रहेनन् कलाकार अर्जुन

aarjun-khalingकाठमाडौं, १ पुस । प्रतिभावान् कलाकार तथा साहित्यकार अर्जुन खालिङ मृत अवस्थामा फेला परेका छन् । बुधबार दिउँसो कोटेश्वरस्थित आफ्नै डेरामा उनी झुन्डिएको अवस्थामा मृत फेला परेको उनको परिवारले जनाएको छ ।

सोलुखुम्बु जुभिङ स्थायी घर भएका खालिङ त्रिभुवन विश्वविद्यालयबाट ललितकला विधामा ०५८ सालको ‘गोल्ड मेडलिस्ट’ थिए । स्नातकोत्तर सकेर व्यावसायिक पेन्टिङमा लागेका उनी अहिले आदिवासी जनजातिको आवाजलाई क्यान्भासमा उतार्ने अभियानमा थिए । उनले किराती पुर्खा तयामा, खियामा र रैछाकुलेको स्केच (चित्र) बनाएका थिए । उनको ‘गोयाङको सुगन्ध’ र ‘सूर्य डढिरहेछ’ कवितासंग्रह प्रकाशित छन् । सीमान्तकृतहरूको पहिचानलाई पेन्टिङको विषय बनाएर उनले सयौँ चर्चित पेन्टिङहरू गरेका थिए । खालिङ केही समयअघिसम्म पेन्टिङ विषयमा अध्यापन गराउँथे ।

तीन दर्जन प्रदर्शनीमा सहभागी भइसकेका अर्जुनले ‘पेन्टिङ–संघर्ष’ कालमा सोलुखुम्बुको लुक्ला र मुस्ताङको जोमसोममा आर्ट ग्यालरी खोलेका थिए । त्यसपछि उनले काठमाडौंको बौद्धमा ग्यालरी चलाए । यसपछि उनले सीमान्तकृतहरूको पहिचानलाई पेन्टिङ बिषय बनाएर अभियान्ताको रूपमा सक्रिय थिए । ‘चिन्डो बुक्स’, ‘चिन्डो फेसन’ उनकै परिकल्पना हो । उनी राम्रा कलाकार र कवि मात्रै थिएनन्, सांस्कृतिक अभियन्तासमेत थिए । ‘चिन्डो बुक्स’, ‘चिन्डो फेसन’ यी अभियानअन्र्तगत उनले केही साथीसहित सुरु गरेका थिए ।

उनी पछिल्लो समय संघीय समाजवादी फोरमको संघीय सांस्कृतिक महासंघका महासचिव थिए । मृत्युको कारणबारे विवरण आउन सकेको छैन । प्राध्यापनपछि उनी पछिल्लो समय चिन्डो प्रालिका अध्यक्ष थिए । उनी फेसनमार्फत् किराती संस्कृतिलाई प्रवद्र्धनमा गर्न लागि परेका थिए ।

उनको किराती परम्परा अनुसार काठमाडौंको वनकालीमा अन्तिम संस्कार गरिएको छ ।

प्रतिक्रिया