सञ्चारमाध्यमको विश्वसनियतामा प्रश्न

कान्तिपुर टेलिभिजनमा सुमन खरेलको टक सो कार्यक्रम नहेर्ने कमै होलान् । कार्यक्रम प्रस्तोता सुमन खेरलका हरेक कार्यक्रम उत्कृष्ट नै हुन्छन् । भएका पनि थिए । तर, पछिल्लो कार्यक्रम निकै विवादास्पद भएको छ, कार्यक्रम सुमनसँग । कार्यक्रममा दिएको परिचय अनुसार आफ्नै पति र सन्तानले अवहेलना गरेको असहाय महिलाको रूपमा कञ्चन शर्मा रेग्मीलाई कार्यक्रमको मुख्य पात्र बनाइएको छ । कार्यक्रम टक सोमा कञ्चनले आपूm पक्षबाट बताएका केही कुराहरू ।

राजीखुसी विवाह भएको १९ वर्षसम्म सामान्य अवस्थामा रहेको वैवाहिक सम्बन्धमा त्यसपछि दरार आउन थालेको । आपूm रूपवती नभएको भन्दै पतिले दिनहुँ अपजस र तनाव दिन थालेपछि घर छाडेको र बेवारिसे अवस्थामा ७ वर्षसम्म सडकमा भौतारिएको । जाडो छल्न चिताको आगो तापेको । टक्सन गाडीमा चढेर हिँड्ने छोरालाई फोहोरको थुप्रोबाट बाबु भनेर बोलाउँदा बाई–बाई भनेकोजस्ता उनका दर्दनाक भोगाइका वर्णन कञ्चनले गरिन् । साँच्चै नै यो सुन्दा धेरै दर्शकलाई मार्मिक र कारुणिक लाग्छ ।

आफ्ना पति र आपूmले नै जन्माएको सन्तानलेसमेत बेवास्ता र अवहेलना गर्नुको पीडा शब्दमा वर्णन गर्न नसकिएला । आमालाई भगवान्कै दर्जा दिइने, ममता, सम्मान र स्नेहको प्रतिमूर्ति ठान्ने हाम्रो समाजमा एउटी आमाको रूपमा उनले आफ्नै सन्तानबाट भोग्नुपरेको असिम दुःख र कष्टप्रद परिस्थितिहरूको अवस्था सुन्दा धेरैजना भावुक भए ।

समाजमा व्याप्त यस्ता थुप्रै घटनाहरूको प्रतिनिधि पात्रका रूपमा उनी उभिएकी ठाने धेरैका लागि उनको भोगाइ निन्दनीय लागेरै होला कि उनलाई त्यस्तो पीडादायी अवस्थामा पु¥याउनेहरू यिनै हुन् भन्दै अहिले उनको पति र दुई छोराहरूको तस्बिर र फेसबुक प्रोफाइल सामाजिक संजालमा पोस्ट गर्ने, तिनका फोटो राखेर नानाभाती लेख्ने, प्रोफाइलमा गएर गालीगलौज र हुलहुज्जत गर्ने खालका अभद्र र अनुचित कार्यहरू गर्ने काम भएको छ । यो सरासर गलत छ । यो अपराध हो जुन साइबर क्राइमअन्तर्गत पर्छ ।

सही वा गलत भन्ने कुराको निर्णय गर्ने एउटा छुट्टै नियमक निकाय छ । जनता भएको त्यसको कार्यन्वयन गर्ने पात्र मात्रै हुन् । सबैले नियमक निकायले गरेको निर्णयहरूलाई सर्वसम्मत पालन गर्नै पर्छ । सञ्चार माध्यामबाट वा जनताले नै सही गलत छुट्याउने हो भने प्रहरी, अदालत प्रशासन किन चाहियो ? पत्रकार र पत्रकारिता एउटा मर्यादित र जिम्मेवार पेसा हो । जसले सही र गलत कुराहरू आफ्नो शैलीले जनतालाई दुवैपक्ष विस्तृत रूपमा जानकारी वा सूचना दिन्छ ।

