नाम परिवर्तन मात्रै औचित्यहीन

kavre-nagarकाभ्रे, २४ मंसिर । जिल्लामा ‘राज्य पुनर्संरचनासँगै पनौती नगरपालिकाको नाम परिवर्तन र औचित्य’ विषयक एक अन्तत्र्रिmया कार्यक्रम भएको छ । कार्यक्रममा नेपाल राष्ट्रिय प्रजातन्त्र पार्टीका सचिव राजेन्द्र केसीले कुनै एउटा दलले प्रस्तावित गरेको नाम जिल्लाकै जिम्मेवार दलहरूले विनासुझबुझ स्वीकार्न नहुने बताए ।

यसले गर्दा भविष्यमा पर्ने जाने क्षतिको जिम्मेवारी ती दलहरूले नै लिनुपर्ने भन्दै उनले पनौती नगरपालिकाको नाम हाल साविकमा नै रहेको पनौती नगरपालिका नै हुनुपर्ने उनको भनाइ छ ।

यस्तै कांग्रेसका पूर्व पनौती नगर सभापतिले अब यो नाम परिवर्तनको खेलमा उल्ट्याउन सडक संघर्ष अनावश्यक रहेको बताए । यसको लागि कांग्रेस सदा पनौतीबासीको साथ रहने पनि उनले बताए । कार्यक्रममा एमाले पनौती नगर कमिटीका अध्यक्ष सहदेव थापाले पनौतीको नाम कुनै पनि हालतमा परिवर्तन गर्न नहुने विचार राखेका छन् । उनले भने, ‘पनौतीको गरिमा, महिमा आफ्नै छ, यसको आफ्नै अस्तित्व र महत्व छ, नाम परिवर्तन गर्नुभन्दा पनि विकास निर्माणको काम गर्नु पर्दछ ।’

पनौती नगर विकास समितिको अध्यक्ष राजेश श्रेष्ठले पनौती नेपालले सुरु गरेको यो अभियानलाई शुभकामना दिँदै यस अभियानमा पूर्ण सहयोग रहने बताए । कार्यक्रममा पनौती नगरपालिकाका पूर्वमेयर सप्तकाजी बुद्धाचार्य, बुद्धिजीवी तीर्थबहादुर पसखल, मोहन कार्की, राजु सापकोटा, शेखरमान श्रेष्ठलगायतले बोलेका थिए । भेलाले यस विषयमा आन्दोलन गर्न संघर्ष समितिसमेत गठन गरेको छ । स्थानीय तहको पुनर्संरचनाका लागि काभ्रे जिल्लामा ६ नगरपालिका र ८ गाउँपालिकासहित १४ तहको पुनर्संरचना गर्न आयोगलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया