संशोधन प्रस्तावविरुद्ध आन्दोलनमा गायक पंगेनी

बुटवल, २१ मंसिर । संविधान संशोधनमार्पmत ५ नम्बर प्रदेशबाट तराई पहाड अलग गर्न लागिएको विरोधमा चर्चित लोकगायक बद्री पंगेनीसमेत आन्दोलनमा सहभागी हुन बुटवल आएका छन् ।

पाल्पामा जन्मिएका लोकदोहोरी गायक पंगेनी लुम्बिनीका तराई र पहाडको सम्बन्ध नुन र घिउले बनाएको भन्दै प्रदेश विभाजनविरुद्ध आन्दोलनलाई सघाउन बुटवल पुगेका हुन् ।

आन्दोलनको स्वरूपलाई शान्तिपूर्ण र रचनात्मक बनाउन खोजेका आयोजकले सोमबार बुटवलमा संगीतमय प्रदर्शन गरे । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका पंगेनीको गीतमा आन्दोलनकारी र स्थानीय नाचेका थिए ।

उनले आफू राष्ट्रिय कलाकार भए पनि सरकारले लुम्बिनी अञ्चलका जनताको भावना विपरीत प्रदेशलाई टुक्राएकाले बाध्य भएर आन्दोलनमा सघाउनु परेको बताए ।

उनले भने, ‘संघीयता जनतालाई सहजताका लागि हो । रोल्पाका जनतालाई पोखरा जाने गरी कस्तो संघीयता बनाउन खोज्दै छ सरकारले ?’ उनले प्रश्न गरे । उनले ‘बटौली जाउँला नाचौँला’ भन्ने बोलको गीतबाट बुटवलवासीलाई नचाए ।

कार्यक्रममा अन्य स्थानीय तथा राष्ट्रिय कलाकारहरूले पनि प्रदेश विखण्डविरुद्ध आफ्नो प्रस्तुति दिएका थिए । आन्दोलनमा उत्रिएका महिलाहरूले सडकमै बसेर गीतमार्फत विरोध गरेका थिए ।

‘पहाड तराई छुट्याउन पाइँदैन, यस्तो सरकार हामीलाई चाहिँदैन, ‘बल्ल प¥यो नीरमाया माकुरी जालैमा’ बोलको गित गाउँदै महिलाहरूले विरोध प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया