विषादीकै कारण विश्वमा करिब वार्षिक ३ लाख ५५ हजार मानिसको मृत्यु हुने गरेको छ । अध्ययनले प्रतिदिन ७ सय व्यक्तिको मृत्यु विषादीसँग सम्बन्धित रहेको पाइएको छ । त्यस्तै आत्महत्याका घटना ३१ प्रतिशत विषादीसँग सम्बन्धित रहेको देखिन्छ । विषादीको प्रयोग प्राचीनकालदेखि नै भएको पाइन्छ । वि.सं. २०० देखि आर्सिनेट, पेरिस लिड आदि वनस्पतिमा आधारित प्राङ्गरिक विषादी सन् १९४० को दशकको अन्त्यसम्म प्रयोगमा ल्याइएको थियो । ती विषादीहरुलाई पहिलो पुस्ताको विषादी भनिन्छ । सन् १९३९ मा स्वीस रसायनशास्त्री पाउलमुलरले डि.डि.टि.मा किटनासक गुण पत्ता लगाएपछि आधुनिक रासायनिक विषादीको सुरुवात भएको पाइन्छ । डि.डि.टि.ले त्यस समयमा झिँगा र लामखुट्टेको नियन्त्रणमा निक्कै प्रभावकारी ठहरियो र यसले मलेरियालगायत विभिन्न रोगको नियन्त्रणमा सहयोगी भूमिका खेल्यो । यसले लाखौँ मानिसको ज्यान जोगायो । यसैको निमित्त उनले नोबेल पुरस्कारसमेत प्राप्त गरे । आधुनिक रासायनिक विषादीको सन्दर्भमा उनको नाम अविस्मरणीय छ । यसरी डि.डि.टि.को आविस्कारसँगै अरु आधुनिक विषादीहरुको पनि क्रमशः आविस्कार र प्रयोग हँुदै गयो । फलस्वरुप सन् १९५० देखि १९७० को दशकसम्ममा अन्य अर्गेनो क्लोरिन्स कम्पाउण्ड, अर्गेनो फोस्फेट कम्पाउण्ड, कार्वाभेटस र सिन्थेटिक पाइरेथ्रोआइड विषादीको आविस्कार भइ प्रयोगमा ल्याइयो । यी विषादीहरुलाई दोस्रो पुस्ताको विषादी भनिन्छ । सन् १९८० को दशकदेखि एकीकृत शत्रुजीव व्यवस्थापन क्ष्एः को अवधारणा सुरु भएसँगै सूक्ष्म जीवजन्य विषादीको प्रयोग सुरु भयो । यो समूहको विषादीलाई तेस्रो पुस्ताको विषादी भनिन्छ । त्यस्तै बोटविरुवामा शत्रु किरा नियन्त्रण गर्न हर्मोन प्रयोगको पनि सुरुवात भयो र यी कम्पाउण्डहरुलाई चौथो पुस्ताको विषादी भनिन्छ ।
नेपालको परिवेशमा रासायनिक विषादीको कुरा गर्ने हो भने सन् १९५२ मा औलो रोग नियन्त्रणका लागि प्रथम पटक डि.डि.टि. आयात गरेको पाइन्छ भने सोही प्रयोजनका लागि सन् १९५५ मा पुनः उक्त डि.डि.टि आयात गरियो । कृषि उत्पादनका लागि बालीमा प्रयोग गर्न भनी सन् १९५६ मा डि.डि.टि. आयात गरिएको देखिन्छ । हरित क्रान्तिको नाममा सन् १९७० को मध्यदेखि सन् १९८० को सरुवातमा यहाँ कडा विषादी उन्नत विउ–विजन, रासायनिक मल तथा बाली सघनताले बढी ठाउँ पाएको पाइन्छ । यो सोचलाई सघाउन हरित क्रान्तिको नकरात्मक असर भोगेका मुलुकहरुले सहयोगका नाममा आफ्नो देशमा प्रतिविन्बित भइसकेका विषादीहरु विसनर्जनका लागि हाम्रोजस्तो परम्परागत कृषि प्रणाली र खुला सिमा भएका देशहरुमा पठाइरहेका छन् । सुरुसुरुमा कडा रासायनिक विषादीलाई रामवाण मानिन्थ्यो । जसले एकपटक प्रयोग गर्नसाथ कठिन कीराहरु सक्थ्यो । फलस्वरुप यसको जथाभावी प्रयोगले रोग किराको प्रतिरोधात्मक शक्ति बढेर गएको छ भने मानव स्वास्थ्यमा विभिन्न समस्याले गाजेको देखिन्छ । गत वर्षको तथ्याङ्क हुर्ने हो भने हाम्रो देशमा ४५–४६ टन खास विष विषादी आयात भएको देखिन्छ । जसमा किटनासक १ सय ६२ टन रोगनासक १ सय ९२ टन, झारनासक ९० टन र अन्य १० टन देखिन्छ । यी आयातीत विषादीको ८५ प्रतिशतभन्दा बढी अंश तरकारी बालीमा आधारित सघनखेती प्रणाली भएका स्थानमा प्रयोग हुने पाइएको छ । रासायनिक विषादीको आन्तरिक उत्पादन नभएकोले विषादी खरिदका लागि वर्षेनी करिब ५५ करोड रूपैयाँ मुलुक बाहिर जाने गरेको तितो यथार्थ हामीसामु छ ।