कुनै पक्षपात नगरी सबै कुराहरूलाई आमजनतामाझ सु–सुचित गर्ने र राज्यको गलत कदमलाई हरदम खबरदारी गर्ने, चेतना दिने काम पत्रकार र पत्रकारिताको हो । देश विकासको पैरवीका रूपमा पत्रकारिता पेसा र सञ्चार माध्यमलाई राज्यका चौथो महत्वपूर्ण अंगका रूपमा पत्रकारिता पर्छ । सूचना र सञ्चारको बृहत्तर विकास र महत्व दिनानुदिन बढ्दै गइरहेको परिप्रेक्ष्यमा हाम्रोजस्तो अल्पविकसित राष्ट्रभित्रको समाज र विश्वभर नै सञ्चार माध्यम, मिडियाको प्रभाव ह्वात्तै बढेको छ । सञ्चार माध्यमको महत्व र आवश्यकता हामीजस्ता आमसर्वसाधारणले बुझिसकेका छन् भने यस पेसामा संलग्न रहेकाहरूले भने यसलाई अझै पनि किन गहन रूपमा लिने सकेका छैनन् त यो निकै महत्वपूर्ण विषय छ ।

पत्रकारिता एउटा गहन विषय हो भन्ने कुरा उनीहरूले किन मनन गर्न सकेका छैनन् । समाचार, लेख, विचार, साहित्य, अन्तर्वार्ता गर्दैमा पत्रकारिता र पत्रकारको भूमिका निर्वाह गरेको र आफ्नो जिम्मेवारी पूरा भएको ठान्नेहरूले किन त्यसको गहिराइमा पुग्न सकेका छैनन् । किन समाचारको गहिराई नभई सत्यतथ्यको खोज नगरी समाचार बनाउँछन् । के उनीहरूको काम समाचार बनाएर पत्रपत्रिका, टेलिभिजन, रेडियोजस्ता सञ्चार माध्यमहरूमा प्रचारप्रसार गर्ने मात्र हो । त्यसको सत्य र तथ्य पत्ता लगाउने काम होइन ?

सञ्चार माध्यम एउटा गम्भीर पाटो हो । जसमा जुनसुकै कुरालाई जसरी प्रवाहित ग¥यो त्यसको आमजनतामा त्यस्तै प्रभाव पर्छ । गलत समाचारलाई आमजनतामा प्रवाहित गर्दा त्यसले आमस्रोता र नेपाली समाजमा कस्तो प्रभाव पार्छ भन्ने कुराको पनि आख्यान गर्न जरुरी हुन्छ ।

सम्बन्धित समाचारले वर्तमान समाजमा पार्ने अल्पकालीन–दीर्घकालीन समस्याहरूको नजरअन्दाज नगरी हाम्रा चल्तीका अझ भनौँ चर्चित पत्रकार टेलिभिजनहरूले भित्रीरूपमा घटनाको अध्ययन अनुसन्धान नगरी समाचारको पुष्टि नगरी एकतर्फी रूपमा घटनालाई सञ्चार माध्यमलाई आमस्रोतामाझ ल्याउँदा पत्रकार र पत्रकारिताप्रति कस्तो छाप पर्न जान्छ भन्ने कुरा आमजनताले भनिराख्नु नपर्ला ।

आजको आधुनिक समाजमा कुनै चल्ती टेलिभिजन वा पत्रपत्रिकाले कुनै समाचारजन्य कुराहरूलाई पढ्ने र त्यसको प्रतिक्रया गर्ने काम दु्रत गतिमा हुन्छ । आजको समयमा मोबाइल प्रयोगकर्ताहरू ८० प्रतिशत मानिसहरू सामाजिक सञ्जाल फेसबुक, युट्युब तथा अन्य कुराहरूको प्रयोग गर्छन् । आजको अवस्थामा सञ्चार माध्यामहरू अझ बढी गम्भीर भई समाचार दिनुपर्ने अवस्था छ ।

