमा आयोजना भएको कार्यक्रममा संगीतकार राजु सिंह र गायक स्वरूपराज आचार्यले एल्बम विमोचन गरेका थिए ।
एल्बममा समावेश ५ वटा गीतमध्ये ४ वटा गीतमा जोसेफको शब्द तथा संगीत पनि छ भने एउटामा शंकर थापाले संगीत भरेका छन् । कार्यक्रममा एल्बममा समावेश शीर्ष गीत ‘ठेकी मदानी’को भिडियो पनि सार्वजनिक गरिएको थियो । यो भिडियोमा एलिसा राई र मोडल सुवास तिमिल्सिनाले मोडलिङ गरेका छन् ।
एलिसा ‘लुट २’को ‘ठमेल बजार’ बोलको गीतमा नृत्य गरेपछि चर्चामा छिन् । विशाल भण्डारीको निर्देशन रहेको यो भिडियोमा अर्जुन तिवारीको छायांकन, निशान घिमिरेको सम्पादन छ ।
प्रतिक्रिया