हाम्रो देशमा जनचेतनाको अभावले विषादीको सुरक्षित साथ प्रयोग नगर्ने, बाली पाकिसकेपछि पनि विषादी प्रयोग गर्ने, बिक्री गर्नुअघि आकर्षक देखाउनका लागि विषादीमा डुबाउने, विषादीको मात्रा बढाउने, रोग किराको पहिचान विना अन्धधन्द विषादीको प्रयोग गर्ने, खेती बाहेक अन्य जीवजन्तु तथा स्थानमा प्रयोग गर्ने, खाद्य सामग्रीको पसलमा विषादीको विक्री वितरण, म्याद नाघेका विना लेबलका विषादीको प्रयोग तथा सुरक्षित पहिरनको प्रयोग नगर्ने आदि विषादी प्रयोगमा देखिएका समस्याहरु हुन् । वास्तवमा विषादी विष हुन् । यिनीहरुलाई विषको रुपममा व्यवहार गरिनु पर्छ । जसलाई सत्रुजीवहरु रोग, किरा, झारपात, चरा–चुरुङ्गी, मुसा आदि मार्नकृषि तथा अन्य स्थानमा प्रयोग गरिन्छ । विषादी मानव स्वास्थ्यमा श्वास्प्रस्वास, प्रक्रिया, छालाको सम्पर्क तथा खानाको माध्यमबाट शरीरमा पस्ने गर्दछ । विषादीले कृषक, विषादी विक्रेता, कृषि उपज उपभोक्ता लगायत वातावरणमा नराम्रोसंग प्रभाव पारिरहेको छ । विषादीले महिला लगायत केटाकेटीलाई सबैभन्दा बढी असर पार्छ । विषादीको कारण रिङ्गटा लाग्ने, मुर्छा पर्ने, वान्ता हुने, दृष्टिकमजो, झाडापाखाला तथा मृत्युवरणसम्मको अवस्था सिर्जना गराउछ भने दीर्घकालीन रुपमा क्यान्सर, मानसिक असन्तुलन, एलर्जी, बाँझोपन÷नपुंसकता, पक्षघात, कलेजो खराबी, प्रतिरोधात्मक क्षमतामा कमी लगायतका समस्या आउछ । त्यस्तै विषादीका कारण वातावरणीय असर, ओजनतहमा छिद्र, तापक्रममा बृद्धि, जैविक विविधतामा ह«ास, वायु प्रदुषण, जलप्रदुषण, माटो प्रदुषण आदि हुने गर्दछ । सन १९८४ मा भारतको भोपालमा विषादी चुहावटको कारण २० हजार मानवीय क्षेति तथा पाँच लाखभन्दा बढी घाइते भएको घटनालाई स्मरण गर्दै सन् १९९८ देखि एब्ल् ९एभकतष्अष्मभ ब्अतष्यल ल्भतधयचप क्ष्लतभचलबतष्यलब०ि ले डिसेम्बर ३ लाई ुल्य उभकतष्अष्मभ गकभ मबथु को रुपमा विश्वव्यापी मनाउदै आएमा विषादीबाट हुने असरलाई अभियानको रुपमा अगाडि ल्याउन सन् २०१० देखि सप्ताहव्यापी रुपमा सञ्चालन गर्ने थालनी भएअनुसार हाम्रो देशमा पनि सन् २०१३ देखि सहभागी हँुदै आएको छ । यसवर्ष पनि कृषि विकास मन्त्रालय बाली संरक्षण निर्देशनालयको आयोजनामा ‘घातक विषादीको प्रयोग निर्मुलीकरण गरौं, आफ्नो र भावी सन्ततिको रक्षा गरौं ।’ भन्ने मुल नाराका साथ १८ मंसिरदेखि २५ मंसिरसम्म सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमसहित देशव्यापी भव्य गरी विषादी प्रयोगयुक्त सप्ताह २०७३ मनाइएका छ । खतरनाक विषादीहरु मानव स्वास्थ्य र वातावरणका लागि चुनौती छ । विश्वमा रसायनिक विषादीको विक्री वितरण र प्रयोगमा एशिया महादेश अग्रणी स्थानमा आउँछ । यस क्षेत्रका बहुसंख्यक कृषकहरु आर्थिक रुपमा विपन्न छन् । उनीहरुमा विषादीका प्रकार, विषको स्तर, सुरक्षित प्रयोग, मानव स्वास्थ्य तथा वातावरणमा विषादीको नकारात्मक असरबारे चेतना नभएको पाइन्छ । त्यसैले उनीहरु विषादीको सम्पर्कमा बढी आउने तथा सुरक्षित र सावधानी नअपनाएको कारण बढी ग्रसित हुने गरेको देखिन्छ । संयुक्त