कुनै पनि कुरा एकदमै चाँडो इन्टरनेट सञ्जालमा भाइरल भई हाल्छ । त्यसको आख्यान पत्रकारिता र पत्रकार पेसा अँगाल्ने हरेक व्यक्तिहरूलाई निकै राम्रोसँग थाहा छ । आफ्नो जिम्मेवारीलाई गहन रूपमा नलिए के हुन्छ भन्ने कुरा त नेपालको चल्ती मिडिया कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिक पत्रिकाले जनतासामु दिएको गलत समाचारले दिइसकेको छ । पत्रकार र पत्रिकारिता पेसा बारम्बार आफ्नो क्षमतामा पछाडि परेको छ ।

नेपालमा कान्तिपुर मिडिया ग्रुपबाट सञ्चालन भएको कान्तिपुर टेलिभिजन र कान्तिपुर दैनिक पत्रिकाले दिएको समाचारहरू आजको समयमा किन गलत सावित हुँदै छन् । नेपालमा अत्यधिक मानिसले हेर्ने र पढ्ने गरेको सञ्चार माध्यम नै यस्तो गतल समाचार किन र कसरी प्रसारित भयो ।

त्यसको बारेमा सम्बन्धित पक्षले उपयुक्त जवाफ दिएको छैन । समाचार भएको सत्य, तथ्य हुनुपर्छ दुई पक्षका कुराहरूलाई समावेश गरिएको हुनुपर्छ भन्ने कुरा सबैलाई थाहा छ । तैपनि कान्तिपुर मिडिया गु्रपका केही जानेमानेका पत्रकारिता पेसा गर्ने पत्रकारहरूले गर्दा भएको कुनै व्यक्ति विशेषको चरित्र हत्यालाई सानो त्रुटि सच्याएको भनी ४ लाइनमा माफी माग्नाले उनको हराएको मानसम्मान इज्जत फिर्ता आउँदैन यो बुझ्नु जरुरी छ । कान्तिपुर मिडिया ग्रुपबाट भएका गल्तीका केही उदाहरण हेरौँ ।

केही वर्षअघि धरानकी अनुजा बानियाँ नाम गरेकी युवतीले गाडीमा यात्रा गर्ने क्रममा ९० लाख भेट्टाएको र उक्त रकम वास्तविक हकदारलाई फिर्ता दिएको भन्ने समाचार कान्तिपुर पत्रिकामा प्रकाशित भयो । अब, कान्तिपुरजस्तो पत्रिकामा समाचार नै आएपछि उक्त घटनामा कतिको सत्यता छ भनेर कसैले टाउको दुःखाइरहन आवश्यक नै ठानेनन् । प्रधानमन्त्री र राष्ट्रपतिदेखि लिएर सर्वसाधारण जनताको बधाई लिन भ्याइनभ्याई अनुजाले चर्चामा आउन उक्त प्रोपोगान्डा मच्चाएको केही दिनपछि पुष्टि भयो । यस्तो घटनालाई छानबिन खोजीनीति नगरी समाचार बनाई पत्रिकामा प्रचार गर्ने काम किन भयो । पत्रकारद्वयले केही पैसाको लागि गरे कि आफ्नो प्रचारका लागि गरे की आफ्नो जागिर बचाउन त्यसको छानबिन कान्तिपुर मिडिया ग्रुपले गरी कारवाही गर्नुपर्ने थियो तर त्यसो भएन । किन भएन ? यो रहस्यमय नै छ ।

