साकेला गीत लिएर आइन् आभा (भिडियो सहित)

abhako-geetकाठमाडौं, १ पुस । उभौलीको अवसर पारेर गायिका आभा मुकारुङले नयाँ साकेला गीत सार्वजनिक गरेकी छन् । राजकुमार राईको शब्द र आफ्नै संगीत रहेको गीतमा गायनतर्फ गायक श्याम साम्सोहाङले साथ दिएका छन् ।

कोरसमा सरला राई, शिवसंगम राई, कला राई, मेनुका राई र कुशल राईले साथ दिएको उक्त गीत पर्व विशेष भएको आभाले बताएकी छन् । पविधान खालिङको संगीत संयोजन रहेको गीतको भिडियोमा एलिसा राई र प्रविन राईले अभिनय गरेका छन् भने रोशन राईले उक्त भिडियोलाई निर्देशन गरेका हुन् ।

रेवत राई, जानुका राई, आशा कुलुङ, पदम थुलुङ, विनोद राई, नम्रता राईलगायत कलाकाहरू देखिने साकेला नृत्यको कोरियोग्राफी सुमन राईले गरेका छन् । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानको सहयोगमा चोमोलुङ्मा युनेस्को सेन्टरले निर्णाण गरेको गीतलाई राई बान्तावा भाषामा अनुवाद नरदेवी राई र पृथ्वीराज मुकारुङले गरेका छन् भने अंग्र्रेजी अनुवाद योक्को येहाङ किरातले गरेका हुन् ।

भिडियो हेर्न तल जानुहोस…

प्रतिक्रिया