राष्ट्रसंघका अनुसार विकासोन्मुख देशहरुमा खतरनाक विषादीलगायतका रासायनहरुको उत्पादन र प्रयोग निरन्तर बढिरहेको छ । प्रयोगमा आएका विषादीको ९५ प्रतिशत भन्दा बढी मात्रा लक्षित समस्या समाधान भन्दा वातावरणमा समाविष्ट भइरहेको छ । विश्वमा हरेक वर्ष ४ करोड मानिसमा कुनै न कुनै प्रकारले विषादीले असर गरेको अनुमान गरिन्छ । विषादीकै कारण विश्वमा करिव वार्षिक ३ लाख ५५ हजार मानिसको मृत्यु हुने जनाइएको छ । हालैको अध्ययनले प्रतिदिन ७ सय व्यक्तिको मृत्यु कुनै न कुनै रुपमा विषादीसँग सम्बन्धित रहेको पाइएको छ । त्यस्तै आत्महत्याका घटना ३१ प्रतिशत विषादीसंग सम्बन्धित रहेको देखिन्छ ।
नेपाल विश्वव्यापार संगठनको सदस्य, अन्तर्राष्ट्रिय बाली संरक्षण महासन्धी र एशिया प्रशान्त क्षेत्रीय बाली संरक्षण आयोगको सदस्य, स्टकहोम, रोटरडम तथा वासल महासन्धी पक्षधर भएकाले मानव स्वास्थ्य र वातावरण सुरक्षाका लागि विभिन्न पहल र कार्य हँुदैआएका छन् । अत्यन्त घातक १६ विषादीको प्रयोगमा प्रतिबन्ध, जीवनाशक विषादी ऐन २०४८ र नियमावली २०५० कडाइका साथ लागू गर्ने, आइ.पि.एम कार्यक्रमलाई बढावा दिने, विषादीका असरहरुबारे जानकारी दिने, विषादीको सुरक्षित तथा सावधानीपूर्वक प्रयोग विधि लगायतका विभिन्न कार्यक्रमहरु सञ्चालनमा आइरहेका छन् । रसायनिक विषादीको न्युनीकरण गर्ने उद्देश्यले स्वास्थ्य र वातावरण अनुकूल जैविक विषादी उत्पादन एबम् प्रयोगका लागि पाँच जिल्लाहरुमा सामुदायिक आइ.पि.एम. स्रोतकेन्द्र स्थापना गरी कृषकस्तरमै जैविक तथा वानस्पतिक विषादीको उत्पादन र प्रयोग सुरु भइसकेको छ । यस वर्ष थप दुई जिल्लामा (झापा र तनहुँ)मा उक्त कार्यक्रम सञ्चालन हुन लागिरहेको छ । आम उपभोक्तामा विषादीयुक्त तरकारी एबम् फलफूल सेवनबाट हुन सक्ने जोखिम न्युनीकरण गर्ने उद्देश्यका साथ बाली संरक्षण निर्देशनालयले २०७१ असार ४ गतेदेखि कालीमाटी फलफूल तथा तरकारी बजारमा विषादी अवशेष द्रूत विश्लेषण इकाइ स्थापना गरी विषादीको अवशेष विश्लेषण सुरु गरेको छ । स्थापना कालमा विषादीको अवशेष तरकारी तथा फालफूलमा तोकिएभन्दा बढी देखिएता पनि हाल आएर न्युनीकरण भएको देखिन्छ । जसका कारण उपभोक्ता एबम् कृषकहरुमा केहीहदसम्म जनचेतना पुग्नका साथै विषादी न्युनीकरणमा योगदान पुगेको देखिन्छ । यसलाई मुलुकका अन्य छ स्थान (झापा, सर्लाही, रुपन्देही, कास्की, बाँके र कैलाली)मा पनि यसवर्ष थप विस्तार गर्ने कार्यक्रम छ ।
अन्त्यमा नेपालको दीगो कृषि विकास, सुरक्षित वातावरण, सामाजिक संरचनामा सुधार तथा कृषिको आधुनिकीकरण, विविधिकरण, व्यवसायीकरण र औद्योगीकरणमा कृषक सशक्तीकरणको ठूलो भूमिका हुन्छ । विषादीको नकारात्मक असर, त्यसले पार्ने प्रभाव, विषादीको सुरक्षित ओसार–पसार तथा प्रयोग, विषादीको विकल्पको प्रविधिसम्वन्धी ज्ञान कृषकस्तरमा हुन आवश्यक छ । मानव स्वास्थ्य रहनका लागि स्वस्थ खाद्य वस्तुको उपभोग र वातावरण घातक विषादीबाट मुक्त हुनु पर्छ । त्यस्ता घातक विषादीहरु र घाटक विषादीहरुको अवशेषयुक्त खाद्यान्न उपभोगबाट पर्न सक्ने अल्पकालीन तथा दीर्घकालीन असर र त्यसबाट बच्ने उपायहरुको बारेमा सचेत हुन आवश्यक छ । यसप्रति सबैको चेत खुल्न जरुरी छ ।
प्रतिक्रिया