कञ्चनको अन्तर्वार्ताको विषयमा बहस गर्ने बाटो बन्दै गएपछि सामाजिक संजालमा मोहन रेग्मी र उनको परिवारमाथि ठूलो आक्रमण भयो र सोही अन्तर्वार्ता लिने टक सोका सुमन खरेलले एक कार्यक्रममै दुई हात जोडी माफी मागे । खरेलले माफी मागेसँगै कन्चन रेग्मीका पूर्वपति मोहन रेग्मीले आफ्नो फेसबुकमा स्टाटसमार्फत आफ्नो पीडा पोखे । रेग्मीको स्टाटस यस्तो देखियो ः गतहप्ता कान्तिपुर टेलिभिजनको लोकप्रिय कार्यक्रम सुमनसँगको प्रसारणले मलाई र मेरो परिवारलाई ठूलो आघात प¥यो ।

उक्त कार्यक्रममा प्रसारित मैले नै कञ्चन शर्मा (रमा)लाई फोहरको थुप्रोमा फालेको र त्यहाँबाट दीक्षा चापागार्इंले उद्दार गरेको, मेरा छोराहरू टक्सन गाडीमा हिँडेको तर फोहरको थुप्रोमा लुटपुटिएकि आफ्नै आमालाई हात हल्लाएर बाइबाई गर्नेजस्ता कुराले सबैलाई संवेदनशील बनायो । मलाई र मेरा छोराहरूलाई, अझ कानुनले सम्बन्धविच्छेद भईसकेपछि सामाजिक परम्परा अनुसार विवाहभएको मेरी पत्नी र साढे चार वर्षको नाबालक छोरालाई सामाजिक सञ्जालमा अपराधीजस्तो गरी व्यवहार गर्ने खोजियो । ती सबै कुरा झुटा हुन भन्ने प्रमाणित भए, निज कञ्चन शर्मासँग मेरा वैवाहिक सम्बन्धविच्छेद भइसकेको कुरा सामाजिक सञ्जालमा प्रमाणका रूपमा पेस गरी स्पष्ट गरिसकेको छु ।

यी सबै तथ्यलाई महसुस गर्दै, त्यस कार्यक्रमका प्रस्तोता वरिष्ठ पत्रकार सुमन खरेलजीले वास्तविकता थाहा नपाई आपूmले गलत सूचनाको आधारमा उक्त कार्यक्रम तयार र प्रसारण भएको भनेर उक्त कार्यक्रममार्फत क्षमायाचना गर्नुभएको छ । म वहाँप्रति हार्दिक धन्यवाद र कृतज्ञता प्रकट गर्दछु । मैले सार्वजनिक रूपमै भनिसकेको छु, म हिजो पनि जिम्मेवार थिएँ र आज पनि जिम्मेवार छु, पारिवारिक र सामाजिक दायित्वबाट म कहिल्यै विमुख हुन चाहान्नँ ।

दीक्षा चापागार्इंजीले गर्नुभएको सेवाको कामको म प्रशंसा गर्न चाहन्छु, साथै वहाँलाई मेरो सुझाव के छ भने सामाजिक सेवा विशुद्ध सेवामै केन्द्रित हुन राम्रो होला । सेवाले कसैको परिवारमा खलल पार्ने काम गर्नु हुँदैन एकअर्कालाइ जोडने काम हुनुपर्छ, टुटाउने काम गर्नु हँुदैन । साथै सो कार्यमा सामाजिक सञ्जाल र सञ्चार जगतको दुरूपयोग गरिनु हँुदैन ।

म कुनै सम्भ्रान्त परिवारबाट नभई नेपाली समाजको एक साधारण परिवारको प्रतिनिधित्व गर्दै जीवनमा आइपरेका दुःख र पीडाका आरोहअवरोह पार गरेर हालको अवस्थामा आइपुगेको व्यक्ति हुँ । आजको दिनसम्म ढाँटेर, छलेर, ठगेर, झुटो र बनावटी कुरा गरेर जीवन गुजारा गर्नुपरेको छैन र गरेको पनि छैन । एक स्वाभिमानी नागरिक भएर बाँचेको छु । मैले अरूको सम्मान गर्न जानेको छु, सबैले सबैको सम्मान गर्दै मर्यादित व्यवहार गर्नुपर्छ भन्ने मेरो दृढ धारणा छ ।

यस घटनामा मलाई साथ दिने, आँट भरोसा दिने सम्पूर्णजन, साथीभाइ हाम्रो परिवेशलाइ नजिकैबाट चिन्ने र यथार्थ परकरूपमा विश्लेषण गरी सहयोग गर्ने, घटनालाई वास्तविकतासहित प्रस्तुतगर्ने पत्रकारलगायत सञ्चारजगतका साथीहरू, मलाई व्यक्तिगत घरायसी, सामाजिक र व्यावसायिक रूपमा चिन्ने मेरा अग्रज, गुरुवर्ग, सहपाठी, मित्र र सहयोगीलगायत अन्यलाई हार्दिक सम्मान कृतज्ञता र धन्यवाद दिन चाहान्छु ।

सबैमा मेरो हार्दिक अनुरोध छ । यस विषयलाई उठाएर कसैको सम्मान र मर्यादामा चोट पर्ने काम नगरियोस् भन्ने मेरो विनम्र आग्रह छ । ०७३ मंसिर १० गतेकोे पोस्टबाट लिएको यो स्टाटसमा भनिए बमोजिम उनी पनि गलत छैनन् । गलत यहाँ समाजिक सेवा गर्ने संस्था र अन्तर्वार्ता लिने पत्रकार पो देखिए ।

अर्को कान्तिपुर मिडियाबाट अलग्गिएर बनेको नागरिक दैनिक पनि त्यस्तै छ । नेपाल रिपब्लिक मिडियाबाट सञ्चालन हुने नागरिक दैनिकमा पहिलो पृष्ठमै समाजसेवी दिलशोभा श्रेष्ठलाई पर्याप्त प्रमानविना नै ‘यौन दुराचारको’ आरोप लगाउँदै समाचार प्रकाशित ग¥यो । यो घटनामा प्रहरीले छानबिन गर्दा आरोप पुष्टि नभएपछि नागरिक दैनिकले सम्पादकीय लेखेरै माफी माग्यो । तैपनि, समाचार लेख्ने पत्रकारले कुनै माफी मागेनन् । उनलाई नेपाल रिपब्लिक मिडियाले कुनै कारवाही पनि गरेन ।

तैपनि एउटा सम्पादकीय पेजमा माफी मागेकै भए पनि एउटा गलत समाचारका कारणले उनको गुमेको प्रतिष्ठा फिर्ता आउनेवाला थिएन र छैन ।

यी यस्ता समाचारहरू नयाँ भने होइनन् । कलाकार श्रृषा कार्की पनि पत्रकारले गलत समाचार सम्प्रेण गरेका कारण आत्महत्या जस्तो कदम उठाउएको आमजनताको दृष्टिकोण रहेको छ । त्यसको छनविन खै कसले गर्ने । हामी पत्रपत्रिका, टेलिभजन केका लागि हेर्ने भन्ने प्रसंग नै बदलिने पो होकी भन्ने सोच्नुपर्ने अवस्था सिर्जना भइसकेको छ ।

अब कसलाई विश्वास गर्ने । कुन कुरा सही र कुन कुरा गलत कसरी थाहा पाउने भन्ने कुरामा हामी अलमल्ल परेका छौँ । आज आएको समाचार भोली सोही पत्रिकामा खण्डन आउँछन् । यो कस्तो प्रवृत्ति हावी भयो पत्रकारितामा के सबैले आफ्नो कमाइखाने भाँडो बनाएका हुन् । पत्रकार र पत्रकारिता यसमा सबैले चिन्तन मनन गर्नुपर्ने अवस्था आइसकेको छ । (प्रस्तुत विचार लेखकका निजी हुन् –सं.)

प्रतिक्रिया